नयाँ संबिधानबारे के भन्छन् समलिंगी तेस्रोलिंगी ?

नयाँ संबिधानबारे के भन्छन् समलिंगी तेस्रोलिंगी ?

काठमाडौं (पहिचान) साउन ४ -नयाँ संबिधानको मस्यौदा लिएर यतिबेला संबिधान सभाका सदस्यहरु हरेक निर्वाचन क्षेत्रमा जनताको सुझाव संकलन गर्न खटिएका छन् । साउन ४ आज र साउन ५ गते भोलि दुई दिन संकलन भएको जनताको सुझाव संबैधानिक राजनीतिक तथा संवाद समितिमा बुझाउनेछन् । अहिलेको संबिधान मस्यौदाको प्रस्तावना देखि मौलिक हक, नागरिकता, शासन प्रणाली, धर्म लगायतका बिषयमा जनताले आफ्नो सुझाव दिएका छन् । यसैगरी अहिलेसम्मका संबिधानमा एक अक्षर पनि नकोरिएको यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायका पनि मस्यौदा संबिधानमा अधिकार लेखिएको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायका सदस्य कस्तो संबिधान चाहन्छन ?
मनोरञ्जनकुमार बैद्य (ललितपुर)
म अल्पसंख्यक समुदायको व्यक्ति अब बन्ने संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीको छुट्टै मौलिक हक हुनुपर्छ । महिला पुरुषले पाए सरह सबै अधिकार हामीले मौलिक हकमा पाउनुपर्छ । मौलिक हकमा पाइसकेपछि हामीले शिक्षा रोजगारका क्षेत्रमा सोझै समेटिने हुनाले सबै भन्दा पहिला हामीलाई आबश्यक मौलिक हक हो । त्यसमा समावेश भएपछि शिक्षा, स्वास्थ्य, रोजगार, धर्म सन्तान पाल्न पाउनु पर्छ । समलिंगी विवाह दर्ता गर्न पाउनु पर्छ । हामी समलिंगी तेस्रोलिंगीले पहिचान सहितको नागरिकता र पहिचान अनुसारको राहदानी पनि पाउनुपर्छ भन्ने मेरो भनाइ हो ।
देव श्रेष्ठ (चितवन)
चितवन जिल्लामा यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको हक हितको लागि लगभग १० बर्षदेखि मानब अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छु । अब संबिधान बन्ने छ भन्ने हामीले आशा लिएका छौ । अहिलेको मस्यौदा संबिधानमा लेखिएका अधिकार कटौती नहुन् । मस्यौदामा यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको हक अधिकार सुनिश्चित भएको छ । त्यसलाई नहटाइयोस भन्ने हामी यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको चाहाना हो । साथै अरु पनि थप्नुपर्ने कुराहरुमा संबिधानसभा सचिवालयमै लिखित सल्लाह सुझाव दिन्छौ ।
पुष्प हमाल (चितवन)
बृद्ध भइसके, उमेर गइसक्यो उमेर गइसकेका हामी जस्ता बुद्ध भएकालाई केहि सुबिधा पनि छैन । संबिधानले अब यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका बृद्धाका लागि बृद्धाश्रम बनाइदिए हुन्थ्यो । भत्ता बढाइदिए हुन्थ्यो जस्तो लाग्छ । समलिंगी तेस्रोलिंगीलाई पनि बृद्ध भत्ताको व्यबस्था गरिदिए राम्रो हुन्थ्यो ।
अञ्जली थापा (चितवन)
अहिले संबिधान बन्दैन भन्ने हामीलाई धेरै ठुलो डर थियो । तर अहिले संबिधान बन्न लागेको छ खुसिको कुरा हो । र यस मस्यौदा संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यकहरुकोे कुराहरु लेखिएको छ । हाम्रो समूदायका व्यक्तिलाई स्वतन्त्र पूर्वक हिडडुल गर्न सजिलो छैन । त्यस कारणले गर्दा जुन हामीले नागरिकता पाउने बिषय उठिरहेको छ त्यसपछि हामीेले स्वतन्त्र रुपमा म तेश्रोलिङ्गी हो भनेर मैले मेरो आफनो पहिचान स्वतन्त्र रुपले पाए भने त्यो नागरिकताले पनि मलाई धेरै हदसम्म चिनाउने काम गर्छ । त्यसै कारणले सभासदहरुले त्यस्ता कुराहरुलाई मनन गरेर संबिधानमा अझ धेरै कुराहरु लेखिनु पर्छ । ६०१ जना सभासदहरुले यो कुरालाई मनन गर्दिनु पर्यो र जुन हामी यौनिक तथा लैगिंक अल्पसंख्यक पीछडिएर बसेका वर्गहरुलाई पछिको पुस्ता सम्म हामी बृद्ध भइसकेपछि कहा जाने ? त्यतिखेर महिला दिदि बहिनीहरुलाई चाहि बृद्ध भत्ता लगायत कोटा छुटयाइएको हुन्छ । हामी जस्ता यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई पनि कोटा छुट्ट्याउनु आबश्यक छ । समलिंगी तेस्रोलिंगी पनि बृद्ध हुन्छन हामी पनि एकल महिला जस्तै हौ भन्ने खालको बृद्ध भत्ता पनि पाउने व्यबस्था हुनुपर्छ । र त्यसमा हामीलाई जुन महिलालाई, दलितलाई कोटा भनेर छुट्ट्याइन्छ हामीलाई पनि छुट्ट्याउनु पर्छ ।
ज्योति थापा (भक्तपुर)
अब बन्ने संबिधानमा जति पनि अन्य महिला पुरुषले कानुनी अधिकार र मौलिक अधिकारमा सम्पुर्ण अधिकारहरु पाउनुभएको छ, त्यो हामी समलिंगी तेस्रोलिंगीले पनि पाउनुपर्छ भन्ने म चाहन्छु ।
अमित अधिकारी (चितवन)
अब बन्न लागेको नयाँ संबिधानमा हामी के चाहन्छौ भने सबै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी साथीहरुको हक अधिकारको लागि जति महिला पुरुषले सरल रुपमा अधिकारहरु प्राप्त गर्न सक्छन त्यसैगरी हामीले पनि समान रुपले पाउनु पर्छ । त्यसपछि समलिंगी विवाहलाई मान्यता दिनुपर्छ । साथै नागरिकताको लागि पनि हामीले पहल गरिरहेका छौ । नागरिकताको लागि पहल गर्दा गर्दै पनि कतिपय साथीहरुले पाउनुभएको छ भने कतिपय साथीहरुले पाउनुभएको छैन । उहाहरुको लागि हामीले नागरिकता चाहाने व्यतिmहरुको लागि सजिलैसंग उपलब्ध गराइदिनुपर्छ भन्ने हाम्रो मान्यता हो । कतिपय साथीहरुले पुरानो नागरिकता लिइसक्नुभएको छ जस्तो मैले पनि लिइसकेको छु । हामीले नया नागरिकता लिन चाह्यौ भनेदेखि त्यो नागरिकतालाई खारेज गरेर लिनुपर्ने हो कि त्यसैमा नाम परिवर्तन गरेर पनि पाउन सकिने हो ? सहज रुपमा यो व्यक्ति पहिलाको नागरिकताको व्यक्ति र अहिले बनाउन खोजेको व्यक्ति एउटै व्यक्ति हो भन्ने ।

सिमरन सेरचन (काठामाडौं)
अब बन्ने संबिधानको लागि ६०१ सभासदहरुलाई के आग्रह गर्न चाहान्छु भने जसरी नेपाली जात धर्म वर्णको आधारमा महिला पुरुषले जुनसुकै सुबिधाहरु पाएका छन जुनसुकै अधिकार पाएका छन त्यस अधिकारमा हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी साथीहरुको पनि नाम उल्लेख भयो भने हामीले उहाहरुले जस्तै अधिकार उपभोग गर्न पाउछौ । हामीले फरक अधिकार मागेका होइनौ जस्तै महिला पुरुषले जुन अधिकार उपभोग गरेका छन हामीले पनि त्यहि अधिकारको उपभोग गर्न पाउ भन्ने आग्रह गर्न चाहान्छु ।
जयराम कोजु (काभ्रे)
अब बन्ने संबिधानमा महिला पुरुषले जस्तै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले पनि समान हक अधिकार पाउनुपर्छ ।
सुन्तली (काठमाडौं)
नयाँ बन्ने संबिधानमा हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीहरुको पनि हक अधिकार सुनिश्चित हुनुपर्छ ।
छन्त्याल (काठमाडौं)
यतिबेला नेपालमा संबिधान बन्न लागेको छ । हामी यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको लागि संबिधान एकदमै महत्वपूर्ण छ । यतिखेर हामीले छोटकरीमा भए पनि संबिधानकोे मस्यौदा हेर्न पायौ र यतिखेर यो मस्यौदामा जति पनि यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको हक हितको बिषयमा कुरा उठाइएको छ त्यो नयाँ बन्ने संबिधानमा नछुटाइयोस । सबैभन्दा महत्वपुर्ण कुरा मौलिक हक अधिकारको कुरा हुने हुनाले यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको मौलिक हक हितको पनि सुनिश्चित होस भन्न चाहन्छु ।
सुमन बम (ललितपुर)
नयाँ संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको पनि हक अधिकार सुनिश्चित होस म यहि नै चाहन्छु ।
एसिला गुरुङ (कास्की)
म अहिलेको संबिधानमा के लेखियोस भन्न चाहान्छु भने महिला र पुरुषको आफनो पहिचान नागरिकता हुन्छ भने हाम्रो पनि यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको अन्य उल्लेख भएको नागरिकता हुनुपर्यो । अहिले त हामीसंग बल तागत छ र यस्तो काम गरेर खान सकेका छौ । बृद्ध भएपछि त हामीले नोकरी पाउदैनौ । त्यसको लागि हामीलाई सरकारले केहि व्यबस्था गर्दिनुपर्छ भन्न चाहान्छु ।
पूर्णिमा श्रेष्ठ (बारा)
अब बन्ने संबिधानका लागि के भन्न चाहान्छु भने हामी जति पनि यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको मौलिक अधिकार खोसिनु हुँदैन । अहिलेसम्म जति पनि संबिधान बनेको छ त्यसमा महिला दलित उत्पिडितहरुको लागि मौलिक हकहरु सुनिश्चित पारिएको छ तर हामी यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको लागि कुनै पनि मौलिक अधिकारहरु सुनिश्चित पारिएको छैन । हाम्रो समूदायलाई सरकारी कोटा (आरक्षण)को व्यबस्था गरिएको छैन । यसमा सरकारले ध्यान दिएर कोटा छुटयायो भने कुनै पनि कामको लागि प्रतिश्पर्धा गर्न सक्थे म यहि भन्ने चाहान्छु ।
जिना राना (रौतहट)
देशमा केहि नयाँ हुनुपर्छ, नयाँ चाहिन्छ भन्न खोजेका होइनौ जसरी महिला पुरुषले जति सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगार पाइरहेका छन त्यसरी नै हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले पनि त्यस्तै सुबिधाहरु पायौ भने हामी पनि आम मानिस सरह आफनो तरिकाले जीवन ज्युन पाउथ्यौ होला भन्ने लाग्छ । हामीले उहाहरुलाई कुनै त्यस्तो नयाँ आबिस्कार गरिदिनुस भनेको होइन आम मानिसले जति पाइरहेका छन त्यहि कुरा उपभोग गर्न पाउ भन्ने मात्रै हो ।
सन्ध्या लामा (पर्सा)
अब बन्ने संबिधानमा बिभिन्न जनजाती दलित मुस्लिम अल्पसंख्यक मधेशि मुसलमान एकल महिला जस्ता व्यतिmहरुको जसरी हक अधिकारलाई सुनिश्चित गरिएको छ त्यसै गरी यौनिक तथा लैगिंक अल्पसंख्यकको हक अधिकारलाई पनि सुनिश्चित गरियोस । यौनिक तथा लैगिंक अल्पसंख्यकलाई नहटाइयोस । संबिधानको मौलिक हक अधिकार अन्तरगतको मस्यौदामा त्यो कुरालाई लेखियोस भनेर म जति पनि सभासद ज्युहरु हुनुहुन्छ उहाहरुलाई आग्रह गर्न चाहन्छु ।
सुरज थापा (मकवानपुर)
संबिधान निर्माण गर्ने सभासदलाई के आग्रह गर्न चाहान्छु भने सबै मानिस समान छन र सबैको मानब अधिकार छ । यसलाई कानुनी रुपमा मान्यता दिनुपर्छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी भएकै आधारमा लाञ्छना र भेदभाव गर्न पाइदैन । तपाइ ठुला व्यतिmहरुलाई म आत्मैदेखि अनुरोध गर्न चाहन्छु ।
रितु थापा (काठमाडौं)
अहिले संबिधान बन्न लाग्दै छ भनेको सुन्दा खुसि लागिरहेको छ । यो संबिधानमा बिगतका दिनहरुमा जस्तै महिला पुरुषलाई जति समान अधिकार हुन्थ्यो र भोलिका दिनहरुमा पनि हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी जति पीछडिए बसेका छौ हामीलाई पनि हामी तेस्रोलिंगी हौ भनेर गर्वका साथ हिडन पाउँ र जति महिला पुरुषले पाउनु भएको अधिकार छ त्यो हामीले उपभोग गर्न पाउ । हामीले नयाँ खोजेका होइनौ हामीले जस्तै महिलाले हामी महिला हौ भनेर हिडन सक्छन, पुरुषले हामी पुरुष हौ भनेर हिडन सक्छन भने हामीले पनि हामी तेस्रोलिंगी हौ भनेर हिडन सक्ने वातावरणको सृजना हुनुपर्यो । सरकारी निकायहरुमा महिला र पुरुषलाई कोटा छुटयाइएको हुन्छ तर यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई कोटा छुट्टयाइएको हुदैन । अब बन्ने संबिधानमा हामीलाई पनि समावेश गरियोस यहि भन्न चाहान्छु ।
उमेश पाण्डे (लतिलपुर)
अब बन्न लागेको संबिधान र त्यसका लागि तयार भएको मस्यौदामा व्यतिm भनेर लेखिसकिएको छ भने अब व्यक्ति भनिसकेपछि ति व्यक्तिमा पर्ने हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगीले पाउने अधिकारबाट बन्चित हुन नपरोस । जुन शिक्षा, रोजगार, धर्म, जाति र लैगिंक पहिचानको हक अधिकार सुनिश्चित हुनुपर्यो । राज्यले जसरी व्यतिm भनेर सम्बोधन गरिसकेपछि ति व्यतिmमा हामी पनि पर्छौ । जुन महिला पुरुषले पाइरहेको हक अधिकारमा जति पाउनुपर्ने कोटा देखि लिएर राज्यले अब बन्ने संबिधानमा हाम्रा कुराहरु सुनिश्चित र हाम्रा नीति नियम राखिदियो भने हामी पनि राज्यबाट बन्चित हुन पाउदैनौ । हामीले राज्यले दिने सुबिधाहरुबाट बञ्चित हुनु नपरोस भन्न चाहान्छु । हामीले कुनै पनि नयाँ कुरा मागेका होइनौ । राज्यले हामी नेपालमा जन्मेर हामी नेपाली हौ भनेर जुन हाम्रो पहिचान छ भइसकेको छ हाम्रो पहिचान अनुसारको मौलिक हक अधिकारबाट बन्चित हुन नपरोस । जति पनि सभासद हुनुहुन्छ सुझाव संकलन गर्दा यी हाम्रा आवाज संचारमाध्यमबाट गएका कुराहरुलाई पनि सुनिश्चित गरिदिनुहुन्छ भन्ने म आशा गर्दछु । हामी पनि यस देशका नागरिक हौ । हामीलाई पनि हक र अधिकार सुनिश्चित हुनुपर्यो । हाम्रो हक र अधिकार खोस्ने होइन अधिकार दिने वातावरणको सृजना गरिनुपर्यो ।
राजु बराल (चितवन)
मौलिक हकको बिषयमा थोरै कुरा गर्न चाहन्छु । अहिले बन्ने संबिधानमा हाम्रो हक अधिकार लेखिन्छ भन्ने मैले आशा राखेको छु । मैले बिगत आठ बर्षदेखि एच आइ भि को क्षेत्रमा काम गरेको भएर एच आइ भि को क्षेत्रमा जहिले पनि महिला पुरुषको मात्रै स्वास्थ्य नीति बनेको हुन्छ । हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको लागि बनेको हुँदैन । अस्पतालहरुमा स्वास्थ्य सेवा लिनु पर्दा या त महिलाको नाममा लिनुपर्छ या पुरुषको नाममा लिनुपर्छ । हामीले जेण्डरको आधारमा लिन पाउदैनौ भन्ने खालको स्वास्थ्य नीतिहरु पनि छन । अब बन्ने संबिधान राम्रो बनिदियो भने धेरै राम्रा सुबिधाहरु पाउन सक्थ्र्यौ भन्ने लागेको छ ।
भोजप्रसाद दाहाल (बर्दिया)
अब बन्ने संविधानमा आफनो हक अधिकारका कुराहरु लेखाउन आबश्यक छ र हामीलाई जसरी महिला र पुरुषलाई हक अधिकार दिइएको छ त्यस्तै गरी हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई पनि हक अधिकार दिनु आबश्यक छ । महिला पुरुष जनजाति आदि सबैको हक अधिकारका बिषयमा त्यहा लेखिन्छ तर हाम्रो समूदायको हक अधिकारको बिषय किन लेखिदैन ? त्यसकारण संविधानमा हाम्रो अधिकारको बिषय लेख्नु पर्छ ।
लिला बिसी (सल्यान)
महिला पुरुष जस्तै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई महिला पुरुष सरह अधिकार सुनिश्चित गरिनुपर्छ । नया बन्ने संबिधानमा हाम्रो हक अधिकार लेखिनुपर्छ । सबै निकायमा समान रुपमा राख्नुपर्छ । स्थानीय निकायदेखि लिएर माथिल्लो केन्द्रसम्म पनि हाम्रो छुट्टै आयोग छुट्टै कोटा (आरक्षण) को व्यवस्था हुनुपर्छ । हामीलाई सामाजिक सुरक्षा पनि चाहियो । महिला पुरुष सरह हाम्रो पनि अधिकार सुनिश्चित हुनुपर्यो ।
जितबहादुर नेपाली (सुर्खेत)
हामीलाई महिला पुरुष सरह नै अधिकार चाहियो । अरु सरह बाच्न हिडडुल गर्न सहज हुनुपर्यो । असहाय गरिबदेखि लिएर हामीलाई सहयोग हुनुपर्यो अब आउने संविधानमा महिला पुरुषले पाउने अधिकार जस्तै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले पनि पाउनु पर्छ र सबैको अधिकार सुनिश्चित होस यहि भन्न चाहन्छु ।
लक्ष्मि बि क (बर्दिया)
नया संबिधानमा जस्तो महिला पुरुष भनेर छुट्टयाइन्छ त्यस्तै यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई पनि छुट्टै हक अधिकार आबश्यक छ ।
सपना चौधरी (बर्दिया)
अहिले नयाँ बन्न लागेको संविधानको प्रक्रियामा छौ । नया बन्ने संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको हक अधिकार सुनिश्चित हुनुपर्छ । जस्तै नेपाल सरकार गृह मन्त्रालयले हामीलाई पहिचान दिइसकेको छ । पहिचान सहितको नागरिकता पनि दियो । पहिचान पाउदैमा सबै कुरा पुरा भएको हुदैन । त्यसैले शिक्षा, स्वास्थ्य, रोजगार र स्वतन्त्रताको ग्यारेन्टी राज्यले लिनु पर्छ । हामी स्वतन्त्र छैनौ । हामी कुनै सार्वजनिक ठाउमा जादाखेरी यिनीहरु हिजडा हुन, छक्का हुन भन्छन । त्यस कारणले गर्दा यसको छुट्टै कानुन हुनुपर्यो । अहिले बन्ने संबिधानमा हरेक जात, हरेक वर्ग, लिङ्ग समुदाय सबैलाई समेटने गरी संबिधान बनोस भन्ने हाम्रो चाहाना हो ।
हरिप्रसाद चौधरी (बाँके)
अब बन्न लागेको नया संबिधानमा महिला पुरुष जस्तै समलिंगी तेस्रोलिंगीलाई पनि हक र अधिकार चाहियो ।
रजनी कनोरजिया (बाँके)
अहिले नया संबिधान बन्दै छ त्यसमा समलिंगी तेस्रोलिंगीको अधिकार लेखिनुपर्छ । नागरिकता बाहेक अहिलेसम्म हामीले केहि पाएका छैनौ । नयाँ संबिधानमा हाम्रो समूदायको चाहाना र माग समेट्नु पर्छ । जसरी महिला पुरुषको हक अधिकारका कुराहरु सुनिश्चित छन् त्यस्तै यौनिक तथा लैगिंक अल्पसंख्यकका पनि हक अधिकारका कुराहरु समावेश गरेर लैजानुपर्छ । जस्तै शिक्षा, स्वास्थ्य, रोजगार लगायतमा हाम्रो अधिकार लेखिनु आबश्यक छ ।
अंकित पुन (बाँके)
यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको बिषयमा अब बन्न लागेको संबिधानमा अरु सरह समान अधिकार लेखिनुपर्छ । समलिंगी विवाह र पहिचान अनुसारको नागरिकताको ग्यारेन्टी गरिनु पर्छ ।
माया घर्ती (बाँके)
अहिलेको यो संबिधानमा महिला पुरुष र एकल महिलाको बिभिन्न अधिकारहरु छन त्यस्तै अधिकारहरु यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको पनि होस ।
गया प्रसाद धोगी (बाँके)
अब बन्ने संबिधानमा पहिचान अनुसारको नागरिकता र हक अधिकारका कुराहरु लेखिनु आबश्यक छ ।
चन्दा मुसलमान (बाँके)
अब बन्ने संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको हक अधिकार लेखिनु पर्यो । पहिचान अनुसारको नागरिकताको कुरा लेखिनु अति आबश्यक छ ।
माया गुरुङ (बाँके)
अहिले हामी संबिधानको बिषयमा छलफल गरिरहेका छौ । हामीले आफनो आवाज पनि उठाउनुपर्छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको बिषयमा र हक अधिकारको बिषय कुरामा मात्रै होइन संबिधानमै लेखिनु पर्छ ।
किरण मल्ल (बाँके)
अब बन्ने संबिधानमा हाम्रो हक अधिकार सुनिश्चित हुनुपर्छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको गास, बास, कपाससंगै हामीलाई सुरक्षा पनि हुनुपर्यो । अहिले हाम्रो अधिकार छैन । अधिकार नभएको कारणले बिभिन्न किसिमको डर त्रास भइरहेको छ । त्यसैले नयाँ संबिधानमा हाम्रो समूदायको अधिकार लेखिनै पर्छ । जसरी महिला पुरुषको अधिकार छ त्यसैगरी गाविस लगायत अन्य ठाउँमा पनि हाम्रो लागि आरक्षणको व्यवस्था गरेर केहि गरिनुपर्छ भन्ने लाग्छ ।
रोशनी चौधरी (बर्दिया)
अब बन्ने संबिधानमा समलिंगी तेस्रोलिंगीको हक अधिकार सुनिश्चित हुनुपर्छ । गास बास कपासको व्यबस्था हुनुपर्छ । समाजमा हिडडुल गर्दा जिस्काउने प्रवृतिको अन्त्य हुनुपर्छ । हामीलाई पहिचान अनुसारको अन्य उल्लेख गरेर नागरिकता चाहियो । जागिरका क्षेत्रमा कोटाहरु छुट्टयाइनुपर्यो ।
निर्मला चौधरी (बर्दिया)
यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई बाटोमा हिडडुल गदा जिस्काउनु भएन ।
प्रतिक्षा चौधरी (दाङ)
महिला पुरुष बाटोमा हिडछन उनीहरुलाई कसैले जिस्काउदैन तर हामी समलिंगी तेस्रोलिंगीलाई बाटोमा स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउदैनौ । स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउने अधिकार नयाँ संबिधानमा लेखियोस ।
छोटेलाल थारु (बाँके)
संबिधान भनेको देशको मुल कानुन हो । अब बन्ने संबिधानमा यौनिक तथा लैगिंक पहिचानको आधारमा नागरिकता पाउनुपर्ने, विभेद गर्न नहुने र सामाजिक हक अधिकार पाउनुपर्ने, गोपनियता भङ्ग गर्न नपाइने, सामाजिक सुरक्षाको हक हुनुपर्ने र सुचना संचारको पनि व्यबस्था हुनुपर्ने जस्ता कुराहरु संबिधानमा लेखिनु आबश्यक छ ।
जीवन चौधरी (दाङ)
यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको लागि अहिलेको यो नया कानुनमा छुट्टै कानुनको व्यबस्था हुनुपर्छ । जुन किसिमले अहिले लोक सेवा आयोगमा जुन कोटाहरु छुट्टयाइएको छ त्यसमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय भनेर कोटा छुटयाइयो भने यस समुदायलाई अझै सरकारी निकायमा पुग्न सजिलो हुन्थ्यो भन्ने मलाई लाग्छ ।
काजल चौधरी (बर्दिया)
अहिले नेपालमा संबिधान बन्ने प्रक्रियामा छ त्यसको लागि राय सुझाव संकलन गर्न सभासदहरु हाम्रो नगर अथवा क्षेत्रमा आइराख्नु भएको छ । हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय जुन छौ समाजमा पहिलैदेखि जनसंख्या छ यो समाजमा तर हाम्रो जनसंख्या कतै पनि उल्लेख छैन । यो जुन कानुन बनिराखेको छ त्यो कुरामा हामी यौनिक तथा लैगिंक अल्पसंख्यकको पहिचान, समानताको हकमा समावेशी भयो भने पक्कै अन्य समुदाय महिला पुरुष जस्तै समान रुपले यो समाजमा बाच्न पाउने वातावरणको सृजना हुन्छ भन्ने मैले अपेक्षा राखेको छु र यो कुरा हुनु पनि पर्छ । किनभने नेपालमा अब यति राम्रो संबिधान बन्न लागेको छ जुन संबिधानले बिभिन्न जात जाति लिङ्ग र वर्गलाइ समेटेर बन्न लागेको हुदा आशा पनि छ यस्मा हाम्रो पनि हक अधिकार सुनिश्चित हुन्छ भन्ने ।
शिल्पा चौधरी (दाङ)
अहिलेको यो संबिधान जुन मस्यौदा तयार भएको छ यसलाई हामी सबैले हेरिसकेका छौ । यसमा मौलिक हकको कुरा जोडनुपर्दा महिला र दलित हक भन्ने लेखिएको छ त्यसमा यौनिक तथा लैगिंक अल्पसंख्यकको हक भन्ने छुट्टै लेखिनुपर्छ । समलिंगी बिवाहको कुरा पनि लेखिनुपर्छ । अर्को कुरा नागरिकताको कुरामा वंसिय र लैगिंक पहिचानको नागरिकता बनेको छ त्यसमा लैङ्गिक पहिचानको कुरा गर्नुपर्दा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका कुराहरु लेखियो भने हामीलाई पुर्ण रुपमा समेटिएको देखिन्छ । यसरी संबिधानमा यो वर्ग परापुर्वक कालदेखि आइरहेको छ । अब बन्ने संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदायको पैत्तृक सम्पतिको कुराहरु समलिंगी बिवाहको कुराहरु र रोजगारको कुराहरु सुनिश्चित गर्दै सभासदहरुले संबिधान लेखन गर्नुहुनेछ भन्ने लागेको छ ।
प्रस्तुती : अम्बिका दाहाल

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.