निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग

समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग

620
SHARES

काठमाडौं (पहिचान) साउन ६ – यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदायले स्थानीय देखि केन्द्र सरकारसम्म अनिवार्य प्रतिनिधित्वको माग गरेका छन । संबिधानको पहिलो मस्यौदा माथि  रुपन्देहीमा भएको सुझाव संकलन कार्यक्रममा तेस्रोलिंगी आनिक राना र विनोद सुनारले अनिवार्य प्रतिनिधित्वको माग गरेका हुन् । सभासद् बिष्णु पौडेल समक्ष उनीहरुले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय पनि यहि देशको नागरिक भएका कारण आफ्नो समूदायले पनि महिला पुरुष सरह अधिकार पाउनुपर्ने माग गरे ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको छुट्टै पहिचान हुनुपर्ने, दलित, मुस्लिम, आदिवासि, जनजाति, अपाङ्ग, पिछडा वर्गलाई जस्तै यो समुदायलाई पनि जागिरको क्षेत्रमा आरक्षणको व्यवस्था गर्नु पर्ने,  स्वास्थ्य तथा रोजगारको व्यबस्था हुनुपर्ने लगाउतका माग उनीहरुको छ । तेस्रोलिंगी आनिक रानाले महिला पुरुष आफूले चाहेको व्यतिmसंग बस्न पाए जस्तै यो समुदायका व्यतिm पनि आफुले चाहेको व्यतिmसंग बस्न पाउनुपर्ने व्यबस्था संबिधानमा लेख्नु पर्ने माग गरिन । यो समुदायलाई पनि सम्पतिको हकबाट बन्चित गराइन नहुने बिषय संबिधानमै उल्लेख गर्नुपर्ने रानाको भनाई छ । IMG_20150720_113308

यस्तै हेटौडामा भएको सुझाव संकलन कार्यक्रममा नील हिरा समाज मकवानपुर हेटौडाका सुरज थापाले संबिधानको पहिलो मस्यौदामा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको बिषयमा लेखिएको अधिकार कटौती नगर्न माग गरे । उनले स्थानीयदेखि केन्द्र स्तरसम्मको सरकारमा अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था संबिधानमा लेख्न माग गरे ।

समलिंगी तेस्रोलिंगीलाई विभेद भएका कारण शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा आरक्षण सहितको व्यबस्था संबिधानमा लेख्नु पर्ने यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायले माग गरेका छन् । बिश्वका बिभिन्न देशहरुमा समलिंगी विवाहलाई  कानुनी मान्यता दिइसकेका कारण नेपालमा पनि समलिंगी विवाहले कानुनी मान्यता पाउनुपर्ने उनीहरुको माग छ ।
मकवानपुरबाट इन्दिरा न्यौपाने र रुपन्देहीबाट बिनोद बिक

समाचार शेयर गर्नुहोस्
620
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.