काठमाडौं (पहिचान) साउन ८ – यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले यौनिक अभिमुखीकरणको बिषयमा प्रष्ट हुन आग्रह गरेका छन् । नेकपा एमालेका सचिव शंकर पोखरेललाई इमेल लेखेर पन्तले यौनिक अभिमुखीकरणको बिषयमा प्रष्ट हुन आग्रह गरेका हुन् । यौनिक अभिमुखीकरण बुझाईमा सामान्य कमिको कारण सबैलाई सरल नहुन सक्ने भन्दै पन्तले मानवमा हुने यौन आकर्षणलाई यौनिक अभिमुखीकरण भन्ने गरिएको स्पष्ट पारेका छन् ।
समलिंगी हुनु अप्राकृतिक होइन, जसरी विपरितलिंगी हुनु अप्राकृतिक होइन पन्तले एमाले सचिव पोखरेललाई इमेलमा लेखेका छन्, जुनकुरा हामीले बहसमा पनि तपाईलाई प्रष्ट पारिसकेका हौ । पन्तले सचिव पोखरेललाई विपरितलिंगी हुनु तपाईको रोजाई नभएजस्तै समलिंगी हुनु पनि मेरो आफ्नो रोजाई नभएको उल्लेख गरेका छन् ।
अधिकांश समलिंगी लैगिंक हिसावले पुरुष वा महिला नै भएर बाँचेका हुन्छन जस्तो म पन्तले आफूलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै लेखेका छन्, तेस्रोलिंगी भनेर साममान्यतया बोलिचालीमा सबैलाई समेट्ने गरिन्छ तर तेस्रोलिंगी हुने भनेको सामाजिक रुपमा नै पहिरन हाउभाउ, प्रस्तुती आदिले महिला वा पुरुष भन्दा फरक भएर बाच्ने कुरा हो जो अधिकांश समलिंगीले त्यसो गर्दैनन् ।
नेकपा एमालेका सचिव पोखरेलले संबिधान मस्यौदाको समानताको हक अन्तर्गत उल्लेख गरिएको यौनिक अभिमुखीकरण शब्द हटाउन सुझाव दिएपछि पन्तले प्रष्ट हुन पोखरेललाई इमेल मार्फत आग्रह गरेका हुन् । पोखरेलले यौनिक अभिमुखीकरणको सा लैगिंक अल्पसंख्यक शब्दको प्रयोग व्यवहारिक हुने सुझाव दिएका छन् । सचिव पोखरेलले यौनिक अभिमुखीकरण शव्दको संवैधानिक प्रयोगले अप्राकृतिक यौनजन्य क्रियाकलापलाई समेत प्रेरित गर्ने सम्भावना रहने उल्लेख गरेका छन् ।
सचिव पोखरेललाई पूर्व सभासद् पन्तले लेखेको इमेल :
कमरेड शंखर पोखरेल ज्यू,
अभिवादन,
तपाईको सुझाव अधिकाम्स राम्रो छ,
“यौनिक अभिमूखिकरण” हटाउने सुझाव पनि रहेछ, तपाईको नियत खराव होइन, बुझाइमा सामान्य कमिको कारणले हो, किनकि यो विषय त्यति सरल नहुन पनि सक्छ सबैलाइ। “यौनिक अभिमूखिकरण” भन्नाले हरेक मानवमा हुने यौन-आकर्षणलाई जनाउछ, जो हरेक मानिसमा जन्मदानै लिएर आएको गुंण हो, यो सवैमा एकै प्रकारको नहुन पनि सक्छ। यहि आधारमा कोहि विपरित लिंंङ्गि हुन्छन् त कोहि सम लिङ्गि (अध्ययनले करिव ८-१०% समलिङ्गि हुन्छन् भन्छ)। समलिङ्गि हुनु अप्राकृतिक होइन, जसरि विपरित लिङ्गिहुनु अप्राकृतिक होइन, जुनकुरा हामिले वहसमा पनि तापाईलाइ प्रष्ट पारि सकेका हौं। जसरि तपाइ विपरित लिङ्गि हुनु तपाईको रोजाई होइन, त्यसरि नै म समलिङ्गि हुनु पनि मेरो रोजाई होईन।
अव तेस्रो लिंङ्गि भनेर सामन्यतया वोलिचालिमा “सबै”लाइ समेट्ने गरिन्छ तर तेस्रो लिङ्गि हुने भनेको समाजिक रुपमा नै पहिरन, हाउभाउ, प्रस्तुति, आदिले महिला वा परुष भन्दा फरक भएर वांच्ने कुरा हो जो अधिकाम्स समलिङ्गिले तेसो गर्दैनन्, अधिकामस समलिङ्गिहरु लैङगिक हिसावले पुरुष (वा महिला) नै (भएर) वाचेंका हुन्छन्, जस्तो म। तेस्रो लिङ्गिको संख्या पनि निकै कम हुन्छ ( समग्र समलिङ्गिमा पनि करिव १०% जति मात्र तेस्रो लिङ्गि रहेको पाईएको छ )।
यसलाई समग्रमा यसरि बुझ्नु पर्ला:
सबै जन्मदा ‘पुलिङ्गि’ व्यक्ति ‘पुरुष’ नहुन पनि सक्छ, जस्तै ‘तेस्रो लिंङ्गि’। (त्यसैले लिङ्गका आधारमा मानिसका प्रकार: महिला, पुरुष, तेस्रो लिङ्गि)
त्यस्तै सवै ‘पुरुष’ विपरित लिंङ्गि नहुन पनि सक्छ, जस्तै समलिंङ्गि। (यौनिक अभिमुखिकरण: विपरितलिङ्गि, समलिंङ्गि)
अब तपाइको सुजावले मेरो अधिाकर कटौति गर्ने र भोलि मलाई अप्राकृतिक भनि अपराधिसमेत बनाउन सक्छ, यस्तो कानुनि परम्परा आज पनि धेरै मुस्लिम देशहरुमा छ र म जस्ता समलिंङ्गिहरु या त झुन्ड्याईएर मारिएका छन् या त आजिनव कारावासमा हालिएका छन्, मात्र समलिङ्गि भएको कारणवाट। आगे तपाइको विचार।
सुनील बाबु पन्त
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.