निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कार्यक्रम पहिचानको प्रशारण पुनः सुरु, सफलता प्राप्त गर्ने सबैको अपेक्षा

कार्यक्रम पहिचानको प्रशारण पुनः सुरु, सफलता प्राप्त गर्ने सबैको अपेक्षा

552
SHARES

काठमाडौं (पहिचान) साउन १६ – यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको आवाज उठाउदै आएको रेडियो कार्यक्रम “पहिचान” पुनः प्रशारण हुन थालेको छ । समलिंगी तेस्रोलिंगीको अधिकारका लागि अवाज उठाउदै आएको संस्था नील हिरा समाजको उत्पादन कार्यक्रम पहिचान यही अगष्ट १ तारिक (साउन १६ गते) देखी प्रशारण हुन थालेको हो । नर्वेजियन दुतावासको सहयोगमा प्रशारण हुँदै आएको कार्यक्रम पहिचान फण्डिङ ग्यापका कारण झण्डै ५ महिना बन्द भएको थियो । कार्यक्रम पहिचान नर्वेजियन दुतावासकै सहयोगमा फेरी प्रशारण सुरु भएको हो ।
“हामी सबै भिन्न, हामी सबै समान” भन्ने स्लोगनका साथ प्रशारण हुँदै आएको कार्यक्रम पहिचान अब काठमाडौं उपत्यकामा रेडियो अन्नपुर्ण एफ. एम. ९४ मेगाहर्जमा दैनिक अपरान्ह ४ : १५ देखी ५ बजेसम्म सुन्न सकिने छ । यस्तै काठमाडौं उपत्यका बाहिर प्राईम एफ.एम. बनेपा, शुक्लाफाँटा एफ एम कञ्चनपुर, रेडियो पुर्वेली आवाज विराटनगर, रेडियो मकवानपुर हेटौंडा, कृष्णसार एफ.एम.बाँके र रेडियो तरङ पोखरासहित ७ वटा एफ.एमबाट सुन्न सकिने नील हिरा समाजका उप–कार्यकारी निर्देशक परशुराम राईले जानकारी दिए ।
समलिंगी तेस्रोलिंगीको आवाज उठाउँदै आएको रेडियो कार्यक्रम पहिचान यसअघि देशका विभिन्न १५ वटा एफ.एम. रेडियोबाट प्रशारण हुदै आएको थियो । पहिलो चरणमा यो कार्यक्रम ८ सय ७५ वटा श्रृखला प्रशारण भएको थियो ।
कार्यक्रम पहिचानले विभेदमा रहेको समुदाय समलिंगी तेस्रोलिंगीको अधिकारको आवाज नीति निर्माता, सरोकारवाला तथा आम सर्वसाधारण जनतासामु पुया¥याउदै आएको छ । संविधान निर्माणको चरणमा रहेको अवस्थामा संविधानमै यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकार लेखाउनमा केन्द्रित रहेको कार्यक्रम पहिचान आगामी दिनमा यसै विषयमा केन्द्रित रहने नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन् ।
यसैक्रममा कार्यक्रम पहिचानको प्रशारण पुनः सुरु हुन लागेकोमा नील हिरा समाजका संस्थापक तथा पूर्व सभासद् सुनिलबाबु पन्तले कार्यक्रमको सफलताका लागि सुभाकामना प्रदान गरेका छन् । पन्तले भनेका छन्, “पहिचान रेडियो कार्यक्रमको नयाँ सृङखलाले पहिचान रेडियोको नाम र ख्याति अझ धेरै वढोस् र आफ्नो लक्ष्यको उच्चतम विन्दुसम्म पुगोस् भन्ने मेरो गहिरो आकांक्षा रहेको छ । नेपालमा यौनिक तथा लैगिंक अल्पसंख्यकका हक अधिकर स्थापनामा सञ्चार क्षेत्रको ठूलो योगदान रहेको छ । झन् यौनिक तथा लैगिंक अल्पसंख्यकका हक अधिकारमा पूर्र्ण समर्पित रेडियो पहिचानको योगदानको त मूल्याङकन गरेर पनि गर्न सकिन्न ।” पन्तले कार्यक्रम पहिचानले नेपाली समाजलाई अझ बढी लोकतान्त्रिक र समावेशि चरित्रको वनाउन मद्धत पुग्ने विश्वास ब्यक्त गरेका छन् ।
यसैगरी कार्यक्रम पहिचान सुरु भएकोमा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले सुभकामना व्यक्त गरेकी छन् । उनले कार्यक्रम पहिचानको सफलताको कामना गर्दै संविधानमै आफ्नो अधिकार लेखाउन प्रयत्नरत नील हिरा समाजको अभियानमा थप सहयोग पुर्याउने विश्वास ब्यक्त गरिन् । ढकालले कार्यक्रम पहिचानले संविधानसभा तथा यसका कामकारबाहीका सूचना र त्यसमा समलिंगी तेस्रोलिंगीको उपस्थितिलाई जोडेर सभासदहरुसंगको अन्तरक्रियामा केन्द्रित गर्न सुझाव दिइन् ।
यस्तै समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियानमा सहकार्य गर्दै आएको कार्यक्रम पहिचानले पुनः निरन्तरता पाउनु खुसीको कुरा भएको भन्दै सफलताको कामना गरिन् । उनले कार्यक्रम पहिचानले आँफुलाई संविधानसभा तथा नीति निर्माणमा केन्द्रित गर्नु पर्नेमा जोड दिइन् । यौनिक तथा लैगिक अल्पसंख्यकहरुले संविधानसभाबाट बन्न लागेको संविधानमा आफ्ना अधिकार लिपिबद्ध गराउन खोजिरहेको समयमा समाजको यो अभियानमा साथ दिनु पर्ने उनले बताइन् ।

यस्तै समाजका सचिव मनोरञ्जन कुमार बैद्य, उपनिर्देशक परसुराम राई, नील हिरा समाजको सेभ द चिल्ड्रेन परियोजनका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौला, कानुनी सल्लाहकार प्रेमबहादुर थापा र सुजन पन्तले नयाँ संबिधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार लेखाउन रेडियो कार्यक्रम पहिचानले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । रेडियो कार्यक्रम पहिचान दक्षिण एसियामानै नितान्त नौलो प्रयोग हो । यौनिक तथा लैङगिक अपसंख्यक समूदायको अधिकारका लागि आवाज उठाउने काय्र्रक्रम पहिचान दक्षिण एसियामै पहिलो रेडियो कार्यक्रम हो ।

समाचार शेयर गर्नुहोस्
552
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.