समलिंगी तेस्रोलिंगीको बिरोध गर्ने नखुलेका समूदायकै व्यक्ति हुन् : गुरुङ

समलिंगी तेस्रोलिंगीको बिरोध गर्ने नखुलेका समूदायकै व्यक्ति हुन् : गुरुङ

काठमाडौं/पहिचान – देशले केही दिनमै नयाँ संबिधान पाउँदैछ । नयाँ संबिधानमा अधिकार बिहिन समूदाय यौनिक तथा लैगिंक अल्पसंख्यक आफ्नो अधिकार लेखाउन आग्रह गरिरहेका छन् । मस्यौदा संबिधानमा लेखिएको अधिकार यथावत राख्न उनीहरुले लविङ समेत गरिरहेका छन् । नयाँ संबिधान र यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकारबारे नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङसँग गरिएको कुराकानी ।

प्रश्न : अहिले त तपाईहरु व्यस्त देखिनुहुन्छ ?

उत्तर : अहिले सबैको चासोको बिषय भनेको संबिधानको मस्यौदा हो । यो मस्यौदामा जुन कुराहरु उल्लेख गरिएको छ, त्यसलाई कायम गरी दुईचार ओटा थप कुराहरु राख्नुपर्छ भनेर हामीले सम्बन्धित व्यक्तिहरु, संबिधान सभाका सदस्यहरु, राजनीतिक पार्टीका नेताहरुलाई गएर हाम्रो आफनो मुद्धाहरु राखिरहेका छौ । यही काममा नै हामी व्यस्त छौ । त्यसदेखि बाहेक समलिंगी विवाहको प्रतिवेदन महिला मन्त्रालयमा थन्किएर बसेको छ । त्यसलाई कसरी अगाडी बढाउने भन्ने कुरामा पनि व्यस्त छौ ।

प्रश्न : नयाँ संबिधानमा भएका कुराहरु के के हुन र के के कुराहरु थप्नुपर्ने हो ?

उत्तर : नयाँ संबिधानको मस्यौदामा मौलिक हक अन्तर्गतको समानताको हकमा पनि हाम्रो कुरा परेको छ । तर कतै शब्द अघि पछि भएको छ । कुनै ठाउँमा यौनिक अल्पसंख्यक मात्रै छ । हामीले त्यो सबै कुराहरुलाई मिलाएर बुँदागत रुपमा जसरी संबिधानको बिभिन्न शिर्षकमा हामीलाई समावेश गरेको छ त्यो कुराहरुलाई कायम गरी थप गर्नुपर्छ भन्ने हिसाबले आफना कुराहरु राखेका छौ । जस्तै नागरिकताको हकमा पहिचान अनुसारको नागरिकता उपलब्ध गराउने भनेर ब्याख्यात्मक टिप्पणीमा उल्लेख गरिएता पनि संबिधानमा नै त्यो कुरा हुनुपर्छ भन्ने खालको कुराहरु हामीले राख्यौ । त्यसदेखि बाहेक यो समानताको हकमा यौन अभिमुखिकरण भन्ने शब्द पनि परेको छ । लैगिंक पहिचान भन्ने शब्द पनि राख्नुपर्यो । संबिधान भनेको देशको मुल कानुन हो । त्यसलाई टेकेर कानुन बनाइन्छ । संबिधानमै छुट्यो भने कानुन निर्माण प्रक्रियामा हाम्रा बिषयबस्तु पनि छुट्छ । कानुनले सम्बोधन गर्न सक्दैन । कानुनले संरक्षण गर्न सकेन, कानुनले सुरक्षा प्रदान गर्न सकेन भने फेरी हामी अन्यायमा पर्छौ । हामी माथी न्याय हुदैन । हामीले आफनो अधिकारको आवाज उठाउने र आफनो अधिकारको उपभोग गर्न पाउने आधारहरु हुदैन । त्यसले गर्दा त्यो कुराहरु कायम हुनुपर्छ भन्ने कुरामा हामी बेजोडका साथ लागिरहेका छौ र त्यहि कुरामा पनि व्यस्त छौ ।

प्रश्न : जस्तो यौनिक अभिमुखिकरण शब्दका बारेमा केहि व्यतिmमा केहि नेतामा पनि बुझाई अल्लि प्रष्ट नभएको जस्तो पाइयो । जस्तो यौनिक अभिमुखिकरणको खास अर्थ चाहि के हो ?

उत्तर : यौन अभिमुखिकरण भनेर कतिले नबुझेको पनि होला । कतिले बुझेर पनि त्यस शब्दलाई समावेश गर्न नचाहेको होला । मान्छेहरु अझै पनि एल जि वि टि आइ समुदाय भित्र पनि निश्चित एउटा समुदायलाई समर्थन गर्ने र अर्को समुदायलाई बिरोध गर्ने समुदाय पनि छन । कति समुदायहरु अन्योलमा पनि छन । राजनीतिक दलका नेताहरु सबैमा एल जि वि टि आइको समुहको बारेमा ज्ञान नभएको पनि होला । ज्ञान भएका मान्छेहरु पनि कुनै एउटा शब्द वा समुदायप्रति पुर्वाग्रही भएका होलान । यौन अभिमुखिकरण भन्नाले नितान्त व्यतिmको यौन इच्छा आकर्षण र यौन सम्बन्धलाई जनाउने कुराहरु हो । त्यो चाहे पुरुष भएर पुरुषसंग होस, चाहे महिला भएर महिलासंगै होस । त्यो कुराहरुलाई सम्बोधन गरिनुपर्छ भन्ने मान्यता हो । यौन अभिमुखिकरण भन्ने खालको शब्द छुटाउदा यसले समलिंगी महिला र पुरुषलाई मात्रै होइन हामी तेस्रोलिंगीलाई पनि छुटाउछ । किनभने यौन अभिमुखिकरण समाजमा प्रत्यक्ष रुपमा देखिदैन । एउटा समाजको परिवेश भित्र महिला र पुरुषको रुपमा बाचिराखेको हुन्छ भने त्यही समाज भित्र फरक अभिमुखिकरण लिएर बाचिरहेका व्यक्ति पनि हुन्छन । तर लैगिंक पहिचान भनेको चाहि पछि आफनो जुन खालको पहिचान छ त्यो अनुसार परिवर्तन भएर आउने कुराहरु हो । यौन अभिमुखिकरण शब्दलाई हटाइयो भने तेस्रोलिंगी व्यक्तिहरु खुलेर आफ्नो पहिचान लिएर आउन पनि गाहे हुन्छ । किनभने लैगिंक पहिचान बन्नु भन्दा अगाडि पहिला यौन अभिमुखिकरण नै फरक हुन्छ । यौन अभिमुखिकरणको आधारमा उस्ले आफनो यौनिकताको पहिचान गर्छ र यौनिकतालाई बुझिसकेपछि आफनो आन्तरिक अनुभुतिको अनुरुपमा उसले आफनो लैगिंक पहिचानको निर्धारण गर्ने हो । यौन अभिमुखिकरण शब्द हटाईयो भने तेस्रोलिंगी व्यक्तिहरु आफै खुलेर आउन सक्ने वातावरण सृजना हुन सक्दैन । जस्तै उदाहरणको लागि फेरी पनि हामी पछाडि नै फर्कने वातावरण बन्छ । जस्तो भनौ म जन्मदा केटा भए, केटै भएर हुर्किए मेरो सामाजिक परिवेशमा पारिवारी परिवेशमा महिला र पुरुषको मात्रै मान्यता थियो । मेरो अभिमुखिकरण समलिंगी जस्तो थियो । मेरो लैगिंक पहिचान तेस्रोलिंगीको होला । मलाई केटी बन्न मन होला । तर सामाजिक रुपमा म केटै भएर बसिरहेको थिए र मलाई केटासंगै आकर्षण थियो । मलाई केटी बनेर बाच्ने मन त थियो तर त्यो सामाजिक परिवेशभित्र म खुल्न सक्ने अबस्था थिएन । तर बिस्तारै आफनो सर्कलहरु भेटदै गइसकेपछि मैले आफनो यौनिक अभिमुखिकरणलाई पनि राम्रोसंग बुझे र आफनो लैगिंक पहिचानलाई आन्तरिक रुपमा अनुभुत गर्ने मौका पाए । त्यो हुनाले आफनो फरक यौन अभिमुखिकरणलाई लिएर आफनो फरक लैगिंक पहिचानलाई लिएर पहिचान बनाउनका लागि पनि मलाई सजिलो भयो । यौन अभिमुखिकरण शब्द हटाउदा खेरी तेस्रोलिंगी व्यतिmहरु जो हुनुहुन्छ उहाहरुलाई पनि खुलेर आउनका लागि यसले सकारात्मक वाताबरण निर्माण चाहि गर्दैन । यसले सबै एल जि वि टि आइ समलिंगी महिला र पुरुष, तेस्रोलिंगी महिला र पुरुष सबैलाई यो शब्द हटाउदा अप्ठेरो पर्छ ।

प्रश्न : यौनिक अभिमुखिकरण शब्द हटाउनु पर्छ भन्नेहरु पनि छन् होइन र ?

उत्तर : धेरै चाहि सकारात्मक छन । तर कोहि व्यक्तिहरु यस्ता छन जो नकारात्मक छन । भनौ न नेपाल बारबाट नै त्यस्तो खालको प्रस्ताव गयो भन्ने पनि आयो । एमाले पार्टीको प्रस्तावमा पनि यौन अभिमुखिकरण शब्द हटाउनुपर्छ भन्ने आयो । यो पार्टीको निर्णय नभएर व्यक्तिको सोचमा निर्भर रहेर यस्ता प्रस्तावहरु जादा असर पार्छ । जुन पार्टीले सम्बन्धित निकायले त्यस्तो खालको प्रस्ताव पठाउदा समग्र रुपमा त्यो पार्टीको भित्र सबैको बिचार बिमर्शहरु संकलन गरेर सबैको साझा सहमतीमा पठाएको हो अथवा व्यक्तिगत सोचले मात्रै पठाएको हो भन्ने कुराले पनि फरक पार्ला । तर जस जसले त्यसरी हटाउने प्रयास गर्नुभयो त्यो चाहि नजानेर होइन कि बुझेरै पनि त्यसलाई नकारात्मक सोचको कारणले गर्दा त्यो प्रस्ताव आएको हो भन्ने मलाई लाग्छ । संसारमा यो बिषय बस्तुमा कुन व्यतिmले कस्तो रुपमा लिन्छ भन्ने फरक व्यक्तिको फरक धारणा हुन्छ र यो यौन अभिमुखिकरण शब्द प्रति उहाहरुको नकारात्मक सोच भएको नै व्यक्तिहरु हो ।

प्रश्न : पार्टीले भन्दा पनि एक पटक तपाइहरु नेकपा एमालेको बैठक चलिरहदा शंकर पोखरेल र अग्नि खरेललाई भेटेर आफ्ना कुरा राख्नु भएको होइन ?

उत्तर : भेटेको हो । अग्नि खरेल सकारात्मक देखिनुभयो तर शंकर पोखरेलमा त्यति सकारात्मक धारणा मैले पाइन । किनभने को मान्छे कस्तो छ भनेर दुइ शब्द बोल्दाखेरी अथवा पहिलो भेटमा नै उसको कुरा थाहा हुन्छ । पार्टी प्रवेश गराउने बेलामा हामी तीन चार सयको भिड लागेर पार्टी प्रवेश गरेका थियौ । त्यतिखेरको शंकर पोखरेल र हिजो अस्ति भेटेको शंकर पोखरेलमा मैले धेरै फरक पाए । त्यतिखेर पार्टीगत रुपमा भोट संकलन गर्नु थियो । पार्टीलाई जिताउनु थियो, त्यस कारणले गर्दा हर्ष उल्लासका साथ मान सम्मानका साथ पार्टी कार्यलयमा बोलाएर बेञ्चमा राखेर टिकोटालो गराउने नेताले हाम्रो बिषयबस्तुलाई सरोकार लिएर राख्दा त्यति सकारात्मक नहुनु भनेको दुखदायी कुरा हो । राजनीतिक पार्टीको कुर्सिमा बसेर आफनो व्यक्तिगत सोचको कारणले कुनै पनि निश्चित समुदायलाई असर पार्छ भनेदेखि त्यो व्यक्ति कुर्सिमा बस्ने हैसियत राख्दैन भन्छु ।

प्रश्न : यौन अभिमुखिकरणबारे नबुझेरै पो हो कि ?

उत्तर : एमाले पार्टी भित्रै पनि धेरै जना सकारात्मक हुनुहुन्छ । धेरै एमाले पार्टीको पहिलाको अघिल्लो पटकको संबिधान सभाको जुन सभासद हुनुहुन्थ्यो, उहाहरुले धेरै सर्पोट गर्या पनि हो । पार्टीको माथिल्लो लेभलमा जुन शिर्ष नेताहरु हुनुहुन्छ एक दुइ जनाको नकारात्मक सोचको कारणले यस्तो प्रस्ताबहरु पर्छ भनेदेखि त्यो चाहि दुखदायी कुरा हो । हामी पार्टीगत रुपमानै आलोचना गर्छौ र यसको बिरोध पनि गर्छौ । एमाले पार्टी भनौ या कांग्रेस पार्टी भनौ जुनसुकै नेपालका राजनीतिक पार्टी भनेको नेपालको हो र नेपाली जनताको हो त्यो पार्टीले नेपाल राज्यको लागि केहि गर्न सक्दैन, नेपाली जनताको अधिकारको लागि केहि सम्बोधन गर्न सक्दैन, सम्बोधन गर्नुको सट्टा उसले बिमती वा बिरोध जनाउछ भनेदेखि त्यो पार्टीको कुनै औचित्य रहदैन ।

प्रश्न : अधिकार बिहिन समुदायलाई अधिकार दिलाउनुपर्ने ठाउँमा फेरी पनि अधिकार बिहिनै बनाउने प्रयास गर्नेलाई यहाँहरु के भन्नु हुन्छ ?

उत्तर :समर्थन गर्दैनौ घोर आपत्ति, घोर बिरोध गर्छौ ।

प्रश्न : बिघठित संबिधान सभामा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको नेतृत्व गर्दै नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्त पुग्नु भएको थियो र मौलिक हक, समानताको हक अन्तर्गत उहाले नै अधिकार लेखाउनु भएको थियो । यो बिषयमा बिबाद भएको थिएन र अहिलेको मस्यौदामा परेका हुन् । अहिलेका सभासदहरुले लेखेको थपेको केहि शब्दहरु छैनन । संबिधानमा जुन आएको छ त्यो पहिले नै सहमति भएका बिषय हुन भने सहमति भएका बिषयमा अहिले आएर बिबाद गर्नु जाहेज हुन सक्छ ?

उत्तर : त्यो एकदम नाजायज हो । व्यक्तिगत आफनो स्वार्थको कारणले बिमती जनाएको हो । मान्छेले यौन अभिमुखिकरण शब्द प्रति किन यसरी आपत्ति जनाए भन्ने कुराले उहाहरुको व्यक्तिगत सोचलाई जनाउछ । तर कति मान्छेहरु होमोफोबिया हुन्छन । जुन हाम्रै समुदायका हुन्छन हाम्रै समुदायका भएर आफनो बिषयलाई बिरोध गर्ने प्रवृत्तिको पनि हुनुहुन्छ । सायद त्यो सोचबाट बिछिप्त भएर त्यस्तो खालको प्रस्ताब आएको पनि हुन सक्ला । सबै सत्य नै हो पनि भन्न सक्दिन मेरो अनुमानित सोच मात्रै हो । त्यो पनि हुन सक्छ किन भने जस्तै पोखराको तपाइले उदाहारण लिनुभयो भने जुन छक्का निशेधित क्षेत्र भनेर घोषणा गरियो । म व्यक्तिको नाम त भन्न चाहादिन । तर त्यो जसले गर्यो त्यो अभियान नै चलायो । त्यो व्यक्ति आफै यो समुदायको हो । जानाकारीहरु जहाबाट पनि आउछ र त्यो कुराले त्यो व्यक्ति पनि त्यहि हो भन्ने कुरा समुदायभित्र प्रमाणित भइसकेको छ । मान्छेहरु आफनो वास्तबिकताको डरले आफनै छायाँसंग डराएर हिडनेहरु धेरै छन । तपाइले जतिबेलासम्म आफु उभिरहनुहुन्छ त्यति बेलासम्म छाया त रहिरहन्छ । छायासंग भागेर त कहिल्यै पर भाग्न सकिदैन । आफनो छायासंग आफै भाग्नु भनेको मुर्ख सोच मात्रै हो । खुलेर आइसकेपछि समाजमा आफनो वास्तबिकता पनि समाजले देख्छ अथवा पहिचान गर्छ । यो बिषयबस्तु सबैले जानेपछि मेरो आफनो वास्तबिकता समाजभित्र छर्लङ हुन्छ । अरुले पढने मौका पाउछन । बुझने मौका पाउछन । मलाई पनि चिन्लान भन्ने डरले मान्छेहरुले त्यस्तो खालको बिरोध गरिरहेका छन । हामी यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय सिमान्तकृत उपेक्षित वर्गहरु भन्छौ । तर जो अलिकति पावरफुल छ जस्ले उच्च शिक्षा पाएको छ । त्यो पोजिसन पावरमा बसेको मान्छेले आफनो यौनिकता आफनो लैगिंक पहिचानको आफनो यौनिक अभिमुखिकरणको उहाहरुले फाइदा उठाइरहेको हुनसक्छ गोप्य रुपमा । तर खुलिसकेपछि उनीहरुले फाइदा उठाउन सक्दैनन । आफनो फाइदा उठाउन नसक्ने कारणले गर्दा बिरोध पनि जनाउन सक्छ । किनभने हाइलाइट लेभलमा बसेको मान्छेको पावर हुन्छ । आफनो पावर पहुच शक्त्किो बिभिन्न खालका फाइदा लिइरहेको हुन्छ । तर वास्तवमा त्यो समाजभित्र यो बिषयबस्तु छर्लङ भयो बुझयो भनेदेखि अर्को व्यक्तिले त्यो बुझिसकेपछि उसले फाइदा लिन सक्दैन । अहिलेको जुन मस्यौदा छ त्यसमा हामी सम्पुर्ण देशभरि राज्यभरिकै यौनिक तथा लैगिंक अल्पसंख्यकहरु हर्षित छौ, खुसि छौ । यति मात्रै राज्यले सम्बोधन गरिदियो भनेदेखि हाम्रो लागि राम्रो हुने थियो । मस्यौदामा संबोधन गरेको कुरालाई हटायो भने फेरी एकदम दुखदायि हुनेछ । किनभने मस्यौदामा परिसक्या कुरा कुनै व्यतिmगत नियतका कारण हटाइन्छ भनेदेखि त्यो हामीलाई सह्य हुनेछैन तर मस्यौदामा जे छ त्यो नै मात्रै कायम भयो भने पनि हाम्रो लागि काफि हो । अहिलेको परिवेशमा नेपाल जस्तो मुलुकमा संबैधानिक रुपमा यो बिषयबस्तुलाई यसरी उदारताका साथ सम्बोधन गरिनु भनेको एकदमै ठुलो कुरा हो हामीले गौरब पनि गर्नुपर्छ ।

प्रस्तुती : अम्विका दाहाल

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.