राष्ट्रिय पुर्ननिर्माणमा तेस्रोलिंगी युवाको सहभागिता : संस्कार र सोचमा परिवर्तन गर्न सके मात्र पुर्ननिर्माण संभव

राष्ट्रिय पुर्ननिर्माणमा तेस्रोलिंगी युवाको सहभागिता : संस्कार र सोचमा परिवर्तन गर्न सके मात्र पुर्ननिर्माण संभव

काठमाडौ (पहिचान) भदौ ६ – यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी युवाले पुर्ननिर्माण अभियान थालेका छन् । भूकम्पका कारण भौतिक संरचना क्षत विच्छेत भएकाबेला मानिसको सोचबाट नैं पुर्ननिर्माण अभियान थाल्नुपर्ने भन्दै समलिंगी तेस्रोलिंगी युवाले पुर्ननिर्माणको अभियान थालेका हुन् । राष्ट्रिय युवा दिवसको अवसर पारेर उसले ‘पुर्ननिर्माणमा युवाको सार्थक सहभागिता’ अन्तर्गत समलिंगी तेस्रोलिंगी युवाको पनि सहभागिता सुनिश्चित गर्दै सामाजिक सोच र भौतिक संरचनाको एक साथ पुर्ननिर्माण गर्नुपर्ने अवाज उठाएको हो ।
‘पुर्ननिर्माण भनेको खाली भौतिक संरचनाको मात्र पुर्ननिर्माण होइन’ युवा तथा खेलकूद मन्त्रालयका उपसचिव ज्ञानराज सुवेदीले भने, ‘लोकतन्त्रको लाभ सवैमा समानरुपले पुग्नु नैं पुर्ननिर्माण हो ।’ उनले समलिंगी तेस्रोलिंगी सहित सबै प्रकारका युवालाई विकासको मुल प्रवाहमा प्रभाहीकरण गर्न युवा सहभागिताका लागि मन्त्रालयले काम गरिरहेको बताए ।
पहिले माओवादी शान्ति प्रक्रियामा आएपछि पुर्ननिर्माणको बहस चलेको थियो, अहिले भूकम्प पछि पुनः पुर्ननिर्माणको बहस सुरु भएको छ’ उनले भने, ‘भौतिक पुर्ननिर्माणले मात्र वास्तविक पुर्ननिर्माण र त्यसपछिको विकास संभव छैन ।’ उनले युवा तथा खेलकुद मन्त्रालयले भौतिक पुर्ननिर्माण वा रोजगारीका लागि काम नगरेपनि युवाका आवस्यकता पहिचान गरी सोचमा पुर्ननिर्माणका लागि काम गर्न सम्बन्धित निकायलाई प्रोत्साहित गर्ने बताए ।
11872022_943426749037016_918385393123968439_oकार्यक्रममा यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ति शाहले सबैभन्दा पहिले समलिंगी तेस्रोलिंगी युवाहरुले आफ्नो पहिचान स्थापित गर्न लागेको बताए । ‘समलिंगी तेस्रोलिंगी युवाका सवाल आम समुदायमा स्थापित गर्नु हाम्रो प्राथमिक लक्ष्य हो’ साहले भने, ‘समलिंगी तेस्रोलिंगीका सवाल स्थापित गरेपछि कोही पनि यो समुदायका व्यक्ति खुलेर आउन नहिच्किचाउने वातावरण बन्छ ।’ उनले अहिले खुलेर आएका समलिंगी तेस्रोलिंगीलाई पनि विभेद भएकाले अन्यलाई खुलेर आउन सहज नभएको बताए । ‘तेस्रोलिंगीलाई पहिचानका आधारमा नागरिकता दिने निर्णयको पूर्ण पालना अहिलेसम्म हुन सकेको छैन’ उनले भने, ‘आफैले गरेको निर्णय समेत राज्यका तर्फबाट कार्यान्वयन नहुँदा यो समुदाय पिल्सिएर बस्न बाध्य छ ।’ उनले समाजमा भएका प्रकृतिका बरदानमाथि समेत विभेद रहेको भन्दै यस्तो सोच कायम रहँदासम्म पुर्ननिर्माण संभव नहुने बताए ।
कार्यक्रममाा अन्तरपार्टी युवा संचालका प्रतिनिधि सरोध दिलु विकले समाज परिवर्तनका लागि राजनीतिमा प्रभाव आवस्यक भएको बताए । ‘हुन त राजनीतिक दलले पनि भोटका लागि मात्र काम गर्ने प्रवृत्ति बढेको छ’ उनले भने, ‘ त्यसमा सुधार गर्दै समाजको सोचमा पुर्ननिर्माण गर्न राजनीति मैं सार्थक सहभागिता खोज्नु आवस्यक छ ।’ उनले पहिले आफूले पनि तेस्रोलिंगी भनेको हाउभाउ मात्र भन्ने बुझेको भन्दै अहिले यो जैविक आवस्यकता भएको थाहा पाएको बताए ।
अन्तरपार्टी युवा संजालकै अर्का प्रतिनिधि सूर्य तामाङले सबैभन्दा पहिले पहिचान आवस्यक हुने भन्दै पहिचान पछि विस्तारै अधिकार स्थापित हुने बताए । ‘समाजका मानिसको सोच्ने सैलीका आधारमा संस्कार निर्माण हुँदो रैछ, त्यही संस्कारका आधारमा ऐन कानुन बन्दा रैछन्’ तामाङले भने, ‘समाजको आवस्यकता नहेरी त्यसरी बनेका कानुनबाट विभेद हुँदो रैछ ।’ उनले भूकम्पले भएको क्षतिसँगै समाजको संस्कार र सोचको पनि पुर्ननिर्माण आवस्यक भएको बताए ।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरु, विद्यार्थीहरु तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागि रहेको थियो । पुर्ननिर्माणमा तेस्रोलिंगीका सवाल समेटेर विश्वराज अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागि विद्यार्थीहरुले समाजमा रहेको विभेद हटाउन र तेस्रालिंगी प्रतिका नकारात्मक धारणा अन्त्यका लागि यो समुदाय र राज्यबाट गर्नुपर्ने कामका विषयमा जिज्ञासा राखेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.