समलिंगी तेस्रोलिंगीको गाईजात्रा

समलिंगी तेस्रोलिंगीको गाईजात्रा

काठमाडौं (पहिचान) भदौ १४ – अधिकारबाट बञ्चित यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगीहरुले विगताका वर्षहरुमा झैं यो पटक पनि गाईजात्रा पर्व मनाएका छन् । ज्यान गुमाएका आफ्नो परिवारका सदस्यको सम्झनामा उसको मृत आत्माको चिर शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व समलिंगी तेस्रोलिंगीले यो वर्ष पनि ज्यान गुमाएका आफ्नो समुदायका व्यक्तिको मृतआत्माको चिर शान्तिको कामना गर्दै मनाएका हुन् ।
समलिंगी तेस्रोसलंगीको अधिकारका लागि विगत १५ वर्षदेखी आवाज उठाउदै आएको संस्था नील हिरा समाजले आयोजना गरेको अन्तराष्ट्रिय गाइजात्रा महोत्सव अन्तरगत आइतबार बिहान साढे ११ बजे काठमाडौंको ठमेलस्थित सञ्चयकोष भवन अगाडीबाट निष्किएको समलिंगी तेस्रोलिंगीको रयालीले ठमेलका विभिन्न स्थानको परिक्रमा गर्दै बसन्तपुर दरबार क्षेत्रमा पुगेर दिप प्रज्वलन गरेर मृत आत्माको चिर शान्तिको कामना गरेको थियो । बसन्तुपरमा दिप प्रज्वलनपछि ¥याली नयूरोड, जमल हुँदै लैनचौरमा गएर समाप्त भएको थियो । ¥यालीमा देशका विभिन्न भागबाट झण्डै एक हजारको संख्यमा आएका समलिंगी तेस्रोलिंगीहरु सहभागि भएका नीलहिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन् । 100_2955
बन्न लागेको नयाँ संविधानमा आफ्नो समुदायको अधिकार सुनिश्चत गर्नका लागि राज्य पक्षलाई दवाव दिन पनि गाईजात्राको अबसर पारेर रयाली गरिएको निर्देशक ढकालले जानकारी दिईन् । “हामीले पाउनु पर्ने अधिकार अहिले बन्दै गरेको संविधानले सुनिश्चत गरोस भनेर पनि हामीले यो गाईजात्रा पर्व मनाएका हौं ।” ढकालले भनिन्, “हामी दलहरुसँग डेलिकेशन गाएका छौं, ज्ञापन पत्र बुझाएको छौं त्यो नीतिनिर्माण तहमा रहेका व्यक्तिका लागि भयो । यो रयाली चाँही समाजले हामीलाई हेर्ने दृष्टिकोणमा सकारात्म्क परिवर्तन आवोस भनेर हो ।”
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यो पटकको अन्तराष्ट्रिय गाईजात्रा महोत्सव समलिंगी तेस्रोलिंगीले अधिकार सँगै नेपालको पर्यटनसँग पनि जोडेर मनाएको बताइन् । उनले भनिन्,“हामी यो पटकको गाईजात्रा संस्कृति सँग जोडेर त मनायौं नै साथै समलिंगी तेस्रोलिंगीको अधिकार र नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि मनायौं,” उनले भनिन्,“भूकम्प गएपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमबाट पर्यटनका लागि नेपाल असुरक्षित छ भन्ने सन्देश प्रवाह भयो । हामी यसलाई चिर्दै नेपाल पर्यटनका लागि सुरक्षित छ भन्न पनि चाहान्छौं ।”100_3097
रयालीमा सहभागि समलिंगी तेस्रोलिंगीहरुले आँफुहरु आफ्नो अधिकारसँग जोडिएर मनाउने गाईजात्रा पर्वमा सहभागि हुन बन्दका बाबजुद पनि टाढा टाढाबाट आएको बताए । नील हिरा समाजले सन् २००४ देखि हरेक वर्ष गाईजात्रा पर्वलाई आफ्नो समुदायको अधिकारसँग जोडेर महोत्सवकै रुपमा मनाउँदै आएको छ । विभिन्न भेषभुषा र पहिचान, संस्कृति र बाजागाजाका साथ प्रस्तुत हुने समलिंगी तेस्रोलिंगीको गाईजात्रा हेर्नेको ठूलो भिड लागेको थियो । गाइजात्रा महोत्सवको नारा भुइचालोमा चर्किएको आशा, संबिधानले जोड, संरचना पुर्नर्निर्माण गर्दा, लैगिंक विभेद छोड, हामी मानव सबै भिन्न, सबैमा समानता खोजौ, यौनिक लैगिंक अल्पसंख्यक, आफ्नो पहिचान रोजौ तय गरिएको थियो । गाईजात्रा महोत्सव सफलताका साथ सम्पन्न भएकोमा सम्पूर्ण नेपाली यौनिक तथा लैगिंक अल्पसंख्यक परिवारलाई यो समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले बधाई दिएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.