गाडिएको चिहानलाई कुटेर के भो ?

गाडिएको चिहानलाई कुटेर के भो ?

सुरज थापा /पहिचान  – वन डढेको सबैले देख्छन, मन डढेको कसैले देख्दैनन् भन्ने उखान सुनिन्थ्यो । तर हिजो आज देशको वन डढेर खरानी हुदाँ पनि देख्ने कोही छैनन् । लाखौ करोडौ जनताको मन अधिकार प्राप्तिका लागि शरिरै जल्दा पनि राज्यका प्रतिनिधि मौन छन् । अरुलाई खुशी दिएर प्रसन्न रहनु र अरुलाई पीडा दिएर मुस्कुराउनुमा धेरै फरक छ ।
नदेखेको प्रेम अब छुटेर के भो
चर्किएको मुटु अब फुटेर के भो ।।
आकाशले थिचिदिन्छ धर्तिले मिचिदिन्छ
आश्वासनका शब्दहरु जुटेर के भो ।।
पलभर खुशी हुदा युगौं रुनुपर्छ यहाँ
असाय यो जिन्दगीलाई चुटेर के भो ।।
एकै दिन ओइलि जाने फुल रहेछ जिन्दगी
गाडिएको चिहानलाई कुटेर के भो ।।
फुल फुल्छ यौवनको कैदी हुन्छन् नजरहरु
बेचिएको अस्मिता लुटेर के भो ।।
हो यतिवेला यहाँ बुझ्नेहरु नै बुझ पचाइरहेका छन् । गर्मी बढ्छ पंखा चलाउछौ हावा फ्याक्छ । त्यो दिन पनि आउछ शरिरले आत्मा फ्याक्छ, अनि तिम्रो मृत शरिर डढेर बनेको खरानीलाई त्यही हावाले फ्याल्छ । अनि तिमी तिमी हुनुको अर्थ र अस्तित्व कहा खोज्छौं ? लाखौ करोडौ जनताको आँशुमा या उनीहरुको अधिकार प्राप्ति र न्यायको खशीमा ? पहिचान र अधिकार प्राप्तिका लागि असल प्रतिनिधित्वको खाँचो छ । जसको चरित्र उसको व्यवहारमा झल्किएको हुनु पर्छ र उसले बोलेको कुरा व्यवहारमा उतार्नु पर्छ । बिडम्वना यहाँ त्यस्तो पटक्कै देखिएको छैन ।
२१ औं सताब्दीको लगभग आधाआधीमा आइपुग्न खोजी सक्दा पनि एउटा मानव अर्को मानवसँग मानवअधिकार टाउको फुटाएर अस्मिता लुटाएर माग्न बाध्य भइरहेको छ । आखिर कहिलेसम्म ? जस्तोसुकै महलमा बसे पनि दैव लागेपछि उत्रने सबै खुल्ला आकाशमुनि नै त रहेछ । त्यो त सम्झाइ रहन नपर्ला । हुन त नमरी स्वर्ग देखिन्न भन्थे अग्रजहरु हो कि आउनुस्, स्वागत छ । लाखौ उत्रेको सडकमा विभिन्न अधिकार प्राप्तिका लागि जसलाई दिन दिनै दैव लागेको छ ।
कोही यौन अभिमुखिकरणको अधिकार, कोही जातियताको कोही धर्म कोही कर्म अनि ति बृद्धबृद्धाको पनि आफ्नै मर्म, कति त सन्तानबाटै पीडित आफ्नै सन्तान भवनभित्र कुर्चिमा अनि ति बृद्धबृद्धाहरु त्यहा भवनको अगाडी तातो सडकमा चाउरी परेको शरिरलाई सेकाउदैमा हैरान छन् । एउटा यौनिक तथा लैंगिक अल्पसंख्यक पहिचानको लागि लड्दैछ, एउटा दलित दलित हुदाँको छुवाछुत र विभेदको लागि लड्दैछ । महिला हिंसा अन्त्यका लागि, बालबालिका बालयौन शोषण, श्रम शोषण युवा बेरोजगारी असाय अनाथ सहाराको लागि तर नेता सत्ता र शक्तीका लागि लड्दैछन ।

संविधानमा शहरका मात्रै होइन कुना काप्चामा बस्ने नेपालीको पनि अधिकार लेखिनु पर्छ । शहरको किचनमा ग्यास बलेको नदेखेर गाउँका ओढार र जंगलका चुलोबाट धुवाँ निस्कन सकेको छ या छैन हेरियोस्् । कर्तव्य र अधिकारका बिषयमा अन्य अधिकार सगै सबैलाई एउटै अधिकार समान अधिकार मानव अधिकारलाई कहि कतैबाट पनि नछुट्टयाईयोस् ।

([email protected])

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading