विद्युतीय गाडीमा धुवाँ डिस्चार्ज, तोकिएकै केन्द्रहरूमा मर्मत सम्भार गर्न आग्रह

विद्युतीय गाडीमा धुवाँ डिस्चार्ज, तोकिएकै केन्द्रहरूमा मर्मत सम्भार गर्न आग्रह

179
SHARES

काठमाडौँ : सोमबार बिहान सेरेस ब्रान्डको एउटा विद्युतीय सवारी साधन (ईभी)मा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको छ।

गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडीमा शर्टसर्किट भएर धुवाँ डिस्चार्ज भएको कम्पनीले प्रस्ट पारेको छ।

उक्त गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैकारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मर्मतका लागि कम्पनीको सर्भिस सेन्टरमा ल्याएका बखत शर्टसर्किट हुँदा गाडीमा धुवाँ निस्किएको हो।सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियता पूर्वक स्थितिलाई नियन्त्रण लिएको छ।

कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको कम्पनीले जनाएको छ।

विद्युतीय सवारी साधनहरू धेरै खाले सुरक्षा सुविधाहरूले सुसज्जित हुन्छन्। निश्चिन्त सवारी अनुभवका लागि ग्राहकहरूलाई आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएकै सेवा केन्द्र मार्फत गराउन कम्पनीले आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
179
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.