दुलाल बन्धु बागमती प्रदेश अधिवेशनको तयारी पुरा, जिम्मेवारी बाँडफाँड

दुलाल बन्धु बागमती प्रदेश अधिवेशनको तयारी पुरा, जिम्मेवारी बाँडफाँड

339
SHARES

काठमाडौँ : दुलाल बन्धु सेवा समाजले बागमती प्रदेश अधिवेशनको तयारी पुरा भएको जनाएको छ। कार्तिक १० गते शनिवार भक्तपुरको लोकन्थलीमा रहेको ईन्द्रसान पार्टी प्यालेसमा सुरु हुने भेलाको सबै तयारी पुरा भएको आयोजक समितिले जनाएको छ।

भेलाका लागि आवश्यक लेटरहेड, प्रमाणपत्र, ब्यानर, डिजाइन गरेर छपाइका लागि प्रेसमा पठाइएको समितिले जनाएको छ। भेलालाई सभ्य एवं भव्य रूपमा सम्पन्न गर्न बन्धुहरुबीच कामको जिम्मेवारी बाँडफाँड गरिएको भेला आयोजक तयारी समिति सदस्य गोविन्द दुलालले जानकारी दिए।

सभापतिको आसन संयोजक राम हरि दुलाल, कार्यक्रमको उद्घोषण गणेश दुलाल र खाजाको व्यवस्थापन सरोज दुलाल र पुण्य प्रसाद दुलालले गर्ने गरी कामको बाँडफाँड भएको छ।

दुलाल बन्धु बागमती प्रदेश अधिवेशन कार्तिक १० गते हुने

भेलाको माइन्युट सञ्जीव दुलाल र भूमिनन्द दुलालले उठाउने, बाहिर उपस्थित बन्धुहरूको पूरा विवरण खुल्ने गरी गोविन्द दुलालले उपस्थिति टिपाउने, अधिवेशन गर्न सहयोग गर्ने इच्छुक बन्धुहरूसँग सुदन दुलालले आर्थिक सहयोग उठाउने र माइकबाट नाम सहित रकम बोल्न लगाउने कामको जिम्मेवारी पनि दिइएको छ।

बन्धुहरूको मर्यादाक्रम सहित तल वा स्टेजमा घमेश दुलाल, रामकृष्ण दुलाल, अर्जुन दुलाल, रवि दुलालले मिलाएर राख्ने, जयराम दुलालले सम्पूर्ण अधिवेशनको निरीक्षण गरी परिआएको समस्याको समाधान गरेर अधिवेशनलाई सभ्य र भव्य तवरले समापन गर्ने निर्णय आयोजक समितिले गरेको छ।

भेलाको अघिल्लो दिन ९ गते ईन्द्रसान पार्टी प्यालेसमा दिउँसो ३ बजे भेला भएर १० गतेको लागि पूर्व तयारी गर्ने निर्णय भएको बागमती प्रदेशका सल्लाहकार जयराम दुलालले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
339
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.