निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एनआरएनको बिधान लैगिंक मैत्री नभएको फेला

एनआरएनको बिधान लैगिंक मैत्री नभएको फेला

648
SHARES

काठमाडौं (पहिचान) असोज २७ – गैर आवाशीय नेपाली संघ एनआरएनको विधान लैगिक मैत्री नभएको पाइएको छ । विकास, मानव अधिकार, समानता जस्ता विषयमा चर्को अवाज उठाउने एनआरएनको आफ्नै विधान भने लैगिंकमैत्री छ की छैन भन्ने पहिचान अनलाइनको खोजीमा बिधान पुरुषलाई पक्षपोषण गर्ने खालको फेला परेको हो ।
बिधानको परिच्छेद ५.३९ मा पुलिङ भन्ने शब्दले स्त्रीलिंगी पनि जनाउने छ भन्ने उल्लेख छ । सिधै स्त्रीलिंगी नलेखेर यसरी घेमाउरो भाषामा पुरुषलाई बिधानले पक्ष पोषण गरेको देखिन्छ ।
हेर्नुस विधानमा के छ ?

NRN BIDHAN
पूर्व सभासद् एवं यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता सुनिलबाबु पन्तले एनआरएनको विधान लैगिंक समानता मैत्री नभएको प्रतिक्रिया दिएका छन् । हाल बेलायतमा रहेका पन्तले इमेल सन्देशमा पुलिङ शब्दले स्त्रीलिंगीलाई समेत जनाउँछ भनेर ब्याख्या गर्नुले गैर आवाशीय नेपाली संघको लैगिंक समानता देखावटी मात्रै भएको टिप्पणी गरेका छन् । उनले प्रश्न गरेका छन्, स्त्रीलिंगी भाषामा विधान लेख्ने अनि स्त्रीलिंगी शब्दले पुलिंग समेतलाई पनि जनाउँछ भनेर एउटा धारा विधानमा थपिदिने भएको भए के हुन्थ्यो होला ?
नेपालको संविधानले समेत लिंगका आधारमा यौनिक तथा लैगिक अल्पसंख्यकलाई समेत बिभेद गर्न पाइने छैन भनिसकेको छ । यसको अर्थ अब समलिंगी तेस्रोलिंगीलाई समेत बिभेद गर्न पाइने छैन । तर एनआरएनको बिधान भने अझै पुरुषलाई मात्र प्राथमिकता दिइरहेको छ । यद्यपी यो विधानले कतिपय ठाउँका किटेरै महिलाका लागि छुट्टै पदको ब्यबस्था भने नगरेको होइन तर यति हुँदा हुँदै पनि अमेरिका, अष्टे«लिया जस्ता लैगिक मैत्री संविधान भएका देशमा दशकौं बसेर अब्बल व्यवसायीका रुपमा कहलिएपनि उनीहरुको लैंगिक समानताप्रतिको चेत भने अझै पछि नै रहेको पाइएको देखिन्छ ।
“प्रतिबद्दता पुनर्निमार्णको” भन्ने नारा सहित गैर–आवाशीय नेपाली संघ एनआरएनको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनले दुई वर्षे नयाँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । काठमाडौंको सोल्टी होटलमा जारी सम्मेलनमा बिश्वभरिमा रहेका २ हजार गैर आवासिय नेपाली प्रतिनिधि सहभागी छन् ।

समाचार शेयर गर्नुहोस्
648
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.