अन्तरलिंगी बच्चालाई स्वीकार गर्दा …

अन्तरलिंगी बच्चालाई स्वीकार गर्दा …

इशान रेग्मी/पहिचान – केही दिन अघि नोभेम्वर ८ मा विश्व भरका अन्तरलिंगीहरुले अन्तरलिंगी ऐक्यवद्धता दिवस भनेर मनाएका छन । अन्तरलिंगी (Intersex) भनेको जन्मदा नै यौनांग अस्पष्ट हुन्छ जो महिला पुरुष के हो भनेर छुट्टयाउन सकिदैन । जो एक हजार जना बच्चामा १ जना हुन्छ । कसैको  किशोरावस्थामा गएर जुन यौनांगमा जन्मेको  छ  त्यो भन्दा फरक लिंगको शारीरिक विकास हुन्छ ।

जो २ हजार व्यक्तिमा १ जना हुन्छ । कुनै त्यस्तो व्यक्ति हुन्छ जो महिला भएर जन्मेको हन्छ तर किशोरावस्थामा त्यसको पूर्ण शारीरिक विकास नहनु अर्थात उसको महिनावारी गडबडी हुनु वा नहुनु, स्वर केटाको जस्तो हुनु अर्थात बढी पुरुष जस्तो हुनु जो ६६ जनामा १ जना हुन्छ भनेर विभिन्न तथ्याङ्कले देखाउछ । जसलाई अन्तरलिंगी भन्न सकिन्छ । सन् १९५० सम्म पश्चिमा देशहरुमा यस्ता विशेषता भएका व्यक्तिको शल्यक्रिया गरेर उपचार गरिन्थ्यो, जसलाइ हेर्माफोडाइट्स भनिन्छ ।

सन १९९३ मा ISNA (Intersex society of North America) को स्थापना भए पछि यस्तो उपचार गर्नु मानवअधिकारको हनन हो भनेर वकालत गर्न थालियो । किनकी यस्तो उपचार गर्दा ती व्यक्तिको सहमति लिइदैनथ्यो । जसलाई Interventional Surgical Treatment भनिन्थ्यो । यसरी उपचार गर्दा पनि कतिपयको किशोरावस्थामा गएर त्यहि समस्या आउन थाल्यो ।

यस्तै सन १९९६ को एउटा घटना पछि अब यस्तो गर्नु गलत हो यसको लागि आम मानिसलाई जानकारी गर्नु पर्छ र Intersex हरुले पनि आफ्नो अधिकारको लागि एकजुट हुनुपर्छ भनेर सन २००३ देखि अक्टोबर २६ लाई Intersex awareness day र नोभेम्वर ८ लाई Intersex Solidarity Day को रुपमा मनाउन थालियो । विश्वमा Intersex को इतिहासलाइ हेर्ने हो भने पश्चिमा देशहरुमा Intersex को अधिकारको लागि १९९३ देखि संस्थाहरु स्थापना हुन थाले पनि अन्तराष्ट्रिय सम्मेलनमा सन् २०११ देखिमात्र सहभागि गराउन थालेको पाइन्छ । सन २०१५ देखि अन्तराष्ट्रिय स्तरमा विभिन्न निकायले काम गर्न सुरु गरेको छ ।

यसै वर्ष एसियामा पहिलो पटक विभिन्न ८ देशका Intersex Human Right Activist हरुको भेला भएको छ । जसले एसियामा सबै एकजुट भएर Intersex को अधिकारको लागि काम गर्ने निर्णय गरेको छ । जुन भेलाले अक्टोबर २६ लाई Intersex Awareness Day को रुपमा मनाएको छ जुन एसियामा पहिलो पटक हो । नेपालमा Intersex को अवस्थालाइ हेर्ने हो भने नील हिरा समाजले सहभागी गराए पनि अन्य सरकारी तथा गैह्रसरकारी संस्थाहरुले यस क्षेत्रमा काम गरेको पाइदैन ।

नेपालमा रुढीवादी सामाजिक परम्परा अझै पनि विद्यमान छ । त्यसकारण यदि Intersex बच्चा जन्म्यो भने पूर्व जन्मको पाप मान्ने चलन अझै पनि छ । त्यो बच्चालाइ परिवारको इच्छा अनसारको लैंगिक भूमिकामा हुर्काइन्छ पछि उसको विकास त्यो भन्दा फरक हुन्छ जसले गर्दा उसलाई विभिन्न क्षेत्रमा विभेद हुन्छ र उसको  मानसिक, शैक्षिक अवस्था बिग्रदै जान्छ र उसले हरेक क्षेत्रमा विभेद र लान्छना को सामना गर्नु पर्छ ।

हाम्रो देशमा Intersex हरुले विभिन्न समस्या भोगिरहदा पनि मेरो अधिकार के हो ? मैले आफ्नो अधिकारको लागि के गर्नु पर्छ ? भन्ने कुरा न त ती Intersex लाई थाह छ, न त उनीहरुका परिवारले नै सहयोग गरेको पाइन्छ । अर्जेिन्टना, माल्टा, बेलायत जस्ता देशमा  Intersex हरुको Interventional surgical  Treatment गर्न हुदैन अर्थात यो मानव अधिकार हनन हो भनेर Gender Recognition Law बनिसक्ेको छ ।

नेपालमा Intersex हरुले  पनि आफ्नो अधिकारको लागि एकजुट भएर लाग्न आवश्यक छ । तीनका परिवारले पनि साथ दिन जरुरी छ  र सरकारले पनि बनाएको कानूनलाइ कार्यान्वयन गर्न र त्यो भन्दा सहज कानून बनाउन आवश्यक छ जसले गर्दा Intersex हरुले पनि अन्य नागरिक सरह आफ्ना मौलिक हक अधिकारको प्रयोग गर्न पाउन ।

लेखक अन्तरलिंगी हुन् 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.