निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैंगिक अल्पंख्यकहरुका मुद्धा संबोधन हुँदै, हिंसामा पनि न्युनीकरण

यौनिक तथा लैंगिक अल्पंख्यकहरुका मुद्धा संबोधन हुँदै, हिंसामा पनि न्युनीकरण

806
SHARES

काठमाडौं (पहिचान) मंसिर ७ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले यो समुदायमाथि हुने हिंसा कम गर्न सफल भएको निष्कर्ष निकालेको छ । नील हिरा समाजको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको महासंघको साारणसभामा संस्थाले गरका वार्षिक कार्यक्रमको समिक्षा र उपलब्धीहरु सार्वजनिक गर्दा यस्तो निष्कर्ष सार्वजनिक भएको हो । ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुमाथि हुने सामाजिक हिंसामा कमी आएको छ’ ‘एफ्एसजीएमएनको प्रतिवेदनमा भनिएको छ, ‘यौनिक अल्पसंख्यकहरुका संस्थाका युवालाई दिइएको जिवनपयोगि तालिम पनि व्यवसायिक जीवनका लागि उपलब्धीपूर्ण भएको छ ।’
महासंघले गएको वर्ष तीनवटा कार्यक्रम संचालन गरेको थियो । त्यसमा सदस्य संस्थाहरुको क्षमता अभिबृद्धि गर्ने, लैगिक हिंसा रोकथामका कार्यक्रम र किशोर किशोरीहरुका लागि जिवनापयोगि शिक्षा तथा व्यवसायिक तालिम संचालन गरिएको थियो । जसको फलस्वरुप सदस्य संस्थाहरु जिविसलगायत सम्बन्धीत सरकारी निकायबाट बजेट माग्ने र त्यही बजेटबाट कार्यक्रम संचालन गर्ने अवस्थासम्म पुगेका छन् । यस्तै एचआइभी संक्रमीतलाई हुने विभेद कम गर्न जनचेतना मुलक कार्यक्रम संचालन मार्फत भेदभाव न्युनिकरणमा सफल तथा सदस्य संस्थामा काम गरेका व्यक्तिहरु अन्य संस्थाको महत्वपूर्ण स्थानमा पुग्न सफल भएका छन् ।22
महासंघले लैगिक हिसां नियन्त्रण कार्यक्रम अन्तरगतको कार्यक्रम ६ वटा जिल्लामा संचालन गरेको थियो । जसमा सुनसरी, कास्की, कैलाली, काठमाडौं, भक्तपुर र ललितपुर छन् । त्यसरी कार्यक्रम संचालन भएका जिल्ला मध्ये चार जिल्लाहरु कैलाली कास्की, काठमाडौं र ललितपुरमा तेस्रोलिंगी यौंनकर्मी महिलालाई लक्षित गरेर क्लिनिकसमेत संचालन गरिएको थियो । क्लिनिकमा उपचार तथा परामर्शका लागि आउनेहरुमा गरिएको सर्वेक्षणमा उनीहरु एउटै व्यक्ति विभिन्न प्रकारको हिंसा सहन बाध्य भएको पाइएको थियो । क्लिनिकमा आउने मध्ये ७७ प्रतिशत कुनै न कुनै हिंसामा परेको फेला पारिएको थियो । त्यस मध्ये ८९ प्रतिशतलाई मनोसामाजिक हिंसा भएको, ६० प्रतिशत यौंनिक हिंसामा परेका र ६५ प्रतिशत शारिरिक हिंसामा भोग्न बाध्य भएको पाइएको छ ।
यौंनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघले पाँच वटा जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका युवाहरुलाई लक्षित शिपमुलक तालिम कार्यक्रम पनि संचालन गरेका जनाएको छ । यसबाहेक महासंघले पाँच जिल्लामा शिक्षकहरुलाई जनचेतामुलक कार्यक्रम संचालन गरी विद्यालयमा तेस्रोलिंगी विद्यार्थी मैत्री वातावरण बनाउनका लागि अभिमुखिकरण गरिएको जनाएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालमा दर्ता भएका ४० र दर्ता नभएका १३ गरी ५३ संघसंस्था आबद्ध छन् ।

समाचार शेयर गर्नुहोस्
806
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.