विद्यालय विद्यालयमा समलिंगी तेस्रोलिंगी

विद्यालय विद्यालयमा समलिंगी तेस्रोलिंगी

ललितपुर (पहिचान) मंसिर १६ – ललितपुरका शिक्षक शिक्षिकाले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले बिद्यालय भित्र तथा आफ्नो समूदायमा समेत यस सम्वन्धि सचेतना जगाउने वताएका छन् । ललितपुर खोकनाका रुद्रायणी माध्यमिक बिद्यालय र युवा प्रतिभा विद्या मन्दिरमा नील हिरा समाजले गरेको कार्यक्रममा शिक्षक, शिक्षिका र विद्यार्थीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय भएकै कारण शिक्षा ssलिन पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

रुद्रयाणी माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले यो समूदायबारे आफूहरुमा रहेको भ्रम हटेको वताए । तपाईहरु आउने भन्ने सुनेका एक जना विद्यार्थीले छक्का हिजडा भन्ने शब्द प्रयोग गरे थापाले भने, छक्का हिजडा भन्ने शब्द प्रयोग गर्नु हुदो रहेनछ जान्न बुझ्न पाइयो । थापाले आफ्नो विद्यालयमा समलिंगी तेस्रोलिंगी अन्तरलिंगी विद्यार्थीलाई कुनै विभेद, भेदभाव, दुरव्यवहार नहुने प्रतिवद्धता जनाए । यो समूदायले पनि आफ्नो बारेमा बुझाउनु पर्छ थापाले भने, नकारात्मक सोचको अन्त्य गर्ने यहाहरुको अभियानले सफलता पाओस ।

युनेस्कोको सहयोगका नील हिरा समाजले संचालन गरेको पर्पलमाईस्कूल (#PurpleMySchool) अभियानमा सहभागी विद्यार्थीले पनि यो समूदायका विद्यार्थीलाई माया गर्ने र विभेद, भेदभाव तथा दुरव्यवहार हुन नदिने प्रतिवद्धता जनाए । युवा प्रतिभा विद्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञराज दाहालले यो समूदायलाई नजिकबाट बुझ्न पाएकोमा खुशी व्यक्त गरे ।SC 2

व्यक्तिमा फरक फरक स्वभाव हुन्छ, फरक स्वभाव भएकै आधारमा हेला गर्नु हुँदैन दाहालले भने, विगतमा भुलेर अपमान गरेका रहेछौ भने अब त्यो अन्त्य हुनु पर्छ । प्राकृतिक रुपमा जन्मने फरक स्वभावका व्यक्तिलाई समान व्यवहार गर्ने उनको प्रतिवद्धता छ । नेपालका लागि युनेस्कोको प्रतिनिधि क्रिष्टियन म्यानहार्टले यौनिक अभिमुखिकरण फरक भएका विद्यार्थीलाई पढ्ने वातावरण हुनु पर्ने वताए । यो समूदाय भएकै कारण धेरैले पढ्न पाएका रहेनछन् उनले भने, फरक यौनिक अभिमुखिकरण भएकै कारण पढ्न नपाउने अबस्थाको अन्त्य हुनुपर्छ ।

Unescoनील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगी अन्तरलिंगी मैत्री विद्यालय निर्माण हुनु पर्ने अभियान लिएर विद्यालयमा आएको वताइन् । आफ्नो समूदायका विद्यार्थीले मानसिक तथा शारीरिक विभेद भोग्नु परेको छ अध्यक्ष गुरुङले भनिन्, यो अवस्था अन्त्य हुनुपर्छ । उनले समाजमा आफ्नो समूदायलाई बुझ्ने, नबुझ्ने, बुझ्नै नचाहने र बुझेर पनि बुझ पचाउने व्यक्ति रहेका भन्दै महिला पुरुष सरह समान व्यवहार गर्न आग्रह गरिन् ।

नील हिरा समाजको दिवा परियोजनाका संजय शर्माले समलिंगी तेस्रोलिंगी अन्तरलिंगीबारे पौराणिक कालमा समेत पहिचान भएको वताए । शर्माले समलिंगी तेस्रोलिंगी अन्तरलिंगी हुनु कुनै पाप र अधर्म नभएको वताए । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले तेस्रोलिंगी भएकै कारण विद्यालय स्तरको अध्ययन पूरा गर्न नपाएको वताउँदै आफू जस्ता विद्यार्थीलाई लाञ्छना, भेदभाव, दुरव्यवहार नहुने वातावरण विद्यालयमा हुनु पर्ने वताइन् । समाजमा रहेको नकारात्मक सोच हटाइ सकारात्मक बनाउनु पर्छ श्रेष्ठले भनिन्, कक्षा ६, ७ र ८ को पाठ्यक्रममा हाम्रो बारेमा अध्ययन हुन्छ, शिक्षक शिक्षिका र विद्यार्थीले बुझ्नु पर्छ ।Student 1

तेस्रोलिंगी महिला आकाक्षां तिम्सिना र तेस्रोलिंगी पुरुष ऐलेन भण्डारीले विद्यालयमा शिक्षक शिक्षिकाबाटै हुँदै आएको विभेद अन्त्य हुनु पर्ने वताए । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमका भरत श्रेष्ठले यो समूदाय माथि समाजमा रहेको नकारात्मक सोच अन्त्य गर्न शिक्षक, शिक्षिका र विद्यार्थीको महत्वपूर्ण भूमिका रहने वताए । अभियानमा शिक्षक, शिक्षिका र विद्यार्थीहरुले यो समूदाय माथि लाञ्छना, भेदभाव र विभेद नगर्ने प्रतिवद्धता जनाउँदै हस्ताक्षर समेत गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.