ग्रामीण लक्षित कार्यक्रममा केन्द्रित हुन युएनएडसको सुझाव

ग्रामीण लक्षित कार्यक्रममा केन्द्रित हुन युएनएडसको सुझाव

अम्बिका दाहाल/ललितपुर (पहिचान) फागुन १९ – युएनएडसकी कम्युनिटी मुभिलाइजेसन र नेटवर्किङ्ग एडभाइजर बिना पोखरेलले सन् २०३० सम्ममा एचआइभी संक्रमणको दर सून्यमा पुर्याउने बताएकी छन् । “जिरो डिष्क्रिमिनेशन डे” का अबसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा पोखरेलले एचआइभिको जोखिमलाई शून्यमा पुर्याउन र विभेद अन्त्यका लागि युएनएडसले काम गरिरहेको बताइन् ।
सन् २०१४ देखि हिंसालाई शून्यमा पुर्याउने उद्देश्यले प्रत्येक वर्ष मार्च एकमा मनाउदै आएको जिरो डिस्क्रीमिनेशन डे यो वर्ष पनि युएनडीपी र यसका सन्जालहरुले मनाएका छन् । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी पनि सहभागी थिए ।
पोखरेलले भनिन्,“युएनएडसले तीन ओटा जिरो भनेर २०११ देखि एचआइभीको कार्यक्रमलाई अगाडि बढाइरहेको छ । तीन ओटा जिरोको अर्थ हो–नयाँ एचआइभी संक्रमणलाई जिरोमा पुर्याउने, एडसबाट हुने मृत्युलाई जिरोमा पुर्याउने र एचआइभी एडससँग सम्बन्धित भेदभावलाई शून्यमा पुर्याउने हो ।”
हिंसालाई शून्यमा पुर्याउन नससकेसम्म एचआइभीको नयाँ संक्रमण पनि घटाउन नसकिने र मृत्युदर पनि जिरोमा पुर्याउन नसकिने उनको भनाई छ ।
२०१४ देखि मनाउदै आइएको जिरो डिस्क्रिमिनेशन डे र यस अन्तरगतका कार्यक्रमका कारण पहिलो वर्षको तुलनामा सकारात्मक परिवर्तन सँगै हिंसा कम हुदै गएको उनको दाबी छ ।
कार्यक्रममा पोखरेलले यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीवीटीआई) समुदायले स्वास्थ्य र सुरक्षा निकायबाट बढी हिंसा भोग्दै आएको बताउदै पहिलाको तुलनामा भने यो दर घटेको बताइन । समलिंगी तेस्रोलिंगी एचआइभीको जोखिममा रहेको बताउदै उनले यो समुदायका ब्यक्ति यौन पेशामा लाग्नु पनि यसको कारण भएका बताइन् ।
समलिंगी तेस्रोलिंगीलाई एचआईभीको जोखिमबाट टाढै राख्न र उनीहरुको बृत्ति विकासका लागि कार्यक्रमहरु चलिरहेको र थप कार्यक्रम आवश्यक रहेको उनले बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई देखिने स्वरुप भन्दा पनि उनीहरुले आफूलाई चिनाउन चाहेको जेण्डर फरक हुनसक्ने भएकाले यसलाइ प्रकृतिक रुपमा लिनु पर्नेमा पोखरेलको जोड छ ।
समलिंगी तेस्रोलिंगीले आफ्नो अधिकारबारे स्पष्ट भए उनीहरुमाथी हुँदै आएको. हिंसा स्वत कम भएर जाने उनको धारणा छ ।
नीति निर्माणको तहमा समलिंगी तेस्रोलिंगीले आफ्नो मुद्धा र अधिकारबारे बुझाउन सफल भएपनि स्थानीय तहमा अझै बुझाउन जरुरी रहेको भन्दै अब ग्रामीणस्तरमा कार्यक्रम गर्नु आवश्यक रहेको उनको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.