अर्जुन प्रसाद/ पहिचान – सामाजमा दुई वा दुईभन्दा बढी समूह जो एकअर्कासंग मिलिजुली बसेका हुन्छन्, वा आफ्नो पहिचान दिनसकेका छन् तिनीहरुलाई नै सामाजिक समूह भन्ने गरिन्छ । यदि समाजमा वसेर आफ्नो पहिचान स्थापित गर्न सकिएन भने त्यो समूहले आफ्नो पहिचानको लागि लडनुपर्छ । संसारमा मानव जातिको प्राकृतिक चिनारीभन्दा फरक समूहमा रहेका समलिङगीहरु अहिले आफ्नो अस्तित्व स्थापित गराउने संघर्षमा छन् । उनीहरु यतिबेला आफ्नो पहिचानका लागि राज्य, समुदाय र स्वयंको परिवारसंग प्रश्न गरिरहनु परेको छ ‘म को हु ?’
हाल नेपालमा एल.जी.बी.टी.आई (L.G.B.T.I) अर्थात् महिला समलिङ्गी, पुरुष समलिङ्गी, दुई लिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीको रुपमा समलिङ्गीहरु विभाजित रहेका छन् । समलिङ्गी हुनु भने यिनीहरुको रहर होइन यो प्रकृतिक रुपमा विकशीत हँुदै जाने कुरा हो । जसरी पुरुष र स्त्रीको पहिचान छ त्यसरी नै यिनीहरुको पनि पहिचन हुनु जरुरी छ । तर, २१ औँ सताब्दीसम्म आइपुग्दा पनि समलिङ्गीहरुले आफ्नो अधिकारको कुरा खोज्दा पनि पाएका छैनन् । समाज, साथीसङगी, र स्वयं परिवारबाट पनि हेलित हुनुपरेको छ ।
आम मानिसभन्दा फरक स्वभाव र रुपरंग भएका अर्थात् समलिङ्गीको महत्व धार्मिक–पौराणिक रुपमा जस्तो देखाइएको छ आधुनिक समाजमा त्यस्तो छैन । पैराणिक कालमा समलिङ्गीको स्थान ठूलो थियो । महाभारतमा भगवान श्रीकृष्णले आधा स्त्री र आधा पुरुषको अर्थात समलिङ्गीको रुप धारण गरेका थिए र आरवणसंग विवाह गरी महाभारतको युद्ध जिताएका थिए । जस्लाई अझै पनि पुज्ने गरिएको छ र भगवान श्रीकृष्णको मन्दिर जता पनि पाउन सकिन्छ भने भगवान आरवणको मन्दिर भारतको तमिलनाडुमा पर्ने कुभागाममा छ । त्यसलाई सम्झिएर मानिसहरुले समलिङगीको हातबाट आशिर्बाद थाप्ने गरेको पाइन्छ । त्यस्तै महाभारतको युद्धमा पाण्डन पक्षलाई जिताउन शिखण्डीको भूमिका अग्रणी रह्यो । अज्ञात बासमाा रहेका बखत स्त्री रुपधारण गरेका अर्जुनले बिराटयुद्ध जिताएका थिए ।
भारतमा अझै पनि घरमा नयाँ सन्तानको जन्म हुँदा दुई लिङ्गी (हिंजडा)लाई बोलाएर आशिर्वाद दिन लगाइन्छ । यसबाट पनि पुष्टि हुन्छ कि समलिङगी हुनु कुनै अभिशाप नभई प्राकृतिक देन हो । नेपाल र भारतमा मात्र नभई इन्डोनेसियाको वुगी समुदायमा पनि समलिङ्गीलाई ठूलो महत्व दिइएको पाइन्छ । यो समुदायको पुरेत नै समलिङ्गी हुने गरेका छन् । यदि समलिङ्गीहरु रिसाए भने ठूलो आपत आइपर्ने यो समुदाएको विश्वाश छ । सरसर्ती हेर्दे पहिला यिनीहरुलाई दिइएको स्थन अहिलेको समाजले भूलेको र पहिचान गुमेको जस्तो देखिन्छ ।
समाजमा रहनका लागी जसरी स्त्री र पुरुषलाई पहिचान, जीवन बिताउन एउटा साथीको र आर्थिक अवस्था सवल बनाउन रोजगारको खाँचो पर्छ, त्यसरी नै समलिङ्गीलाई पनि यसको खाँचो पर्छ । अरु देशको तुलानामा नेपालको कानुनले हक र अधिकार दिइसकेको छ तर कार्यन्वयनमा भने ल्याउन सकिरहेको देखिदैन । जस्तै समलिङ्गी विवाहलाई कानुनी मान्यता । पहिलो समलिङ्गी कानुनी मान्यता नेदरल्याडले (२०००) दिएको १६ बर्ष पुगि सक्दा पनि नेपालले भने अझ त्यसको बारेमा सोचि नै रहेको छ ।
समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएमा बिकृति निम्तिन्छ भने सोचका कारण अझै पनि यस मुद्दाको कुनै टुङगो लागेको छैन् । जसरी स्त्री र पुरुषलाई एउट साथीको खाचो हुन्छ त्यसरी नै समलिङ्गीहरुलाई पनि एउटा साथीको खाँचो हुन्छ । यदि कानुनी रुपमा मान्यता दिइएन भने पक्कै पनि विकृति निम्तिन सक्छ । समलिङ्गीहरुमा पनि यौन चाहनाको हुन्छ त्यसको पूर्तिका लागि आफ्नो यौन साथी नहुँदा अन्यत्र खोजीमा जाने गर्दछन् त्यस खण्डमा असुरक्षीत यौन सम्पर्कले निम्तिनन एचआईभी एड्सको महामारी अनि त्यसैका लागि उनीहरु यौनकर्मी बन्न पुग्दछन् । अहिले एचआईभी संक्रमितहरुमा समलिङ्गीको संख्या अत्यधिक हुनुको कारण पनि यही हो । विश्व स्वस्थ्य संगठनले पनि समलिङ्गी विवाहलाई पुर्ण रुपामा मान्यता दिई सकेको छ भने नेपालले पनि यसलाई दिन जरुरी देखिन्छ ।
समलिङ्गीहरु यौनकर्मी नै हुन्छन् भन्ने धारण बोकेको पनि पइन्छ । तर त्यस्तो हैन, बुझ्न जरुरी के होभने कोही पनि जन्मदै यौनकर्मी भएर जन्मिएको हुँँदैन् । अझै समलिङगीको पक्षमा भन्ने हो भने यौनकर्मी हुनु यिनीहरुको रहर नभई बाध्यता हो । रोजगारीको अवसर नहुदा जीवन धान्नकै लागी भए पनि यो पेशा अपनाउन बाध्य भएका छन् । हुन त सरकारले यिनीहरुको लागी भनेर विभिन्न सिपमूलक तालिम प्रदान गरेको छ र त्यो सबै समलिङ्गीसम्म पुग्न सकेको भने छैनँ र पुगेकाहरुले पनि रोजगारको अवसर नपाउँदा सिकेको कामको पनि कुनै लाभ उठाउन सकेका छैन्न् ।
संसारमा कति समलिङ्गी छन् ? यसको यक्नि तथ्यांक छैन । त्यस्तै नेपालमा यो समुदायको संख्या अत्यासलाग्दो रहेको पाइन्छ । सरकारी तथ्यांक नभए पनि समलिङ्गीको क्षेत्रमा काम गर्दै आएको संस्था निल हिरा समाजकि कार्यवाहक अध्यक्षे पिङकी गुरुङले नेपालमा लगभग ९ लाखको हाराहारीमा समलिंगी रहेको बताइन । यति ठूलो स्थान ओगटेका समलिङगीहरुलाई राज्यले सही स्थान दिन सक्यो भने पनि यिनीहरुबाट राज्यले पनि ठूलो लाभ पनि लिन सक्छ । पुरुषमा हुने बहादुरी र स्त्रीमा हुने लजालुपन दुवै भएका समलिङ्गीलाई सही बाटो देखाउनु राज्य, समाज र परिवारको प्रमुख कर्तव्य हो ।
प्रकृतिले दिएको स्वरुपलाई अपहेलाको विषय बनाउनु प्रकृतिबिरुद्ध जानु हो । र समलिङ्गीको चिनारी जन्मदात हुँदैन उनीहरु जन्मदा छोरा या छोरीर्क रुपमा जन्मिएका हुन्छन् । विस्तारै शारीरिक विकासक्रमसंगै उनीहरु आफू समलिङ्गी भएको पत्तो पाउँछन् । छोराका रुपमा जन्मेकाहरु छोरीको व्यवहार गर्ने र छोरीका रुपमा जन्मेकाहरु छोराको व्यवहार गर्ने अनि आफूलाई अरुको नजरमा आफूजस्तैसंग आकर्षित हुने गर्दछन् । खासमा समलिङ्गी भनेका यिनै हुन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.