निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

शिक्षक, विद्यार्थी देखि खेल क्षेत्र समेत तेस्रोलिंगीप्रति सकारात्मक

शिक्षक, विद्यार्थी देखि खेल क्षेत्र समेत तेस्रोलिंगीप्रति सकारात्मक

635
SHARES

काठमाडौं (पहिचान) चैत्र १२ – विज्ञान विषयका शिक्षक सन्तोष खनाल समलिंगगी तेस्रोलिंगीका विषयमा अझैपनि समाजमा नकारात्मक धारण हुनु समाज विकासको गतिमा अघि बढ्न नसकेको शंकेत मान्छन् । उनका भनाईमा अझै पनि समाजमा यौनिक अल्पसंख्यक वा समलिंगी तेस्रोलिंगिलाई अपहेलनाको दृष्टिकोण राख्नु २१ औ शताब्दीका लागि लज्जाको विषय हो ।
Santos‘मानिसको मस्तिस्कको गति प्रकाशको गति भन्दा पनि तेज हुन्छ, यो कुरा विज्ञानले प्रमाणित गरिसकेको छ’ रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै खनालले भने, ‘त्यही दिमाग भएका मानिसमा फरक स्वभाव भएकै कारण मानिसलाई नै विभेद हुनु भनेको समाजका लागि लज्जाको विषय हो ।’ उनले समाजको विकास वा सिभिलाइजेशनको चरण माथि नै प्रश्न उठाउने यस्ता विभेद हाम्रो समाजका लागि कलंक सरह भएको बताए ।
Ramesh Rautसमाजशास्त्रका विद्यार्थी रमेश राउतले समाज भनेकै विविधताले भरिएको एउटा संयन्त्र भएको भन्दै त्यहाँ भित्रका भिन्न स्वभाव र पहिचान भएका व्यक्तहरुलाई विभेदको दृष्टिकोण राख्नु नेपाली परंपरागत समाजको पहिचान मात्र भएको बताए ।
‘हिजोको पुस्तालेमात्र समलिंगगी तेस्रोलिंगी भनेर अपहेलना गथ्र्यो आजको पुस्तामा त्यो विभेदको दरमा धेरै कामी आएको छ’ राउतले भने, ‘हाम्रो पुस्तामा थोरै मात्र रहेको यो विभेदका विषयमा हाम्रा छोराछोरीको पुस्ताले थाहा समेत नपाउन सक्छन् ।’ उनले विभेद पनि धर्म संस्कृति र परंपराको प्रतिफल भएको भन्दै त्यसलाई रातारात परिवर्तन गर्ने भन्दा पनि विस्तारै परिवर्तन गर्दा त्यो स्थायी हुने बताए ।
संस्कृति र सस्कार भनेको पनि आवस्यकताबाट निर्देशित हुने भन्दै तिनै आवस्यकताका आधारमा नयाँ संस्कृति निर्माण हुने राउतले बताए । ‘आज विभेद विरुद्धको आवाज बुलन्द हुँदै गएको छ अब यसैबाट विभेद विरुद्धका कामको यात्रा थालनी हुन्छ र विभेद उन्मुलनको गति अघि बढ्छ’ उनले भने ।
Dineshनेपालमा बेस बल खेलको बिकासमा लागेका दिनेश बजगाई खेल क्षेत्रमा कुनै पनि विभेद नरहेको बताउँछन् । ‘खेल क्षेत्रमा केवल प्रतिस्पर्धा हुन्छ त्यहाँ विभेदको कुनै ठाउँ हुँदैन’ वेस बल संचालन गरिरहेको गोरखा क्र्यु क्लवका महासचिव समेत रहेका बजगाईले भने, ‘त्यसैले त्यहाँ पुरुष महिला वा समलिंगी तेस्रोलिंगी भएका आधारमा कुनै विभेद हुँदैन ।’ उनले खेल क्षेत्र राष्ट्रको समेत नाम राख्ने भएकाले विभेदको समुहबाट संलग्नता जनाएर प्रभाकारी भूमिका निर्वाह गरे त्यसले विभेद अन्त्यका लागि सहयोग पुग्ने बताए । ‘एउटा नेपाली खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिताबाट पुरस्कार ल्याएमा देश नै एक जुट भएर खुसी मनाउँछ त्यसवेला कुन लिंग वा कुन जात भनेर खोजिदैन’ उनले भने ।

समाचार शेयर गर्नुहोस्
635
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.