सुरक्षित यौन व्यवाहार गर्न सुझाव

सुरक्षित यौन व्यवाहार गर्न सुझाव

अम्बिका दाहाल/ललितपुर (पहिचान) बैशाख १९ – एचआईभी संक्रमित महिलाहरुको महासंघ नेपालकी अध्यक्ष मथुरा कुँवरले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगीलाई सुरक्षित यौन कार्यका लागि सुझाव दिएकी छन् ।
सुरक्षिनत यौन अभ्यास नगरेकै कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा एचआइभीको संक्रमण बढी देखिने गरेको उनले बताइन् । सुरक्षित यौन सम्पर्कका लागि कण्डमको सुरक्षित प्रयोग गर्नसके एचआईभीको जोखिम कम हुने उनको भनाइ छ ।
यौन रोगबारे न्यून ज्ञान र लापरवाहीका कारण एचआईभी संक्रमण महिला र पुरुषमाभन्दा समलिंगी तथा तेस्रोलिंगीमा बढी हुने गरेको अध्यक्ष कुँवरले जानकारी दिइन् । महिलाहरु पुरुषकै कारण बढी यौन रोग र एचआईभीको संक्रमणमा पर्ने गरेकाले दुबै यसमा सचेत हुनुपपर्नेमा उनको जोड छ ।
एचआईभी संक्रमित भएकाहरुलाई स्वास्थ्य उपचार गराउने र संक्रमित नभएकाहरुलाई संक्रमण हुनै नदिने उद्देश्यले स्थापना भएको एचआईभी संक्रमित महिलाहरुको महासंघ नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीहरुसँग सहकार्य गरिरहेको जनाएको छ । यो समूदायलाई फरक पहिचान भएकै कारण समाजबाट फरक व्यबहार गरिने भएकाले तेस्रोलिंगीहरुको विवाह नहुने र सेक्सका लागि मल्टि पाट्नर हुने भएकाले एचआईभीको जोखिम बढी हुने गरेको विभिन्न तथ्यकांकहरुले देखाएका छन् । केही समयअघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको एक तथ्यकांकका अनुसार विपरितलिंगी महिला पुरुषका तुलनामा यो समूदायमा १९ गुणा बढी एचआईभीको जोखिम छ ।
एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले संक्रमितहरु औषधी उपचारका लागि नआउने गरेको महासंघको भनाइ छ । सरकारले एचआईभी संक्रमितको लागि निशुल्क औषधि बितरण गरिरहे पनि यसको धेरैले प्रयोग गरेका छैनन् ।
समाजसँगै एचआईभी संक्रमितले अस्पतालबाट पनि विभेद भोगिरहनु परेको गुनासो गर्दै आएका छन् । यसका कारण पनि औषधीउपचार गराउने संक्रमितको संख्या कम भएको हो ।
यता चिकित्सकहरुले भने आफूहरुले फरक पहिचान भएकै कारण समलिंगी तेस्रोलिंगीलाई कुनै पनि उपचार सेवामा विभेद नगरेको बताउँदै आएका छन् । तर, अध्यक्ष कुँवरले केही अस्पताल र चिकित्सकमा यो समस्या रहेको बताइन् । यद्यपी एचआईभी संक्रमित भएकै आधारमा उपचारमा फरक व्यबहार गर्नु मानवअधिकार बिरोधी र मानवीय संबेदनाहिन कार्य भएको उनको भनाइ छ ।
९ वर्षदेखि एचआईभी संक्रमित महिलाहरुको महासंघमा काम गर्दै आएकी कुवँरले संस्थाको नाम संक्रमित महिलाहरु भनेर राखिए पनि सबै समूदायलाई सेमेटेर काम गरिरहेको स्पष्ट पारिन् । सुरुको अवस्थामा आफू एचआईभी संक्रमित भएको बताउन नचाहानेहरु रोएर आफनो दुःख पोख्ने गर्थे तर महासंघले गरेको कामका कारण परिवर्तन भएर अहिले अरुले भोग्दै आएको समस्या सुनाउने र लेखेर पठाउने सम्म भएका छन्, कुँवरले भनिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.