निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘अझै पनि त्यस्ता सरकारी निकायहरु छन, जहाँ लैंगिक पहिचानकै आधारमा विभेद गरिन्छ’

‘अझै पनि त्यस्ता सरकारी निकायहरु छन, जहाँ लैंगिक पहिचानकै आधारमा विभेद गरिन्छ’

750
SHARES

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) साउन ११ – वनको चरीहरु बरु खुल्ला आकाशमा स्वतन्त्रपूर्वक उड्छन्, रमाउछन् तर म मान्छे भएर पनि स्वतन्त्र रुपमा बाच्न सकिरहेकी छैन । धर्म, संस्कृति, संस्कार, परम्परा र रुढिवादको जन्जिरले बाधिएर पिजंडामा थुनेको सुँगा सरी जिन्दगी बिताउनु परेको छ ।
हेटौडामा पत्रकारहरुसँग भएको अन्तक्रियामा तेस्रोलिंगी भुनिंया मिया आफ्नो कहाली लाग्दो जिन्दगीको कहाँनी सुनाउदै थिइन् । ‘मेरो पहिचान खुलाएर आउँदा आफ्नै घर परिवार र मुश्लिम धर्म अनुसार पनि मलाई अप्ठेरो भइरहेको छ’ भुनिँयाले भनिन् ।
अझै पनि यस्ता धेरै पहिचान गुमाएका र अधिकारको खोजिमा ओझेलमा परेका धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय मानव अधिकारबाट समेत बञ्चित भइरहेका छन् । उनीसहितका तेस्रोलिंगीहरुले व्यवहारिक रुपमै यस्ता समस्यालाई समाप्त पार्दै सबैलाई मानव अधिकारको प्रत्याभूति दिनुपर्ने माग गरे ।DSC06037
उपस्थित पत्रकारहरु भूनियाको कुरा सुनेर स्तव्द भए । र आफूहरु सक्रिय भएर निरन्तर रुपमा कलम चलाईरहेको भन्दै यो मुद्धामा पनि प्राथमिकताका साथ कलम चलाउने बताए । मूद्धाहरुलाई अझ शसक्त र प्रभावकारी बनाउन सञ्चार माध्यामबाट दैनिक रुपमा कार्यक्रम प्रशारण गर्नु र राजनीतिक दलहरुलाई पनि सहभागी गराई अन्तर्कृया गर्नु उपयुक्त हुने पत्रकारहरुले सुझाए । ‘त्यसो गरे समाजका कुना काप्चामा रहेका व्यक्तिहरुले पनि यो विषयमा राम्रो संग बुझ्छन् र समाज परिवर्तनमा टेवा पुग्छ’ पत्रकारहरुले भने । कार्याक्रममा जिल्लाका विभिन्न एफएम रेडियो, पत्रपत्रिका, स्थानीय टेलिभिजनमा काम गर्ने १५ जना पत्रकारहरु उपस्थित थिए ।
नील हिरा समाज मकवानपुर शाखा कार्यालयले पत्रकारहरुसँगको अन्तर्कृया कार्यक्रममा दुबै तर्फको भावना साट्ने अवसर जुरेको थियो । कार्यक्रममा नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हालको अवस्था, उनीहरुले भोग्दै आएका समस्या लगायतको विषयमा सहजिकरण गरेका थिए ।
अधिकारकर्मी सुमित पौडेलले संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन भएको समलिंगी तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीका अधिकारका विषयमा जाकारी गराए । ‘संविधानको धारा १२ मा नागरिकताको हक, धारा १८ मा समानताको हक र धारा ४२ मा सामाजिक न्यायको हकमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकारलाई समेटिएको छ’ पौडेलले भने, ‘अब संविधान कार्यान्वयनका लागि कानुनले संबोधन गर्नुपुर्ने छ ।’
उनले ‘अझै पनि त्यस्ता सरकारी निकायहरु छन, जहाँ लैंगिक पहिचानकै आधारमा विभेद गरिन्छ’ भन्दै सरकारी निकायको समन्वयको अवस्था पनि प्रस्ट्याइन् । सम्बन्धित निकायका व्यक्तिहरुले अझैपनि यस वर्गको पहिचानलाई बुझ्न नसक्दा संविधान कार्यान्वयनको लागि स्थानीय निकायदेखि नै आवाज उठाईदिन पत्रकारलाई अपिल गरे ।

समाचार शेयर गर्नुहोस्
750
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.