निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अमेरिकामा तेस्रोलिंगीको अधिकारमा अभियान केन्द्रीत

अमेरिकामा तेस्रोलिंगीको अधिकारमा अभियान केन्द्रीत

884
SHARES

काठमाडौं (पहिचान) साउन ३० अमेरिकी मानवअधिकार अभियानका राष्ट्रिय फिल्ड निर्देशक मार्टी रोसीले समलिंगी विवाहको अधिकारसँगै अहिले तेस्रोलिंगीको अधिकारमा अभियान केन्द्रीत भएको वताएका छन् । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले अमेरिकामा तेस्रोलिंगी विवाह सम्भव छ ? भनेर गरेको प्रश्नमा रोसीले अमेरिकाको अहिलेको अभियान तेस्रोलिंगीको अधिकारमा केन्द्रीत रहेको वताएका हुन् ।

उनले अमेरिकी सेनामा, विवाहमा, सामाजिक अधिकारमा समानता पाइसकेको जानकारी गराए । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुसँगको छलफलमा मानवअधिकार क्याम्पेनका फिण्ड निर्देशक रोसीले समलिंगी, तेस्रोलिंगी, दुईलिंगी माथि केन्द्रीय, संघिय र स्थानीय राज्यमा परिवर्तन ल्याउन शिक्षा, वकालत र चुनावमा अभियान काम गरेको वताए । समलिंगी विवाहलाई अमेरिकाले मान्यता दिनु अघि विभिन्न राज्यले मान्यता दिन सुरु गरिसकेको वताउँदै म्यासाचुसेस राज्यमा आफ्नो संस्थाले अभियान सुरु गरेको जानकारी दिए ।

अमेरिकाको समलिंगी विवाहलाई मान्यता दिने फैसला संसदले चाहे परिवर्तन गर्न सक्छन्, म्यासाचुसेटमा परिवर्तन हुन सक्ने अवस्था थियो उनले भने, हामीले समलिंगी जोडी खोज्यो, हामीलाई धेरै समलिंगी जोडीको जरुरत थियो र धेरै समलिंगी जोडीको मद्धतले हाम्रो संसदलाई दवाव दिन सक्यौ । उनले यही दवावका कारण म्यासाचुसेटको संविधान समलिंगी विरोधी हुन नपाएको दावी समेत गरे । उनले धार्मिक संस्थाहरुसँग काम गरेकी कारण पनि अमेरिकामा समलिंगी विवाहलाई मान्यता दिन अझ सहज भएको वताए । Marty

अमेरिकामा पहिला यौनिक तथा लैंगिक अल्पसंख्यक एलजिविटिआईलाई सैनिक सेवा गर्ने अवसर नभएकाले सैनिकमा समेत समावेशी हुन वकालत गरेको जानकारी रोसीले दिए । अमेरिकाको नेर्वास्कामा एक जना ५० बर्षियलाई समलिंगी भएकै आधारमा सेनाबाट हटाइएको भेटेको उनले वताए । उनलाई मिडियामा लगेर बोल्न लगाइयो रोसीले भने, त्यसपछि संसदले खुलेर समर्थन गर्यो र अन्तत अमेरिकी सैनिकमा एलजिविटिआइले प्रवेश गर्यो ।

उनले सुरुमा ठूलो विरोध गरेका क्याथोकि चर्चले पछि विस्तारै समर्थन गरेको र क्याथोलिकहरुनै खुलेर आएको वताए । अमेरिकमा अहिले ठूल ठूला कम्पनीले समर्थन गर्ने गरेको रोसीले वताए । छलफलमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले नेपालमा आफहरु पनि समान अधिकारका लागि लडिरहेको वताए । उनीहरुले संविधानमा अधिकार लेखिनु महत्वपूर्ण उपलव्धी भएको वताए । तर कार्यान्वयन पक्ष भने फितलो हुँदा अझै पनि निरन्तर दवाव दिइरहेको उनीहरुको भनाई छ ।

समाचार शेयर गर्नुहोस्
884
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.