निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बीबीसी साझा सवालमा एलजीबीटीआइका साझा कुरा, प्रहरीबाट नै सबैभन्दा बढी अन्याय सहनुपरेको गुनासो

बीबीसी साझा सवालमा एलजीबीटीआइका साझा कुरा, प्रहरीबाट नै सबैभन्दा बढी अन्याय सहनुपरेको गुनासो

712
SHARES

काठमाडौं (पहिचान) भदौ ६ – हिजो आइतवार प्रसारित बीबीसी साझा सवाल तेस्रोलिंगीका विषयमा तयार पारिएको थियो । तेस्रोलिंगीका समस्या र सामाजिक अनुघुलनको अवस्थाबारेमा तयार पारिएको कार्यक्रममा केहीवेर भने प्रहरीबाटै हुनेगरेको हिंसा र दुव्र्यवहारमा केन्द्रीत भयो ।
काभ्रेकी अनुषा लामाले प्रहरीबाट नै सबैभन्दा बढी दुव्यवहार हुने गरेको बताइन् । ‘पार्कीङ देखि बाटोमा हिड्दासम्म प्रहरीले दुव्यवहार गर्ने गर्छ’ अनुषाले भनिन्, ‘सधै ट्याक्सि चढेर हिड्न पैसा हुँदैन प्रहरीले सडकमा हिडेको देख्नासाथ ‘ओइ कहाँ हिडेको तँ, गै हाल’ भनेर झपार्छ ।’ उनले काभ्रेका सिडियोले तेस्रोलिंगी भएकोले अन्य उल्लेख गरेर नागरिकता लिन जाँदा महिला भएको सर्टिफिकेट लेर आइज भनेको पनि गुनासो गरिन् । त्यही कारण नागरिकता र अन्य कुराले पनि आफ्नो परिचय सुरक्षित नगरेको उनको गुनासो थियो ।
महानगरीय प्ररही बृत्त सोरखुट्टेका प्रहरी नायव उपरीक्षक सोमेन्द्र सिंहले तेस्रोलिंगीहरुले आफू दुव्र्यवहारमा परेको भनेर उजुरी नपरेको भन्दै उनीहरु विरुद्ध बरु धेरै उजुरी आउने गरेको बताए ।
‘विगत चार महिनामा मात्र चोरी, अस्लिल हाउभाउ र दुव्र्यवहारका २६ वटा मुद्दा उहाँहरुका विरुद्धमा छन’ डिएसपी सिंहले भने, ‘उहाँहरु विरुद्धका उजुरीलाई हामीले सिधै मुद्धा नचलाएर नील हिरा समाजसँग परामर्स गरेर मात्र अघी बढाउने गरेका छौं ।’
साझा सवालमा सहभागी समलिंगी तेस्रोलिंगीले प्रहरीले चोरी वा दुव्र्यवहारको अरोप लगाउने गरे पनि सधै मुद्धा भने सार्वजनिक अपराधको लगाउने गरेको बताए । ‘उहाँहरुले चोरी दुव्र्यवहार भन्ने अरोप लगाउनुहुन्छ, तर मुद्धा चाही सार्वजनिक अपराधको लगाउनु हुन्छ’ उनीहरुले भने, ‘चोरी भयो भनेर समाउनुहुन्छ, कसको चोरी भयो देखाउनुस भन्दा उहाँहरुले देखाउनु हुन्न तर मुद्धा चाही लगाउनुहुन्छ ।’
जवाफमा डिएसपी सिंहले देशका सबै नागरिक सरह तेस्रोलिंगीले पनि कानुनको पालना गर्नुपर्ने बताए । ‘उहाँहरुले कानुन मान्नु पर्यो, उहाँहरु जमघट हुने हो भने पनि दिउँसो हुनु पर्यो’ उनले भने, ‘राती १२ बजे देखि दुई बजेसम्म उहाँहरु संचयकोष विल्डिङ अगाडी र ठमेलका अन्य गल्लिमा होहल्ला गर्नु हुन्छ, स्थानीयलाई डिस्टर्व गर्नु हुन्छ ।’ डिएसपी सिंहले ‘के उहाँहरुले कानुन मान्नु पर्दैन ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।
तेस्रोलिंगी स्वस्तिका लामाले प्रहरी निकायबाटै धेरै अपशब्द बोल्ने गरिएको गुनासो गरिन । के म बाटोमा हिड्न सक्दिन ? यो म एउटा तेस्रोलिंगी महिला भएर मात्रै होइन यौनिक तथा लैंगिक अल्पसंख्यक सबैलाई बाटोमा हिड्दा, दिनचर्या गर्दा हरेक पटक लाञ्छना तथा भेदभाव भइरहेको हुन्छ लामाले भनिन्, के हामी हरेक चोटी प्रहरीकोमा गएर मुद्धा उठाउने ? आफूहरु हरेक चोटी कोही न कोहीबाट अपहेलित हुनु परेको बताउँदै उनले भनिन्, त्यो प्रश्न सधै प्रहरीकोमा गएर उठाउने या प्रहरीले त्यो कसरी भइरहेको छ भनेर हेर्दिने हामी पनि मान्छे हौ । साझा सवाल कार्यक्रमको पुरै भाग प्रहरी र तेस्रोलिंगीको छलफलमा सकिने संकेत देखएिपछि साझा सवालकी प्रस्तोता विद्या चापागाईले कार्यक्रमको विषय मोड्दै तेस्रोलिंगीका अन्य सवालमै फर्काएकी थिइन्

साझा सवाल पुरै हेर्नका लागि यहाँ क्लिक गर्नु होला 

समाचार शेयर गर्नुहोस्
712
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.