निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

झण्डै तीन सय वटा विभेदकारी व्यवस्था संसोधन गर्न यौनिक अल्पसंख्यकको सुझाव

झण्डै तीन सय वटा विभेदकारी व्यवस्था संसोधन गर्न यौनिक अल्पसंख्यकको सुझाव

719
SHARES

काठमाडौं (पहिचान) असोज १३ – संसदको विधायन समितिले देवानी र फौजदारी संहितामा सुझाव मागेको छ । समितिले १५ दिन भित्र आ आफ्ना समूदायका हक अधिकारबारे सुझाव दिन भनेको हो । समितिकी सभापति गंगा चौधरीले १ सय ६० बर्ष पूरानो कानुनलाई परिमार्जन गर्ने तयारीमा रहेको वताउँदै सुझाव दिन सबैलाई आग्रह गरिन् । सबै बर्ग, जाति समूदायलाई हित हुने कानुन बनाउन आफूहरु क्रियाशिल रहेको चौधरीले वताइन ।

samana-lamaसमलिंगी तेस्रोलिंगी सहित सबै समूदायको अधिकार नछुटोस भनेर देवानी र फौजदारी संहितामा सुझाव मागेको चौधरीले जानकारी दिइन । यस्तै समितिका सदस्य रेवती रमण भण्डारीले देवानी र फौजदारी संहितामा तेस्रोलिंगीहरुका अधिकारबारे थप छलफल गर्ने जानकारी दिए । सुझाव मागेकै दिन यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजले देवानी र फौजदारी संहितामा रहेका ३ सय विभेदकारी प्रावधान संसोधन गर्न तीन महले बुझाएको छ ।

तेस्रोलिंगी अधिकारकर्मी सुशीला लामाले समितिकी सभापति चौधरीलाई समलिंगी तेस्रोलिंगी सम्वन्धी विभेद रहेका झण्डै तीन सय वटा प्रावधान संसोधन गर्न तीन महले बुझाएकी हुन् । संसदको विधायन समितिले देवानी तथा फौजदारी संहिता विधेयक २०७१ माथि सरोकारवालाहरुसँग राय सुझाव संकलनका लागि आयोजना गरेका छलफल कार्यक्रममा लामाले सभापति चौधरीलाई तीन महले हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा पूर्व महान्याधिबक्ता राघबलाल बैद्यले देवानी संहितामा रहेको व्यक्ति व्यक्तिबीच विवाह हुने व्यवस्था अनुसार समलिंगी विवाह हुन सक्ने वताए । देवानी संहितामा प्राकृतिक व्यक्ति व्यक्तिबीच विवाह हुन सक्ने व्यवस्था छ बैद्यले भने, छोरा छोरी पछि समलिंगी विवाह हुने मागको सम्बोधन होस । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको माग जायज रहेको वताउँदै फौजदारी संहितामा महिला र पुरुषबीच मात्रै हुने व्यवस्था संसोधन गरेर देवानी संहिता अनुसार व्यक्ति व्यक्तिबीच विवाह हुने व्यवस्था गर्नु पर्ने वताए । उनले धर्म पुत्र धर्मपुत्रीसँगै धर्म सन्तान राख्न आएको सुझाव पनि जायज भएको वताए ।

यस्तै पूर्व सचिव रामुमान सिंह मल्लले सम्मान पूर्वक बाच्न पाउने अधिकार सबैलाई हुनु पर्ने वताए । कानुन बनाउने क्रममा मानव मानवबीच हुने व्यवस्था हामी स्वीकार्दैनौ सिंहले भने, तर हामी कार्यान्वयनमा भने कतै न कतै चुक्ने गरेका छौ । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई पहिचान अनुसार नागरिकता र पासपोर्ट दिन थालिएकाले प्रस्तावित मस्यौदामा यो समूदायलाई विभेद गर्ने व्यवस्था नरहने सिंहको भनाई छ । समलिंगी विवाहबारे नेपालले कानुनको व्यवस्था गर्न सक्नु पर्ने सिंहले वताए । यस बिषयमा व्यवस्थापिका संसदमा समेत छलफल हुने सिंहले आशा व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्
719
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.