“सडक देखि संसदसम्मको आवाजले पहिचान सुनिश्चित”

“सडक देखि संसदसम्मको आवाजले पहिचान सुनिश्चित”

काठमाडौं (पहिचान) कार्तिक ५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजले अझै प्रगति पथमा जानका लागि सबैको सुझाव माग गरेको छ । सडक देखि संसदसम्म आफ्ना दविएका आवाज बुलन्द गर्न सबैको साथ सहयोगले सम्भव भएको भन्दै समाजले गहन सुझाव दिन सबैलाई आव्हान गरेको हो । समाजको १६ औ बार्षिक साधारण सभामा अध्यक्ष पिंकी गुरुङले हरेक हण्डर, ठक्कर खाएर आज यो अवस्थामा आएको बताउँदै महत्वपूर्ण सुझाव दिन आव्हान गरेकी हुन् ।

संस्थाकी कार्यकारी निर्देशक मनिषा ढकालले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले समूदायका लागि विनियोजन गरेको बजेट आय आर्जन र क्षमता अभिवृद्धिमा सदूपयोग गर्ने जानकारी दिइन । सरकारले समूदायका सदस्यको पहिचान सुनिश्चित गरेको छ ढकालले भनिन्, देवानी र फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था संसोधनको सुरुवात भएको छ यो राम्रो काम हो । उनले समलिंगी विवाहको कानुन बनाउने प्रक्रिया सुरु गरेकोमा सरकारलाई धन्यवाद समेत दिइन ।

bds-aसमाज कल्याण परिषद्का संजय कुमार मल्लिकले मानवअधिकारको वकालत गर्ने काममा नील हिरा समाज अग्रपंक्तीमै रहेको वताए । समाज कल्याणमा ४५ हजार भन्दा धेरै संस्था दर्ता भएका छन् तर धेरै निष्क्रिय छन् मल्लिकले भने, निरन्तर काम गरिरहनु होस शुभकामना छ । उनले दातृ निकायको मात्रै भर नपरी आफ्नै श्रोत साधनमा पनि कार्यक्रम संचालन गर्न सक्ने क्षमता वृद्धि गर्न समाजलाई सुझाव दिए । महिला तथा बालबालिका कार्यलयकी इन्दिरा पौडेलले नील हिरा समाज मार्फत आफूमा समलिंगी तेस्रोलिंगीबारेको बुझाईमा परिवर्तन आएको वताइन । उनले आय आर्जनका कार्यक्रम मार्फत समूदायका सदस्य आत्मनिर्भर बन्ने खालका कार्यक्रम संचालन गर्न पनि सुझाव दिइन ।

समाजका उपनिर्देशक परसुराम राईले संविधानमा लेखिएको अधिकार कार्यान्वयनमा दवाव दिइरहनु पर्ने वताए । संविधानमा त लेखिएको छ तर, कार्यान्वयन हुन्छ हुँदैन राइले भने कार्यान्वयनका लागि दवाव दिइरहनु पर्छ । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको पहिचान सुनिश्चित गरेपनि रोजगारीबाट बञ्चित हुनु परेको वताए । केयर एण्ड सपोर्टका राजेश लामाले एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीको उपचार तथा हेरचाह केन्द्रमा पहिले भन्दा अहिले खुलेर आउनेहरुको संख्या बढेको जानकारी दिए । समलिंगी तेस्रोलिंगी भएकै कारण विभेदमा पर्नु परेको छ त्यसमाथि एचआइभी संक्रमित हुँदा अर्को विभेद भोग्नु परेको छ लामाले भने, त्यस्ता समूदायका सदस्यलाई खाने बस्ने, उपचार गर्ने देखि लिएर आउने जानेसम्मको निशुल्क व्यवस्था गरेका छौ ।

bds-agmग्लोवल फण्ड सेभ द चिल्ड्रेन परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश निरौलाले समूदायका सदस्य पहिले भन्दा अहिले सक्षम हुँदै गएको वताए । उनले परियोजना मार्फत समूदायका अझ धेरै सदस्यलाई क्षमतावान बनाउने अभियान जारी रहेको वताए ।

दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले लामो समयदेखिको संघर्षका कारण केही उपलव्धी प्राप्त हुन सकेको वताए । उनले सडक देखि संसदसम्म आवाज पुर्याउन सकेकै कारण अहिले परिवारबाटै समलिंगी तेस्रोलिंगीबारे बुझ्न आउने गरेको वताए । सहारा परियोजनाकी कन्ट्री डाइरेक्टर सुशीला लामाले तेस्रोलिंगी महिला माथि प्रहरी दुरव्यवहार धेरै हुने गरेको वताईन । उनले हालसालै मात्रै १६ वटा मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेको जानकारी दिइन ।

युनेस्को परियोजना अन्तर्गत संचालित पर्पल माई स्कूल कार्यक्रमकी संयोजक भूमिका श्रेष्ठले काठमाडौं उपत्यकाका ६ वटा विद्यालयका शिक्षक बिद्यार्थीलाई समलिंगी तेस्रोलिंगीबारे चेतना जगाउने काम गरेको वताइन । बिद्यालयलाई समलिंगी तेस्रोलिंगी मैत्री बनाउने अभियान सफल भएको उनको भनाई छ । समाजकी वित्त अधिकृत रजनी बज्रचार्यले पूल फण्ड अन्तर्गत संचालित कार्यक्रम मार्फत एचआइभी संक्रमितको उपचार र परामर्स सेवा प्र्रभावकारी बनेको वताइन ।

समाजकी कोषाध्यक्ष रुविना श्रेष्ठले समाजको आय व्यय विवरण प्रस्तुत गरिन भने उपाध्यक्ष उमेश पाण्डेले साधारण सभा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । समाजको १६ औ बार्षिक साधारण सभाले पिंकी गुरुङको अध्यक्षामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन समेत गरेको छ । समाजले बार्षिक कार्य प्रगति विवरण, आय व्यय विवरण समिक्षा गरेर पारित गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.