निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी विवाहलाई मान्यता नदिइ सुखै छैन, विपक्षमा तर्क गर्नेहरु ‘होमोफोविक’ हुन्

समलिंगी विवाहलाई मान्यता नदिइ सुखै छैन, विपक्षमा तर्क गर्नेहरु ‘होमोफोविक’ हुन्

973
SHARES

काठमाडौं (पहिचान) कार्तिक ९ – अधिवक्ता सुजन पन्तले सर्बोच्चको आदेश र संविधानको प्रावधानले समलिंगी विवाहको मान्यता अनिवार्य भएको बताएका छन् । पहिचानसँगको कुराकानीमा अधिवक्ता पन्तले सर्बोच्चको फैसला अनुरुप गठित समितिले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने भन्दै प्रतिवेदन पेश गरेको तथा संविधानले नागरिकता, समानताको मौलिक हक र समाजिक न्यायको हकले यौनिक अल्पसंख्यकका अधिकार सुनिश्चित गरेको भन्दै समलिंगी विवाहलाई मान्यता प्रदान नगरे संविधानको कार्यान्वयनमै प्रश्न उठ्ने बताए ।
‘सर्बोच्चको २०६४ पुष ६ गतेको फैसलाले समलिंगी विवाहलाई मान्यता दिन सिधै नभनेर समलिंगी विवाहसम्बन्धि अध्ययनका लागि समिति गठन गरि त्यसको सुझाव कार्यन्वयन गर्न परमादेश जारी भएको थियो’ अधिवक्ता पन्तले भने, ‘त्यहि आदेश अनुसार गठन भएको विज्ञसम्मिलित सरकारी समितिले सरकारलाई बुझाएको प्रतिवेदनले समलिंगी विवाहलाइ मान्यता दिन सुझाव पेस गरेको छ ।’ उनले त्यो समिति सरकारले कुनै विषयको अध्ययनका लागि गठन गरेको जस्तो नभएको भन्दै सर्बोच्चको आदेश अनुसार गठन भएको र समितिको सुझाव मान्नु भन्ने सर्बोच्चकै फैसला भएकाले सुझाव कार्यान्वयन अनिवार्य भएका तर्क गरे । ‘सर्बोच्चले नै समलिंगी विवाहसम्बन्धि अन्तराष्ट्रिय अभ्यास र हाम्रा जटिलताको अध्ययन गरि दिने सुझाव मान्नु भनेर आदेश जारी गरेको छ, अब त्यसलाई मान्दिन भन्न कसैले पाउँदैन’ पन्तले भने ।
उनले यसबाहेक संविधानसभाबाट जारी भएको नेपालको संविधानले पनि समलिंगी तेस्रालिंगीलाई समानताको हक प्रदान गरेकाले मौलिक हकको उल्लंघन कसैले पनि गर्न नसक्ने बताए । ‘संविधानमा रहेको मौलिक हक कार्यान्वयन भएन भने जुनसुकै नागरिकलाई च्यालेन्ज गर्ने अधिकार छ’ पन्तले भने, ‘त्यो यौनिक तथा लौंगिक अल्पसंख्यकले पनि गर्न सक्छन् र स्वभाविक रुपमा पनि त्यसको कार्यान्वयन नगरी सुखै छैन ।’ उनले समानताको हकले सबै प्रकारका अधिकारमा समानता खोज्ने भन्दै विवाहमा पनि उनीहरुले समान अधिकार खोज्न सक्ने बाताए ।
संसद्मा कानुन निर्माणका क्रममा विभिन्न बहस भए पनि नबुझेर भन्दा पनि बुझ पचाएर त्यस्ता तर्क भइरहेको पन्तले बताए । ‘देशको संविधान थाहा छैन भन्ने अधिकार एउटा नागरिकलाई पनि हुँदैन भने त्यहि संविधान लेखनमा सहभागि भएका सांसद्हरुलाई हुँदै हुँदैन’ उनले भने, ‘सांसद्हरुले समलिंगी विवाहलाइ मान्यता दिन सकिदैन भन्नु संविधान नबुझेर भन्दा पनि बुझ पचाएर सत्यलाई अश्विकार गर्न खोजेको भन्ने लाग्छ ।’ उनले कति पयमा आफ्नो स्वभाव लुकाउन पनि अरुको चर्को विरोध गर्ने स्वभाव हुने पनि बताए । ‘कतिपयमा ‘होमोफोविक क्यारेक्टर’ पनि हुन्छ,, त्यसैले त्यस्ता मानिसलाई आफू भित्रको कुण्ठा सान्त पार्न पनि अरुको चर्को विरोध गर्ने बानि परेको हुन्छ’ पन्तले भने ।

समाचार शेयर गर्नुहोस्
973
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.