निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“सानै उमेरमा विवाह गरिदिदाँ यौनिक अल्पसंख्यकलाई समस्या”

“सानै उमेरमा विवाह गरिदिदाँ यौनिक अल्पसंख्यकलाई समस्या”

994
SHARES

काठमाडौं (पहिचान) पुष १९ – तराइका जिल्लामा आफ्नो पहिचान थाहा नपाएर विवाह गर्ने ठूलो समुदाय रहेको नील हिरा समाज शाखा कार्यालय रुपन्देहीकी प्रमुख मनिला न्यौपानेले बताएकी छन् । सानै उमेरमा विवाह गर्ने प्रचलन रहेका कारण तेस्रोलिंगी समलिंगीले आफ्नो पहिचान थाहा नपाउँदै विवाह हुने गर्दा त्यसको असर पछि देखिने गरेको उनको भनाइ छ ।
manila-naupane“तराइका धेरै जिल्लामा सानै उमेरमा विवाह गरिदिने चलन छ । सानै उमेरमा विवाह हुँदा कति समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान पनि थाहा पाइसकेका हुँदैनन्,” न्यौपानेले भनिन्, “विवाह भइसकेपछि आफ्नो पहिचान खुल्ने समलिंगी तेस्रोलिंगीसँगै उनीहरुले विवाह गरेको व्यक्तिको पनि जिन्दगी नै वर्वाद भइरहेको अवस्था छ ।”
यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान अनुसार उनीहरुलाई अन्य नागरिक सरह सामान्य व्यवहार गर्न सके समतामुलक समाज निर्माण हुने उनको भनाइ छ ।
“अहिले पनि समलिंगी तेस्रोलिंगी भनेको थाहा पाउने बित्तिकै काम बाट निकालीदिने गरिन्छ,” न्यौपानेले भनिन्, “संविधानले समलिंगी तेस्रोलिंगीलाई अधिकारको व्यवस्था गरेपनि कानुन नबन्दा त्यो अधिकार हामीले पाउन सकेका छैनौं । हामीले इच्छाएको व्यक्तिसँग बस्न पाउने कानुन बन्नु पर्यो ।”
समाजले विभेद गर्ने डरले परिवारले पनि आफ्नै सन्तान समलिंगी तेस्रोलिंगीलाई विभेद गर्ने गरेको भन्दै उनले समाजले सकारात्मक रुपमा लिएको खण्डमा परिवारले पनि विभेद नगर्ने उनको भनाइ छ ।
“कोही समलिंगी तेस्रोलिंगी भयो भने फलानाको छोरा अथवा छोरी त हिजडा रैछ र हाम्रो समाजको इज्जत नै फालो भनिन्छ,” न्यौपानले भनिन्, “यो अवस्थाको अन्त्य नभएसम्म समलिंगी तेस्रोलिंगी खुलेर आउने र परिवारले पनि आत्मसात गर्ने अवस्था बन्दैन ।”

समाचार शेयर गर्नुहोस्
994
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.