सुनिलबाबु पन्त/पहिचान – सफलता र असफलता जीवनसंग साथ चलिनै रहन्छ । केहि काममा हामीलाई सफलता मिल्छ त केहिमा मिल्दैन। तर यसको मतलब यो होइनकी तिमि आफ्नो असफलताहरुको दोष अरुको टाउकोमा थुपार्न थाल। हामीले हरेक क्षण नया दृष्टिकोणसंग प्रयास गरी रहनु पर्छ । आफूलाई कमजोर नठान, तर यसको मतलव अहंकारि हुनु कदापि उचित होइन, जसले जीवनको शान्ति नै भङ्ग गरोस्।यो सहि हो कि धेरै पटक अरुको साना ठूला गल्तिहरुले काम बिग्रने गर्छ, बारम्बार भन्दा पनि सुध्रिदैनन् तर पनि आफ्नो कामको जिम्मेवारी आफ्नै हुन्छ र आफैले लिनु पनि पर्छ । किनकि आफ्नो जीवनको प्राथमिकता र अपेक्षा अनुसार अरुले चल्नु पर्छ भन्ने छैन। कारण उनीहरुको जीवनको पनि आ आफ्नै प्राथमिकता र अपेक्षाहरु हुने गर्छन्। यसरी अरुले मेरै सोच अनुसार चल्नु पर्छ भन्ने जस्तो गरी आफ्नो सोच अनुसार काम नभएमा अरुलाई दोष लगाउने बानी राम्रो होइन, यसबाट वच्नु पर्छ।
जीवनमा प्रगति गर्नका लागि तिमी अरुसंग लड्नुको साटो आफ्नो काममा ध्यान देऊ। आफ्नो सपना पूरा गर्नका लागि बाटोमा आउनसक्ने अप्ठ्याराहरुलाई पहिलेनै पहिचान गर्ने प्रयास गर्नु उचित हुन्छ ता कि पछि पछुताउनु नपरोस्। तिमीले यो बुझ्नु जरुरी छ कि विग्रेको परिस्थितिसंग अरु लडाई गरिराख्नु उचित हुन्छ की आफ्नो योग्यता, स्वभाव, अनुशासनलाई परिष्कृत गर्दै आफ्नो जीवनस्तरको विकास गर्नु फाइदाजनक हुन्छ।
हरेक मानिसको जीवनमा कुनै न कुनै समस्या हमेसा आईपर्छ। यसको मतलव संसारमा आफूमात्र ठिक, वाकि सबै खराव, भनेर देख्नु उचित हुदैन। आफूलाई प्रत्यक्ष असर गर्ने हरेक राम्रा नराम्रा परिणामहरुको जिम्मेवारी आफैले लिनु पर्छ,चाहे त्यो स्वास्थ्य, पद, घर, परिवार, सम्पत्ति, प्रतिष्ठा वा आध्यात्मिक पूंजिमा नै किन नहोस्, किनकि हामी आफ्नै चाहना र निर्णय अनुसार कर्म गर्छौं, अरु त सहयोगी पात्र मात्र हुने हुन्। कहिले कांहि गल्ति नगर्दा नगर्दै पनि प्रतिकूल परिस्थिति बन्न सक्छ त्यसमा भने आफूले आफूलाई दोषी मान्नु हुदैन किनकि यसले तिम्रो खुशी र शान्ति नष्ट पारिदिन्छ । ठिक गर्दा गर्दे पनि परिस्थिति उल्टा भई राख्यो भने त्यसैमा लडिराख्नु पर्छ भन्ने छैन, जीवनमा असंख्य संभावनाहरु छन्, नया सोच र तरिकाले नयां जीवन सुरु गर्नु उचित हुन्छ । परिस्थितिलाई जितेरै छाड्छु भन्ने अहंकारले दुःख मात्र ल्याउंछ। फेरि कहिलेकांहि गलत काम गर्दा परिस्थिति ठिक जस्तो लागे पनि कालान्तरमा त्यसले दुःख नै दिन्छ। त्यसैले अरुमाथि दोषारोपणको खेल या गल्ती खोज्ने वानीले सिर्फ तिमीलाई तुच्छ बनाऊछ ।
खुशि हुने एउटा तरीका छ, कि तिमी जे काम पनि गरी रहेका छौ, त्यसमा चिंता कम गर र आरामसंग नआत्तिकन काम गर।
तिमीलाई आफ्नो खुशी र शान्तिका लागी नकारात्मक सोच (भनेको आफ्नो स्वार्थमा अरुको कुभलो समेत गर्ने सोच भनेर बुझ्नु पर्छ) वाट बच्नु पर्छ । तिमी आफ्नो आशा र प्रयास कम नगर, चाहे कालो बादलनै तिमीमाथी मंडराई रहेको किन नहोस्। सृष्टिले यदि समस्या अगाडि ल्याएको छ भने समस्यासंग लड्ने तागत पनि दिएको छ। फरक यति हो की तिमी आफूले लिएको बाटो सहि छ वा गलत छ भनेर छुट्टाउन सक्छौ कि सक्दैनौ ?
आफूलाई कसरी चिन्ने?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.