यौनिक तथा लैंगिक अल्पसंख्यक भूकम्पबाट अझै त्रसित

यौनिक तथा लैंगिक अल्पसंख्यक भूकम्पबाट अझै त्रसित

काठमाडौं (पहिचान) माघ ७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले आफूहरु भूकम्पबाट अझै त्रसित भएको बताएका छन् । उनीहरुले प्राकृतिक प्रकोपका समयमा आफ्नो फरक पहिचानकै कारण अझै बढी समस्या भोग्नु परेको वताए । नेपाल रेडक्रस सोसाइटीले गरेको अन्तरक्रियामा सहभागी समुदायका सदस्यलाई कुन कुन प्राकृतिक प्रकोपबाट त्रसित हुनु भएको छ भन्ने प्रश्नमा सहभागी समुदायका सदस्यहरूले आफू जुन सुकै प्राकृतिक प्रकोपबाट त्रसित भएको तर विगतका अनुभवबाट भूकम्पले बढी त्रसित भएको जवाफ दिए । भुकम्पसँगै आगलागी, बाढी पहिरो, हावाहुरी, चट्याङ र अन्य प्रकोपबाट पनि आफूहरु त्रसित भएको उनीहरुले बताए । कार्यक्रममा कुनै पनि प्राकृतिक प्रकोप वा विपदका बेलामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले दोहोरो पीडा, एउटा प्रकोपका कारण र अर्को समुदायमा हुने विभेदका कारण भोग्नु परिरहेको बताए । नील हिरा समाजमा कार्यरत तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले नील हिरा समाजको केन्द्रीय कार्यलय भूकम्पका कारण केही समय बन्द गर्नु परेको वताइन । श्रेष्ठले समाजको मधेशका शाखाहरूमा शित लहर, बाढी पहिरोका कारण कार्यालय भवनमा समेत प्रभाव परेको सुनाइन । अन्य प्रकोप खासै नभोगेको तर भूकम्प भने भोगेको हुनाले समलिंगी तेस्रोलिंगीले भुकम्पको जोखिमबाट बच्न जनचेतना जगाउनु पर्नेमा जोड दिए ।
भुकम्पबाट बढी त्रसित हुनुको कारण, आगलागी हुँदा दमकलले निभाउँछ, सडक दुर्घटना हुँदा अस्पताल गइन्छ, तर भूकम्प आउँदा हल्लेको जमिन कसैले रोक्न नसक्ने हुँदा बढी त्रसित हुनु परेको अधिकारकर्मी श्रेष्ठले वताइन । तेस्रोलिंगी महिला रुक्शना कपालीले विगतका अनुसन्धानद्वारा काठमाडौँ उपत्यकाको वायु प्रदुषण तिव्र रूपमा बिग्रँदै गएको कारणले निम्तिने प्रकोपको डर पनि रहेको वताइन । उनले काठमाडौँमा बढ्दो प्रदुषण र यसले आउँदो दिनमा महामारी र श्वास प्रश्वासको रोग निम्त्याउने, उर्वरा भूमिको संरक्षण नीति नहुँदा खेत बाली कंक्रिट हुँदै गएको, खाने पानी र सफा पानीको समस्या, उपत्यकाको जमिन भासिने खतरा, राज्यको सडक विस्तारमा अदूर्दर्शी नीति द्वारा निम्त्याउने असरहरूको पनि उत्तिकै त्रास रहेको वताइन ।

समलिंगी पुरुष पीटर तामाङले प्रकोपले त मर्का पर्छ नै पर्छ तर अझै आफू समलिंगी भएकै कारणले त्यो बेला अपहेलना हुँदा अझै दोहोरो मर्का परेको दुखेसो पोखे । भूमकम्प बाहेक अन्य प्रकोपहरू सुन्नमा आएको तर प्रत्यक्ष नभोगेको हुँदा त्यती अनुभव नभएको तेस्रोलिंगी अधिकारकर्मी भुमिका श्रेष्ठले वताइन । समलिंगी पुरुष तामाङले अझै प्रकोपका बेला अर्थिक समस्या समेत पर्ने र पैसाको अभाव हुने वताए । तेस्रोलिंगी पुरुष सुदिप गौतमले भूमकम्पका बेलामा सामुदायिक टेन्टमा बस्न समस्या रहेको बताए । आफू फरक भएकै कारण समुदायबाट त्यो समयमा अपहेलना हुने र शौचालय देखिको बसाइँमा समेत विभेद हुने र मानसिक तनाव भइरहेको गौतमको भनाई छ ।

सहभागीहरुले प्रकोप रोकथामका लागि सरकार र जनता दुबै पक्ष सचेत नभएको र दुबै पक्षको प्रयासबाट नै सफल हुने सुझाव दिए । अधिकारकर्मी श्रेष्ठले वन जंगल फँडानी नगर्न सुझाव दिइन भने रुक्शना कपालीले सरकारले वातवरण संरक्षण र खेतीयोग्य उर्वरा जमिन संरक्षण नीति ल्याउनु पर्नेमा जोड दिए । कपालीले पहिले काठमाडौँमा ढुङ्गे धारामा पानी आउने गरे पनि अहिले सुकेका र किनेर खान्छु भनेर पनि छिट्टै नपाउने समस्या रहेको बताए । समलिंगी पुरुष पीटर तामाङले सरकारलाई मात्र दोष नदिन र जनता आफै सचेत सजग हुनुपर्ने एवं आफ्नो तहबाट आफूले नेतृत्व पनि लिनुपर्नेमा जोड दिए ।

सहभागीहरुले काठमाडौँ केन्द्रित शासनले गर्द यहाँ अनियन्त्रित ढङ्गले जनसख्या वृद्धि भएको र अझै धेरै प्रकोपहरू निम्त्याएको वताए । सरकारको अदूर्दर्शी नीतिले निम्त्याएको गैर न्यायिक सडक विस्तारबाट चलनचल्ती भाउमा आवश्यक मुआब्जा दिन रुक्शानाले माग गरे । उनले जनतालाई उठीबास गराउने विभेदकारी नीतिले समस्या समाधान नहुने र पञ्चायत कालमा बनाएको मापदण्ड गणतान्त्रिक सांसदले पुनःविचार गर्नेपर्नेमो जोड दिए ।
अझ भकम्पका बेला राहत नपाएको पीडा पनि सहभागीहरूले पोखेका थिए । राहत पनि पहुँच भएकाहरूले मात्र पाउने र नील हिरा समाजले पनि धेर थोर राहत दिएको समुदायका सदस्यले वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.