काठमाडौं (पहिचान) माघ ११ – विगत एक दशक भन्दा बढी समय देखी नील हिरा समाजले चलाइ आएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार प्राप्तिको अभियान आज भोली सडक तथा सदन दुबै ढाक्न सफल भएको छ। यसै क्रममा विभिन्न माध्यमबाट प्रचार प्रसार हुँदै आएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बारे जनचेतनाले ग्रासरूट तह सम्म पकड जमाउन थालेको छ। नील हीरा समाजको अभियान सँगै विभिन्न माध्यम द्वारा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको कुराहरू भैरहेको छ।
यो हुँदा मूलधार मिडियाले यस विषयलाइ स्थान दिँदै आएको छ। हाम्रो देशमा मूलधार मिडियाले समाउँदै अब स्थानीय मिडिया लगायत अन्य राष्ट्रिय मिडियाहरूमा पनि प्रसारण हुँदै आएको छ। विशेष गरी देशको सम्पर्क भाषामा यस्तो कुराहरू उठ्नु सामान्य हो। तर देशका अन्य मातृभाषाहरूमा आउनु यस मुद्दा अझै समाजमा रुझ्न गएको सङ्केत हो। भनिन्छ नि समाज र भाषाको तादाम्य सम्बन्ध हुन्छ, र यसै सँग संस्कृति पनि गाँसेर आउँछ।
यसै क्रममा नेपालको राजधानी र यस वरपर थातथलो वासथान बनाएका नेवाः समुदायमा पनि यो विषय नपुगेको होइन। तर बन्द प्रकृतिको समाज रहेको हुनाले सामाजिक धरातलमा यस बारे छलफल भने न्यून नै रहेको छ। जनचेतनाको मामिलामा भने धेरै जना ज्ञात नै भएका छन। यही क्रममा अब नेपालभाषा वा नेवार भाषामा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका कुराहरू छलफल हुन थालेका छन। केही नेपालभाषाका पत्रिकामा हरूमा पनि यो मुद्दा उठन थाकेका छन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुदाहरूका साथ साथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सम्बोधन गर्ने शब्दहरू छनोट पनि एउटा मुद्दाका रूपमा उठ्न थालेको छ।
यनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकरका निम्ति अनलाइन मार्फत आवज उठाउँदै आएको, र हालै नील हिरा समाजको मिडिया क्षेत्रमा कार्यरत रुक्शना कपालीले यस समुदायलाई जनाउने शब्दहरू अफ्नो मातृभाषामा पनि हुनु पर्ने कुरा उठाउँदै आएकी छिन। उनी भन्छन,” हुन त लेख्ने बानी सानै देखि थियो। आफ्नो मातृभाषामा पनि दखल थियो नै। यसै क्रममा आफूले यौनिक यनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकरका निम्ति आवाज उठाउँदै जनचेतना बढाउँदै गरेको क्रममा यस बारे आफ्नओ मातृभाषामा लेख्ने विचार आयो। लेख्दा लेख्दै भने साँचै भन्दा अफ्नो भाषामा ती शब्दहरूको कमी महसुस गरेँ। हुन त अङ्ग्रेजी शब्द नै प्रयोग गरेर लेख्न सकिन्थ्यो, तर कुनै अरु भाषाको हुबहु शब्द अङ्गिकार गर्नु अगाडी धेरै कुरा ध्यानमा राख्नु पर्ने हुँदा, मैले भाषा ज्ञाताहरू सँग कुरा गर्ने निर्णय लिएँ। खसै भन्नु पर्दा त्यो बेला म सँग कुनै भाषा ज्ञाताको समपर्क त थिएन, तर एउटा फेसबुक समूहमा यो विषय उठाउँदा मैले विष्णु चित्रकार नाम गरेका भाषाविज्ञको सम्पर्क पाएँ।” उनी भन्छन, “कुराकानी अघि बढाउनु त्यती सजिलो भने थिएन। तर वहाँलाई बिस्तारी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे बुझाउँदै लगेँ।” उनले भाषाविद भेट्नु अगाडी १०० वटा शब्दहरूको सुचि, त्यसको अर्थ र शब्द संरचना बारे तयार भएर गएका थिए। सर्वप्रथम त वहाँले बुझ्नु हुन्न होला भन्ने डर मनमा रहेको उनी बताउँछन। तर भाषाविद बिष्णु चित्रकारले भने यी कुराहरू सजिलो सँग लिए र यस बारे सकरात्मक नै रहेका थिए। कपाली भन्छन, “हुन त शब्द निर्माण गरिरहनु झन्झटिलो नै थियो। तर मेरो मनमा के विचार आयो भने सके सम्म हामीले आफ्नो भाषामा आफ्नै मौलिक शब्दहरू प्रयोग गर्न सके राम्रो होला।” लगभग ६ महिना सम्म एक दुई साताको अन्तरालमा रुक्शना कपाली र विष्णु चित्रकार डल्लु स्थित चित्रकारकै घरमा बसेर सल्लाह गर्ने गर्थे।
नेपालभाषा ऐतिहासिक रूप देखि सुसम्पन्न भाषा थियो, तर विगतका विभिन्न शासन कालमा थिचोमिचो र भाषिक संहारको प्रयासको शिकार भएकाले आजको भाषिक अवस्था बेग्लै छ। नेपालभाषामा पहिल्यै देखि रहेका विभिन्न शब्दहरू जुन आजको समाजमा हराइसकेका थिए, ती पनि पुनरुत्थान नभएका होइनन। यसै गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषयमा पनि यस्तै प्रयास गर्न खोजेका थिए। तर पहिल्यै देखि चलन्चल्तिको शब्दमा “मैंबाबु” शब्द बाहेक अरु भेटाउन सकेका थिएनन। त्यसैले शब्द निर्माण गर्नु बाहेक विकल्प देखिएन। चित्रकार भन्छन, “शब्द बनाउने भन्दैमा जथाभावी बनाउनु पनि भएन। शब्द बनाउँदा भाषाको प्रकृति हेर्नु पर्छ र सोही अनुसार निर्माण गर्नुपर्छ। फेरी अर्को चुनौती भनेको ठेट त्यही अर्थ लगाउने शब्द निर्माण गर्नु। शब्द निर्माण त भयो तर त्यो कर्णप्रिय बन्न सकेन भने चलन्चल्तिमा आउँदैन।” करिब ६ महिना जति लागिसके पछि अनुसुचीबाट धेर थोर शब्दहरू बनिसकेका थिए। तर अङ्ग्रेजीमा जति शब्द थियो, ती शब्दैको ठेट अनुवाद भने नेपालभाषामा गर्न सकिँदैनथ्यो, किन भने दुबै भाषाको प्रकृति नै भिन्न थियो। त्यसैले उनले केही शब्दहरू सामान्यतः नचाहिने र शाब्दिक अर्थ पनि जटिल भएको हुनाले थाँती राखेर अगाडी बढेका छन। “मैंबाबु” जस्ता शब्दमा पुन:स्थापन गराउन सजिलो छ, तर अन्य शब्दहरूलाइ चलन्चल्तिमा ल्याउन गाह्रै छ।”, कपाली भन्छन। यसरी नै विष्णु चित्रकार सँगको ६ महिने भेट पश्चात फेसबुककै माध्यमबाट रुक्शनाको भेट अनिलमान फयसँग भएको थियो। उहाँ मर्फत नेपालभाषाका क्षेत्रमा लागि परेका अन्य व्यक्तिसँग आशा सफू कुथि, नेपालभाषाको पुस्तकालयमा भेत भएको थियो। नेपालभाषा पत्र-पत्रिका साहित्य र लेखन जगतमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विषयहरू त्यती नआएको हुँदा, अहिले नै ती नव निर्मित शब्दहरूलाई प्रयोग गरे, मिडिया र लेखन जगत मार्फत नै शब्दहरू चलन्चल्तिमा ल्याउन सकिने अनिलमान फय भन्छन। उनले के भने भने शब्द निर्माण गरेको सूची अन्य भाषाशास्त्रीहरूलाई पनि देखाएर सल्लाह गरे अझै प्रभावकारे हुन्छ। यसै गरी आशा सफू कुथिका शरद कसाःले विगतमा विभिन्न नव निर्मित शब्दहरूलाई मिडियाले प्रचलनमा ल्याएको कुरा बताए। तर फेरी एकदम ठेट शब्द हुँदाको चुनैती पनि रहेको बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विषयहरू यस भाषामा कुनै कुरा नलेखिएको हुँदा त्यस सल्लाहमा उपस्थित सबैले यसलाई सकरात्मक टिपाण्णी पनि दिएका छन।
रुक्शना कपाली भन्छन,” खास गरेर त म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे नेपालभाषामा पुस्तक नै लेख्नु मन छ। मैले थालेको शब्द निर्माणको प्रयासमा अझै केही अत्यावश्यक शब्दहरू निर्मित हुन बाँकी नै छ। यो प्रक्रिया सके पछि अवश्य नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे आफ्नो मातृभाषामा धेरै भन्दा धेरै लेख, रचना, साहित्य र स्रोतहरू पनि उपलब्ध गाराउनेछु।” शब्द निर्माण लगभग पूरा भए पनि अब त्यसको बारे अझै अन्य जान्ने बुझ्ने सँग सल्लह गर्नु पर्ने कुरा हाल चलिरहेको छ। यस लगतै नेपालभाषामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका बारे पुस्तक, अनलाइन लेख र अन्य रचनाहरू सृजना गन्रे रुक्शना कपाली बनाउँछन। यसका साथै आफू कार्यरत पहिचान मिडियाको अनलाइन पत्रिकाको पनि नेपालभाषा संस्करण ल्याउन तरखरमा रहेको बताउँछन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.