निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

परिवारले समान व्यबहार गरेमा यौनिक अल्पसंख्यकलाई गरीने विभेद कम हुने आशा

परिवारले समान व्यबहार गरेमा यौनिक अल्पसंख्यकलाई गरीने विभेद कम हुने आशा

582
SHARES

अम्बिका दाहाल /ललितपुर (पहिचान) चैत्र ६- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिगी समुदायप्रतिको दृष्टिकोणमा परिवर्तन आएको छ । बिगत लामो समयदेखि यो समुदायले गरेको संघर्ष मानिसमा आएको सकारात्मक परिवर्तनका कारण कारण यो समुदायलाई हेर्ने सामाजिक दृष्टिकोण फेरिएको हो । कसरी समाजका मानिसहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन गरे त :
ललितपुरको पाटनमा व्यावसाय संचालन गर्दै आएकी बिना खरेलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (समलिंगी तेस्रोलिगी)ले बिगतको लामो विभेद भोगेसँगै समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताइन् । उनले बिगतमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगी घरबाटै निस्कन नसके पनि अहिले समाजमा प्रत्यक्ष रुपमा देख्न पाएसँगै समाजको सकारात्मक व्यवहार रहेको भन्दै आफ्नो पनि समुदायप्रतिको दृष्टिकोण सकारात्मक बनेको बताइन् ।
‘पहिला बाटोमा तेस्रोलिंगी प्रकृतिको मानिस देख्नेबितिकै छक्का आयो भन्दै लखेटन दौडन्थे समाजका मानिसहरु’ उनले भनिन, ‘शिक्षितको तुलनामा विभेद अशिक्षितले नै बढी गर्ने गर्थे, तर अहिले त्यस्तो छैन पहिलाको तुलनामा समाज क्रमश शिक्षित बन्दै गएको छ र समाजले फरक पहिचान बोकेको समुदायलाई गर्ने व्यबहार पनि समान बन्दै गएको छ ।’
पहिचानसँगको कुराकानीका क्रममा उनले भनिन् ‘विभेद अन्त्यका लागि परिवार नै अगाडि बढनुपर्छ र परिवारले नै विभेदको अन्त्य गर्नुपर्छ, भनिन्छ बच्चाको लागि परिवार नै पहिलो पाठसाला हो परिवारले राम्रो शिक्षा दिएसंगै विभेदरहित व्यबहार देखाएमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगीले विभेद भोग्नु पर्दैन ।’
पाटनमै व्यावसाय संचालन गरेर बसेकी सुनिता साहि डंगोलको पनि त्यस्तै धारणा छ । ‘मलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगी समुदायको संस्था नील हिरा समाज छ भन्ने थाहा छ, अनि लाखौको संख्यामा रहेका अल्पसंख्यक समुदायको गरिखाने थलो पनि त्यहि संस्था हो,’ उनले भनिन्, ‘विभेद परिवारबाटै सुरु हुन्छ र समाज, राज्यहुँदै सबै निकायहरुबाट फरक पहिचान बोकेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगी समुदायलाई फरक व्यबहार गरिनु भएन ।’
उनले अधिकार बिहिन अल्पसंख्यक समुदाय पनि राज्यको अंग हो भन्ने धारणाको बिकास भए फरक पहिचान भएका समुदाय भनेर महसुस गर्नुपर्ने अवस्थाको सृजना नहुने उनले बताइन्।
‘जन्मदा छोरा र हुर्कदै जाने क्रममा छोरीको हाउभाउमा देखा पर्ने यो समुदायको बिषयमा सुरुमा सबैले सोच्ने धारणा फरक नै हुन्छ तर मानब भएर जन्मिसकेपछि मानवीय ब्यवहार गर्न सक्नुपर्छ’ सुनिताले भनिन् ।

समाचार शेयर गर्नुहोस्
582
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.