‘महिला शौचालय जानु मेरो लागि ठूलो कुरा’

‘महिला शौचालय जानु मेरो लागि ठूलो कुरा’

प्रगित परमेश्वरन/पहिचान जेठ २०  – पछिल्लो वर्ष अबूधाबीमा जब जारा शेखले जागिर छाडेकी थिइन् तब आफ्नो ट्रान्सजेन्डर पहिचानको विषयमा खुल्ला रुपमा सार्वजनिक भएकी थिइन् । त्यतिबेला नै उनले निर्णय लिइसकेकी थिइन् कि उनी जिन्दगीको चुनौतीसँग कहिले पनि हार मान्ने छैनन् ।

जारा शेखको जीवनमा त्यस्ता दिनहरु पनि आए जब उनी आत्महत्याबारे सोच्न थालिसकेकी थिइन्, कारण थियो – मानिसहरुको आलोचना र मानसिक तनाव ।

अब उनी एक मल्टिनेशनल आइटी कम्पनीको ठूलो ओहदामा पुग्ने केरलकी पहिलो ट्रान्सजेन्डर हुन् । अबूधाबी अब निकै पछि छुटिसकेको छ ।

अबूधाबीमा जिन्दगीः

उनी भन्छिन्, ‘अबूधाबीमा जिन्दगी नर्क जस्तै भएको थियो । कामको दबाबका साथै  त्यहाँका स्टाफले मेरो निकै खिल्ली उडाउँथे किनभने पुरुष भएपनि मेरो व्यवहार महिलाजस्तो थियो ।’

उनले भने, ‘मेरो रुची महिलाको जस्तो थियो । मलाई लिपिष्टिक र आइ लाइनरको प्रयोग गर्न निकै मनपर्दथ्यो तर त्यहाँको कम्पनीमा यी सबैको प्रयोगमा प्रतिबन्ध थियो । म आत्महत्याबारे सोच्न थालेकी थिएँ किनभने मलाई आफ्नो तरिकाले बाँच्ने अधिकार थिएन ।’

जारा शेख तिरुवनंतरपुरमकी हुन् र उनले टेक्नोपार्कमा यूएसटी ग्लोबल कम्पनीको ह्यूमन रिसोर्स डिपार्टमेन्टमा सिनियर असोसिएटको रुपमा संलग्न भएकी छिन् ।

जागिरको अन्तर्वार्ताः

जारा भन्छिन्, ‘सन् २०१६ को अगस्टमा अबूधाबीबाट फर्किएपछि मैले थुप्रै अन्तर्वार्ता लिए । यद्यपी, अन्तर्वार्तमा पास भएपछि पनि कसैले मलाई एक ट्रान्सजेन्डरको रुपमा अपनाएनन् । ’

उनले भनिन्, ‘आफूलाई एक पुरुषको रुपमा सार्वजनिक गर्दा गर्दा म भित्रैदेखि थाकिसकेकी थिएँ । म त्यस्तो कामको खोजीमा थिएँ जहाँ मेरो पहिचानलाई स्विकारियोस् भन्ने चाहन्थें ।’

आफ्नो पहिचानका साथै जागिर हाँसिल गर्नु जाराका लागि कुनै सपनालाई वास्तविकतामा परिणत गर्नुभन्दा कम थिएन ।

नयाँ जिन्दगीः

उनले भनिन्, ‘यो कम्पनी मेरो पहिचानका साथै जागिर दिनका लागि तयार थियो । त्यहाँ मेरा सहयोगीको व्यवहारले मलाई निकै अचम्ममा पारेको छ । जब म पहिलो पटक अफिस पुगें तब मलाई मानिसहरुले कसरी हेर्ने हुन् भन्ने डर थियो ।’

जाराले भनिन्, ‘मेरो पुरानो मान्यतालाई तोड्दै मानिसहरुले मलाई स्विकार गरेको देख्दा मलाई निकै खुसी लागेको छ । मेरो पहिचानको लागि उनीहरुको मनमा आदर थियो । कम्पनीले मलाई महिलाको शौचालय प्रयोग गर्न अनुमती दिएको थियो जुन मेरो लागि निकै ठूलो कुरा थियो ।’

कोच्ची मेट्रो रेलमा ट्रान्सजेन्डर समूदायका २३ जनालाई भर्ना गरेको खबर पछि यूएसटी ग्लोबल र टेक्नोपार्क तेस्रो लिङ्गीहरुलाई जागिर दिएर नयाँ उदाहरण पेश गरिरहेको छ ।

केरलमा परिवर्तनः

जारा भन्छिन्, ‘तेस्रोलिङ्गी समूदायलाई जागिर दिनमा केरल सबैभन्दा अगाडि छ भन्न त म सक्दिनँ । हामीभन्दा तमिलनाडु निकै अगाडि छ । यहाँ एक हप्ता भइसकेको छ तर मजस्ता कुनै व्यक्तिलाई बस्नका लागि घर दिन तयार छैनन् ।’

तर केरलमा आइरहेको परिवर्तनका कारण जारा खुसी छिन् । उनका अनुसार ट्रान्सजेन्डर मानिसहरुको आशामा नयाँ किरण देखिएको छ ।

जारा अबको दुई वर्षमा लिङ्ग परिवर्तन गर्ने बारे सोचिरहेकी छिन् ।

साभार: बीबीसी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.