“अवसर पाए म जुनसुकै कुरा पनि गर्न सक्छु”

“अवसर पाए म जुनसुकै कुरा पनि गर्न सक्छु”

बसन्ती कडायत/पहिचान – म एउटा अन्तरलिंगी ब्यक्ति हु । मेरो जन्म २०५५ साल बैशाख १२ गते पश्चिम नेपालको अछाम जिल्लामा भएको हो । घरकी जेठी सन्तानका रुपमा मैले जन्म लिएकी थिए । जुन दिन मैले यो संसारमा पाईला टेके हो त्यही दिन देखि मेरो फरक यौनिकता आईसकेको थिया । जति खुसि हौसला म जन्मेको दिन मेरो घरमा थियो, त्यो खुसि सबै हुर्कदै जादा हराउदै गयो ।

समाजले फरक नजरमा बुझ्न थाल्यो । साथिहरु भिन्नै बनिरहेका थिए । स्कुलमा सरहरु अनि साथिहरु बाट तिरस्कृत हुदै थिए । पढाईमा त्यतिसम्मको कमजोर पनि हैन । सानो कक्षासम्म त सेकेन्ड हुन कहिल्यै छोडिन । जब बिस्तारै बढ्दै गए, मलाई आफ्नै मानसिक तनाव हुन लाग्यो । पढाईमा तल तल हुदैगए । समाजको अपहेलना सहन नसकेर मेरो परिवार अछामबाट कैलाली प्रवेश गर्यो । म कैलाली पुग्दा समेत यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा सुनिकी पनि थिएन । नयाँ ठाउ नयाँ परिवेश यहा पनि अछाम कै कुरा दोहोरियो ।

मन खिन्न बोकेर स्कुल जान्थे । चिनेजानेका कोहि थिएनन । भएका पनि टाढा टाढा जान्थे । एक दिन रेडियो कार्यक्रम पहिचान मार्फत मेरो बारेमा आवाज उठाउने संस्था छ, र म जस्ता लाखौं मान्छे छन भन्ने कुरा थाहा पाए । आज पनि त्यो दिनको खुसि म ब्यक्त गर्न सक्दिन । त्यसपछि अफिसको सम्पर्कमा आउन खोजे तर सकिन । बल्ल एक बर्ष पछि म नील हिरा समाजको साखा कार्यालय धनगढी सम्म पुग्न सफल भए ।
इशान रेग्मी म जस्ता धेरै साथिहरुसँग भेट भयो । मनमा यति ठुलो खुसिको भारि बोकेर साझ घर पुगे । आज म यो अफिसको सम्पर्कमा आएको एक बर्ष पुरा भयो । अहिले म नील हिरा समाजकै कुनै एक साखामा सुपरभाईजरको पोष्टमा कार्यरत छु ।
सुरुमा यस नील हिरा समाजका ब्यक्तिहरु प्रति म हृदय देखि नै आभारि छु । अनि अहिलेका संस्था संचालक ब्यक्तिहरु प्रति पनि उतिकै आभारि छु । मलाई बुझेर मलाई अहिले जुन पोष्टमा म काम गरिराखेकी छु यसमा नील हिरा समाजकै देन हो । हामीले हिजो जति कुराको लागि लडिरहेका थियौ कति धेरै ठुला कुरा पाईसकेका छौ । करिब १७ बर्षको यात्रामा हामिले जेजति कुरा पाएका छौ । यसमा हामिले गर्ब गर्नु पर्छ । यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा समाजलाई बुझाउन त्यति गारो छैन ।

तर बुझेर पनि नबुझेझै गर्नेहरुलाई कहिल्यै बुझाउन सकिदैन । पछिल्लो समय कति पए राजनीतिक दलहरुले पनि हाम्रो मुद्दामा आवाज उठाईदिने आश्वासन दिएका छन । हामी आफैमा नराम्रो होइनौं तर समाजले नराम्रो बनाको हो । नराम्रोसंग बुझेको हो । नेपाल सरकारले दलित, मधेसी, अपाङ्गता, जनजाति, पिछडिएको क्षेत्र सहित महिलालाई धेरै कोटा खोल्छ तर हामीलाई अवसर नै दिदैन । अवसर पाए गर्न नसक्ने पनि हैन । म एउटा अधिकार कर्मी हु । अवसर पाए म जुनसुकै कुरा पनि गर्न सक्छु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.