पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगिता : खुलेर आउनुहोस, पीडाले सिर्जनशिल बनाउँछ

पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगिता : खुलेर आउनुहोस, पीडाले सिर्जनशिल बनाउँछ

काठमाडौं (पहिचान) असार ११ – पूर्व मन्त्री हिसिला यमीले यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान छोप्ने काम अन्त्य हुनु पर्नेमा जोड दिएकी छन् । पितृसतात्मक एवं एकात्मक समाजले पहिचान छोप्ने काम गरेको भन्दै यमीले पहिचान छोप्ने काम अन्त्य हुनु पर्नेमा जोड दिएकी हुन् ।

काठमाडौंमा भएको पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगितामा नयाँ शक्ति नेपालकी अन्तराष्ट्रिय विभाग प्रमूख समेत रहेकी यमीले सांस्कृतिक क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ठूलो देन रहेको वताइन । पीडाले सिर्जनशिल बनाइरहेको हुन्छ उनले भनिन, यो समुदायमा सिंर्जनशिलता आजको नृत्य प्रतियोगिताबाट देख्न पाउने विश्वास छ । उनले १० बर्षे सशस्त्र द्धन्द्धकै बलमा यो समुदायको अधिकार संविधानमा लेखिएको दावी समेत गरिन ।

उनले नयाँ शक्तिले संविधान भन्दा पनि माथि उठेर आफ्नो सदस्यता फर्ममा तेस्रोलिंगी उल्लेख गरेको वताइन । सदस्यता तेस्रोलिंगी उल्लेख गरेरै दिएका छौ, स्थानीय तह चुनावमा नयाँ शक्तिबाट दुई जना उम्मेदवार नै बन्नु भएको छ यमीले भनिन्, बाबु आमाले राखेको नाम परिवर्तन गर्न पाउने समुदायको लडाईमा मेरो साथ छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव रामप्रसाद साप्कोटाले आफ्ना हक अधिकार सुनिश्चित गर्न कुनै लघुताभाष राख्न नहुने सुझाव दिए । उनले अरु समुदाय भन्दा केही कम छैनौ भनेर अगाडी बढ्न यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आग्रह गरे ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरत शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई यौनिक अभिमुखिकरण हो भनेर लिनु पर्नेमा जोड दिए । उनले कानुनमा लेखेर मात्रै पर्याप्त नहुने भन्दै कार्यान्वयन गर्दै लैजानु पर्ने वताए । शर्माले समाजमा रहेको भ्रम हटाउन मन्त्रालयकै तर्फबाट अन्तरक्रिया एवं आयमुलक कार्यक्रम संचालन गरेको जानकारी दिए ।

उनले समलिंगी विवाहको प्रक्रियालाई अगाडी बढाउन समलिंगी विवाहको अवधारणा पत्र बनाउने काम भइरहेको जानकारी पनि दिए । नागरिकतामा ऐन संसोधन नभएकाले समलिंगी तेस्रोलिंगीले नाम परिवर्तन गर्न नपाएको उनको भनाई छ ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले सामाजिक सांस्कृतिक रुपमा पछाडी परेको यो समूदाय आफै अव्वल समूदाय भएको वताइन । “सदियौं देखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरिक र संग्लग्न हुँदै सांस्कृतिक रुपमा टेवा पुराउदै आएका छौ उनले भनिन नेपालको चर्चित मारुनी, सिन्गारु,रत्यौली नाच मात्र हैन, बर्दियाको हुर्दुन्वा र कपिलबस्तुको पचगुइयिया नाच किन नहोस नेपालको हरेक संस्कृतिसंग हामी समलिंगी र तेस्रोलिंगी जोडिएका छौ, नेपालको संस्कृति मात्र होइन हामि नेपालको धर्मसंग पनि जोडिएका छौ।”

विविध यौनिकता, विविध लैंगिकता संस्कृति संवद्र्धन गर्ने हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ भएको पहिलो यौनिक तथा लैंगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगितामा विभिन्न १८ जिल्लाका १ सय ५० जनाले सहभागीता जनाएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.