निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सपना देखेर के भो, विपना बन्दैन भने ? संविधानमा लेखेर मात्र के भो, पहिचानमा नै गन्दैन भने ?

सपना देखेर के भो, विपना बन्दैन भने ? संविधानमा लेखेर मात्र के भो, पहिचानमा नै गन्दैन भने ?

575
SHARES

सुरज थापा/पहिचान – बनको काडाँलाइ तिखार्नु पर्दैन भन्ने कुरा त सुनेकै हो । तर यहाँ मान्छेको बुद्दी र विवेकमा लागेको विर्काेलाइ चेतना र शिक्षाको ओपनरले जति खोले पनि भित्र गिदी नै छैन भने कस्को के लाग्दो रहेछ र । काटेको घाउलाइ मलम उपचार गर्नेलाइ सलाम । म कुरा गर्देछु यसै साता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र महिला बालबालिका समाज कल्याण मन्त्रालय काठमाडौं सिंहदरबार, मकवानपुरको विभिन्न सरोकारवाला, शिक्षक, राजनीतिक दल, समाजसेवी, जिल्ला विकास समिति, हेटौंडा उपमहानगरपालिका आदि सँगको समन्वयात्मक बैठक, कार्यक्रमको जहाँ यो समुदायलाई समलिंगी तस्रोेलिंगी भनेर चिन्ने गर्दछ । दुईचार घण्टा लामो अन्तरक्रिया भयो ।
पवित्र स्थान पशुपति मन्दिर ४ को सभाहलमा बेलुकी पखको सांस्कृतिक कार्यक्रम पनि हेर्न लायक नै रह्यो । उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहयोग थियो । गन्यमान्यदेखि सर्वसाधारणको पनि उपस्थिति थियो । धेरै समयपछि हेटौंडामा समलिंगी तेस्रोलिंगीहरुले आयोजना गरेको उक्त कार्यक्रममा ठूलठूला पदीय मर्यादाका व्यक्तिहरुको उपस्थिति थियो । जहाँ प्रमुख अतिथिको रुपमा निमन्त्रणा स्वीकार गर्दै हेटौंडा उपमहानगरपालिकाबाट उपमेयर मिना लामा थिइन् । उनको सरल स्वभाव, मन्द मुस्कान र सालिनताले कार्यक्रमको सोभा बढाएको थियो भने उता हाम्रै साथीहरु उपमेयरको स्वागतमा दंग थिए । कारण अब हाम्रो हराएको पहिचानको खोजिमा उपमेयरको साथ छ भन्दै । साथमा उनले आफ्नो मन्तव्यमा यस समुदायको पहिचान र संरक्षण अनि सहयोगका लागि हेटांैडा उपमहानगरपालिका सदैब तयार रहेको मन्तव्य सारै राम्रो लाग्यो । अरुले कति सुने थाहा भएन तर हाम्रा समलिंगी तेस्रोलिगीहरुले सुन्नुको साथै रेकडर्रमा रेकर्ड अनि क्यामरा भिडियोमा समेत कैद रह्यो राम्रा कुरा अनि हाम्रा कुरा ।
प्रस्तुति सँगै हामीले निकै नजिकबाट नियालीरहेको एक सालिनताको प्रतिमुर्ति समाजको एक उदाहरणिय व्यक्तित्व समाजसेवी र कर्मठ राजनीतिज्ञ मुनु सिग्देलको पनि उक्त कार्यक्रममा शुरुवातदेखि अन्तसम्म आफ्नो निर्धक्क उपस्थिति कायमै रह्यो । उनले पनि आफ्नो मन्तव्यमा समलिंगी तेस्रोलिंगीको सहभाागिता अहम भूमिका र कर्तव्य निष्ठताले समाजमा देशमा राजनीतिमा ठूलो योगदान दिन सक्ने र सबै क्षेत्रबाट अवसर र प्रतिनिधित्वको रुपमा उभ्याइनु पर्ने बताइन् । साथै विभिन्न राजनीतिक दल, समाजसेवी सबैले रामै कुरा गरे । सबै समलिंगी तेस्रोलिंगी मख्ख ।
तर भूकम्प आयो धेरैको घर सत्यानास भयो । ठूलो घरमा राज्यले राखिदिने आस आज भयो च्यातिएको त्रिपालमुनिको बास । यस्तो चैं नहोस् । समलिंगी तेस्रोलिंगी तिनै विपरित आमाबाबुबाट जन्मेका सन्तान हुन् । विभेदरहित कानुन र समान अधिकारको पहुँच राज्यको दायित्व हो ।
धेरै लामो समय विगत ८,९ वर्षदेखि सँगै सहकार्य गरेको जिल्ला विकास समिति मकवानपुरको सामाजिक अधिकृत रामकृष्ण थापा र हेटांडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भिमप्रसाद तिमल्सिना दुबैलाइ फ्रेण्ड्स हेटौंडा मकवानपुरले सम्मान गर्न पाउनु आफैमा गर्वको कुरा थियो । राम्रा मान्छेको ठूलो सोचलाई समलिंगी तेस्रोलिंगीलाइ कहिल्यै सोचेन बोझ । समाजका हरेक पाटालाई आफ्नो सहयात्री सम्झदै आफूमा कहिल्यै हिनताबोध हुन नदिन अनुरोध गर्दे सामाजिक विकास क्षेत्रका चम्किला ताराबाट कुलेखानीको ड्याम पर्खालले मात्र होइन साना ढुंगा र इटाले बाँकी तालको भार समालेको हुन्छ भन्ने गहकिला र तार्किक उदाहरणलाई आत्मसाथ गराउन सिकाए ।
अझै पनि हाम्रो समाजमा भन्दा परिवारमा नै समलिंगी तेस्रोलिंगी वर्ग अपहेलित हुनु परेको मेरो बुझाइ छ । जस्को कारण आफ्नो घर र परिबारबाट अलग्गिएर बस्न बाध्य छन् । यस बर्ग सडकमा शरीर बेचेर बसेको अंधेरीमा पनि सबैले देख्छन् । तर उज्यालोमै शरीर छोप्न पहिरिएको बस्त्र च्यातिएको कसैले देख्दैनन् । बनको जनावर रुखको अधिकारको कुरा आए, सडक पेटीमा हिड्ने भुस्याहा कुकुरको सुरक्षा र अधिकारका कुरा आए तर मान्छे भएर जन्म लिएको यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको फरक स्वभाव र हाउभाउ प्रस्तुतिले मान्छेको अधिकार र कर्तब्यबाट बञ्चित हुनुपर्ने यो कहाँको न्याय हो ?

समाचार शेयर गर्नुहोस्
575
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.