दक्षिण एसियामा पहिलो पटक समलिंगी विवाह दर्ता, नेपालकी स्ट्रङ लेडी तेस्रोलिंगी मोनिकाले रचिन इतिहास

दक्षिण एसियामा पहिलो पटक समलिंगी विवाह दर्ता, नेपालकी स्ट्रङ लेडी तेस्रोलिंगी मोनिकाले रचिन इतिहास

12.5k
SHARES

माधब दुलाल/काठमाडौं (पहिचान) साउन १० – नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । डडेल्धुराको परसुराम नगरपालिकामा नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको हो । समलिंगी विवाहको कानुन निर्माणको काम भइरहेका वेला समलिंगी जोडीको विवाह दर्ता हुनुलाई महत्वका साथ हेरिएको छ । सम्भवत समलिंगी विवाह दर्ता हुने नेपाल दक्षिण एसियामै पहिलो देश हो ।

कैलालीकी मोनिका शाहीले डडेल्धुराका केटासंग विवाह गरेकी हुन् । उनले डडेल्धुराको परशुराम नगरपालिका १२ का रमेश नाथ संग बिवाह गरेकी छन । कैलालीको लम्किीचुहा नगरपालिका–१ की मोनिका शाहिले यस अघि नेपालमै पहिलो, अन्यबाट राहदानी बनाएकी थिईन । मोनिका र रमेशले गत बैशाख २४ गते सामाजिक परम्परा एवं विवाह दर्ता ऐन २०२८ अनुसार विवाह गरेका थिए ।

छ महिना अघि प्रेममा परेका उनीहरुले गत बैशाखमा विवाह गरी श्रीमान÷श्रीमतीको साईनोलाई पुर्णता दिएका हुन । हाल मोनिका आफुले विवाह गरेका कारण विवाह पुर्व बनाएको नागरिकतामा भएको नाम सञ्चयाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी छन । नागरिकतामा उनको नाम मनोज शाही छ ।

मोनिकाले तेस्रोलिंगी भएको थाहा भए संगै गरेको लामो संघर्ष पछि मात्रै नेपालमा पहिलो पटक जारी गरिएको अन्य बाट मनोज शाहीको नामबाट राहदानी पाएकी थिईन । उनले राहदानी प्राप्त गर्नु भन्दा पहिले नागरिकता÷राहादानी तथा अन्य फर्ममा महिला÷पुरुष भनेर मात्र छुट्याईन्थ्यो । अहिले अन्य भनेर राखिने गरेको छ । परशुराम नगरपालिकामा साउन ६ गते विवाह दर्ता गरेका मोनिका र रमेश नाथ दम्पत्ती नागरिकतामा भएको मनोज नाम सच्याई मोनिका बनाउन प्रशासन कार्यालय डडेल्धुरा पुगेको बताउँछन ।

राहदानी, नागरिकता र विवाह दर्तामा मनोज शाही नाम भए पनि आफुले विवाह गरि सकेकाले नाम सच्याईनु पर्ने उनको माग छ । तर उनको पहिलो नाम नै सच्याईनु पर्ने माग भएका कारण सहजै नाम परिवर्तन गर्न भने प्रशासनले मानेको छैन ।

प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट कार्यालय बाहिर रहेका कारण पनि उनको नाम सच्याउन नसकिने निमित्त एवं सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थी बताउँछन । ‘मलाई त्यती अधिकार छैन, यस बारे मैले पनि आवश्यक जानकारी लिनु पर्छ, प्रमुख जिल्ला अधिकारीले पनि कानुनी प्रक्रिया बुझेरै नाम परिवर्तनका लागी पहल थाल्नु पर्ने देखिन्छ ।’–उनी भन्छन् ।

शाहीले पहिले कैलालीबाट पुरुषको नाम मनोज शाहीबाट नागरिकता प्राप्त गरेकाले पहिलो नाम नै परिवर्तन गर्नु पर्ने भनिएको छ, हामी यस सम्बन्धमा कानुन बाहिर रहेर काम गर्न सक्दैनौ । तर उनको अधिकार प्राप्तीका लागी बाधक बन्दैनौ । चार÷पाँच दिन भित्र प्रमुख जिल्ला अधिकारी कार्यालयमा उपस्थित भए सगै उनको काम अघि बढ्ने निमित्त प्रमुख जिल्ला अधिकारी अवस्थीले बताएका छन् ।
२०६४ साल पुष ६ गते सर्वोच्च अदालतले समलिंगी विवाहबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो । सर्वोच्चको आदेश पछि गठन भएको समितिले दुई बर्षअघि समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाएको थियो । मन्त्रीपरिषद्को कार्यालयले प्रतिवेदन अनुसार कानुन निर्माणको तयारी गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले अहिले प्रतिवेदन अनुसार कानुनको मस्यौदा निर्माण गरिरहेको छ ।
कर्णबहादुर शाही र मनसरा शाहीको कोखबाट कान्छि सन्तानको रुपमा जन्मिएकी शाहीले तीन महिना पहिले रमेश नाथ योगीसँग विहे गरेको सार्वजनिक गरेकी थिइन । शाहीले पहिचान अनलाइनसँग भनिन ‘ हामी खुसि छौँ, तर हामी मात्रै खुसि भएर हुँदैन, म जस्ता लाखौ समलिंगी तेस्रोलिंगी दिदी बहिनीहरू खुशी हुनुपर्छ । मोनिकाले आफूलाई स्ट्रङ लेडीको रुपमा चिनाउँदै आएकी छन् ।
उनले रमेशको जन्मदिने आमाबाबुको समर्थनमा आफूले तेस्रोलिंगी महिला भएरै समलिंगी विवाह दर्ता गरेको वताइन । उनले नाम परिवर्तनका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई आग्रह गरेको सुनाइन । समलिंगी विवाह दर्ता गरेकोमा मोनिकालाई यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले बधाइ दिएका छन् ।
नील हिरा समाजको नर्वेजियन परियोजनामा मानवअधिकारकर्मीको रुपमा कार्यरत मोनिका लिंगको महलमा ‘अन्य’ उल्लेख गरेको पासपोर्ट लिने नेपालमा पहिलो तेस्रोलिंगी महिला हुन् ।
डडेल्धुराबाट पत्रकार प्रकाश पार्कीको सहयोगमा

यो पनि पढ्नुहोस

पत्नीकै सहयोगमा पतिको समलिङ्गी बिहे!

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ताः मोनिका र रमेशले रचे इतिहास

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.