निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नै तेस्रोलिंगीलाई कोठा भाडामा नदिन घरधनीलाई दवाव दिएको खुलासा

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नै तेस्रोलिंगीलाई कोठा भाडामा नदिन घरधनीलाई दवाव दिएको खुलासा

951
SHARES

काठमाडौं (पहिचान) साउन २१ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले काठमाडौं वडा नम्वर २ बाट निर्वाचित जनप्रतिनिधिले तेस्रोलिंगीलाई कोठाबाट निकाल्न घरधनीलाई दवाव दिएको वताएका छन् । समलिंगी तेस्रोलिंगी बस्दै आएको लजिम्पाट क्षेत्रका घरधनीलाई जनप्रतिनिधिले समुदायका सदस्यलाई कोठाबाट निकाल्न दवाव दिएको यौनिक अल्पसंख्यकले वताएका छन् ।

एभिन्यूज टेलिभिजनको हामी जनता कार्यक्रममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले वडा नम्वर २ बाट निर्वाचित एमाले जनप्रतिनि समलिंगी तेस्रोलिंगीलाई कोठा भाडामा नदिन घरधनीलाई दवाव दिदै हिडेको वताइन । “जनप्रतिनिधिनै समुदायलाई लाजिम्पाट क्षेत्रबाट निकाल्न लागेका छन् अध्यक्ष गुरुङले भनिन, हामीले कहा गएर न्याय माग्ने ?”

कार्यक्रममा अधिवक्ता सुनिलरञ्जन सिंहले यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण घर, परिवार र समाजबाट बहिष्कार गर्नेलाई जेल हाल्ने कानु बनाउनु पर्ने वताए । सरकारले जेल हाल्ने कानुन बनाउन सक्ने सिंहको भनाई छ । सिंहले जनप्रतिनिधिलाई सबै अधिकार भएकाले स्थानीय तहमा गएर आफ्नो कुरा राख्न आग्रह गरिरहँदा समाजकी अध्यक्ष गुरुङले जनप्रतिनिधिको लिजिम्पाट क्षेत्रबाट निकाल्न घरधनीलाई दवाव दिएको खुलासा गरेकी हुन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरत शर्माले सरकारको तर्फबाट घर परिवार र समाजमा रहेको भ्रम हटाउन जनचेतना मुलक कार्यक्रम संचालन गरिएपनि पर्याप्त नभएको स्विार गरे । उनले समलिंगी विवाहलाई मान्यता दिने कानुन वनाउने काम भइरहेको जानकारी दिए ।

कार्यक्रममा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकारात्मक विभेद गर्ने भनेपनि अल्पसंख्यकको परिभाषामा आफ्नो समुदायलाई नराखिएको वताइन । “संविधानले उल्लेख गरेको छ, तर अल्पसंख्यकको परिभाषामा नपर्दा स्थानीय निकायमा प्रतिनिधित्व गर्न बाट छुटेका छौ” ढकालले भनिन ।

नील हिरा समाजको दिवा परियोजनाका उपनिर्देशक संजय शर्माले संविधान अनुसार बन्ने समावेशी आयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने वताए । उनले छुट्टै कानुन निर्माण गर्ने भन्दा पनि भइरहेको कानुन कार्यान्वयनमा जोड दिए ।

तेस्रोलंगी अधिकारकर्मी भूमिका श्रेष्ठले संविधानको धारा १२ ले लैंगिक पहिचान अनुसार नागरिकता लिन पाउने व्यवस्था गरेपनि आफू पुरुषकै नाममा अन्य उल्लेख गरेर नागरिकता लिन बाध्य भएको वताइन । समुदायका सदस्य पिटर तामाङले समलिंगी पुरुष र महिलालाई पनि चिन्ने कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।

नील हिरा समाजका उपाध्यक्ष निरुता पाण्डेले समलिंगी विवाहको कानुन छिटो निर्माण गर्न आग्रह गरे भने अन्तरलिंगी बसन्ती कडायतले आफूलाई अन्तरलिंगी भएकै कारण घरबाट निकालिएको दुखेसो राखिन । तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाहले युवा परिषद्मा आफ्नो समुदायलाई सहभागी नगराएर विभेद गरेको वताए । उनले पहिले विनियोजन भएको बजेट अहिले कटौती हुनुको कारण के भनेर प्रश्न पनि गरे ।

अन्तरलिंगी अधिकारकर्मी इशान रेग्मीले अन्तरलिंगी बच्चालाई पूर्व जन्मको पाप हो भन्दै यौनाङ बन्ध्याकारण हुनु मानवअधिकार विपरित भएको वताए । उनले महिला मन्त्रालयले अन्तरलिंगीलाई राहत दिन नसक्ने जवाफ दिने गरेको पनि सुनाए । तेस्रोलिंगी अधिकारकर्मी ज्योती थापाले लोकसेवा आयोगमा आवेदन दिदाँ झ्याल बाहिरबाटै अस्वीकृत भएको वताइन । उनले योग्यता क्षमता अनुसारको काम नपाउने अवस्था कहिले अन्त्य हुन्छ भनेर प्रश्न पनि गरिन ।

तेस्रोलिंगी अधिकारकर्मी माया लामाले अहिले पनि सडकमा हिड्दा छिछि र धुरधुर भोग्नु पर्ने अबस्था रहेको वताइन । यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा एभिन्यूज टेलिभिजनले संचालन गरेको हामी जनता कार्यक्रम आज शनिवार बेलुकी ८ बजे र भोली आइतवार विहान ८ बजे प्रसारण हुनेछ ।

 

समाचार शेयर गर्नुहोस्
951
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.