“समलिङ्गी तथा तेस्रोलिङ्गी किन हुन्छन् तिरस्कृत”

“समलिङ्गी तथा तेस्रोलिङ्गी किन हुन्छन् तिरस्कृत”

बिपना पनेरु/पहिचान – कास्कीको अन्नपूर्ण गाउँपालिका ८ दाङ्गसिङ्गका राजु गुरुङ्ग ( रिया गुरुङ्ग—परिवर्तित नाम ) गत महिना गाउँपालिकामा काम परेर जादा उनी महिलाको भेषमा थिईन् । त्यहाँ केहि स्थानियले यस्ता हिचडा जस्तो मान्छे गाउँमा बस्न मिल्दैन, यस्तालाई तेस्रोलिङ्गी भनिन्छ यस्ताले अरुलाई विगार्छन् भन्ने जस्ता लाञ्छना लगाई लगाएको कपडा समेत जर्वरजस्ती फुकाल्न भनेपछि गाउँका केही भलाद्मीहरुले रिया गुरुङ्गलाई भगाउन सफल भए ।

गाउँमा तिरस्कृत हुन पुगेकी महिला रिया गुरुङ्ग एक प्रतिनिधि पात्र मात्र हुन् । रिया मात्र होईनन् अझै पनि गाउँमा होस् या शहरमा समलिङ्गी तेस्रोलिङ्गी समुदायका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइसकेको छैन । उनीहरुलाई छक्का, हिजडा जस्ता नामले विभिन्न लाञ्छाना लगाईन्छ । समलिंगी तेस्रोलिंगी हुनु जन्मजात नभएर जन्मपश्चात आउने भावनात्मक परिवर्तन हो ।

नेपालमा अहिले समलिंगी तेस्रोलिंगीहरु खुल्ने क्रम बढ्दो छ । सरकारले पहिचान सहितको नागरिकता दिने भनेर परिपत्र जारी गरे पछि खुल्ने क्रम बढेको हो । तर समलिंगी तेस्रोलिंगीहरुले भने नागरिकता नपाईरहेको गुनासो गर्छन् । यदा कदा नागरिकता प्राप्त गरेपनि आफुलाई राज्यले दिईने अधिकारबाट बञ्चित हुनु परेको दुखेसो पोख्छन समूदायका व्यक्तिहरु । केटी जस्तो देखिने केटा र केटा जस्तो देखिने केटीहरू माथि घरपरिवार र विद्यालयदेखि नै असमान व्यवहार हुने गरेको पाउन सकिन्छ ।

यसो त १९९० मा विश्व स्वास्थ्य संगठनले यो कुनै रोग हैन भन्ने प्रमाणित गरिसकेको छ । नेपालमा मात्रै लैंगिक तथा यौनिक अल्पसंख्यकको संख्या करिव ५ लाखको हाराहारीमा रहेको छ भने विश्वको कुल जनसंख्याको ८ देखि १० प्रतिशत व्यक्ति यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पर्ने उल्लेख छ ।

समलिंगी तेस्रोलिंगी व्यक्ति हुनु कुनै रोग होईन र पूर्व जन्मको पाप पनि होईन् । जस्तो लैंगिकतामा महिला र पुरुष हन्छन, उनीहरु पनि त्यस्तै हुन तर भावना मात्र फरक छ तसर्थ उनीहरुको भावनाको कदर गरौं र समान अवसर र अधिकारका लागि सबैले हातेमालो गरौं ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.