निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

फेसन डिजाइनमा तेस्रोलिंगी एनी

फेसन डिजाइनमा तेस्रोलिंगी एनी

733
SHARES

काठमाडौं (पहिचान) असोज २१ – प्रतिभावान् हुँदाहँदै पनि समाजले हेयको दृष्टिले हेरिदिँदा लाखौं तेस्रोलिंगी गुमनाम भए वर्षौंसम्म । तर हिजोआज व्यापार, फेसन, मोडलिङ तथा विभिन्न क्षेत्रमा चुनौतीको सामना गर्दै प्रतिस्पर्धामा उत्रिन थालेका छन् । जसको ज्वलन्त उदाहरण बनेकी छन्, मिस पिंक एनी लामा ।

‘नेपाल इन्स्टिच्युट अफ फेसन’ मा डिप्लोमा इन् फेसनको अन्तिम सेमेस्टरमा अध्ययनरत एनीले होटेल अन्नपूर्णमा हालै आयोजित फेसन सोमा आफ्नो सिर्जना प्रस्तुत गरिन् । पहिलो तेस्रोलिंगी डिजाइनरको रूपमा प्रस्तुत हुन पाउँदा विशेष महसुस भएको उनको अनुभव छ । ‘पहिलो पटक फेसन सोमा आफ्नो सिर्जना प्रस्तुत गर्दा म एकदमै नर्भस थिएँ, किनकि पहिलो पटक यस्ता खालका कार्यक्रममा सहभागी बन्दै थिएँ’, एनीले भनिन् ।

कार्यक्रममा सहभागी हुँदा जति नर्भस भए पनि यसबाट आफूले धेरै ज्ञान हासिल गरेको र अर्को पटक अवार्ड जित्ने आत्मविश्वास बढेको उनले बताइन् । फेसन सोमा एनीले सातजना मोडलका लागि गाउन तयार गरेकी थिइन् । आफू तेस्रोलिंगी भएकाले मोडलको रूपमा उनले तेस्रोलिंगी मोडल मेघना लामालाई पनि र्यागम्पमा उतारेकी थिइन् । मेघनालगायत विभिन्न व्यावसायिक मोडेल उनको सिर्जनामा र्या म्पमा उत्रेका थिए ।

पहिलो पटक फेसन सोमा भाग लिँदा उनले धेरै कुरा जानेको, बुझेको र अनुसरण गरेको बताइन् । भनिन्, ‘कार्यक्रममा रमाइलो भयो, कस्ता खालका सिर्जनात्मक कामलाई सबैले रुचाएको पाएँ । आफूले मात्रै होइन सहभागी अन्य डिजाइनरले समेत जति सक्दो सिर्जनात्मक र फरक खाले सिर्जनालाई प्राथमिकता दिएको उनको अनुभव छ ।

खर्चको हिसाबमा सस्तो भएकाले ‘टेक इन् सिल्क’ थिममा स्याटनका कपडाबाट उनले गाउन बनाएकी थिइन् । तर अरूले महँगा र फरक खालका फ्याब्रिक प्रयोग गरेका थिए ।

यस्ता सोमा साथीहरूले कस्तो सिर्जना गर्छन् भनेर जान्न उत्सुक भएको तर प्रत्यक्ष सहभागी बन्दा झनै रमाइलो भएको उनको अनुभव छ । ‘मैले निकै उपयोगी र करियरका लागि काम लाग्ने कुरा यस सोमार्फत सिक्न पाएँ’, उनले भनिन् । तेस्रोलिंगी समुदायबाट फेसन डिजाइन गर्ने कोही नभएकाले कतिले ‘तिमी यस क्षेत्रमा रोड मोडल बन्नुपर्छ’ भन्ने सुझाव पाएको एनीले बताइन् ।

भविष्यमा बुटिकमात्रै खोल्नुभन्दा अनलाइन व्यापार गर्ने, आफंल ब्रान्ड स्थापना गर्ने एनीको लक्ष्य छ । नेपालका जो कोही मान्छेले किन्न सक्ने खालका पहिरन बनाउने उनको चाहना हो । भनिन्, ‘जतिसक्दो सस्तोमा बन्ने कपडामा नयाँ शैलीको डिजाइन दिने मेरो लक्ष्य हो ।’, उनले भनिन् । यसका लागि उनले सफ्ट फ्याब्रिक तथा कटनको प्रयोग गर्ने योजनामा सुनाइन् । बुटिक र फेसन डिजाइनरले बनाएका पहिरन महँगो हुन्छ भन्ने मान्यतालाई चिर्न चाहेको र सबैले किन्न सक्ने मूल्यका पहिरन बनाउन चाहेको एनीको भनाइ छ । ‘मसँग डिजाइनसम्बन्धी थुप्रै आइडिया छ । अरूभन्दा कसरी फरक काम गर्न सक्छु भन्ने उपायको खोजी गर्दैछु’, उनले भनिन्, ‘मलाई युट्युबमा हेरेर विदेशीको नक्कल गर्न मन लाग्दैन ।’

भविष्यमा बुटिकमात्रै खोल्नुभन्दा अनलाइन व्यापार गर्ने, आफंन ब्रान्ड स्थापना गर्ने एनी लामाको लक्ष्य छ । नेपालका नयाँ शैलीको डिजाइन तर जो कोही मान्छेले किन्न सक्ने खालका पहिरन बनाउने उनको चाहना हो ।

साभार : अन्नपूर्ण पोष्ट

समाचार शेयर गर्नुहोस्
733
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.