समलिंगी तेस्रोलिंगीले पहिचान उल्लेख गरेर डिभी भर्न नपाउने

समलिंगी तेस्रोलिंगीले पहिचान उल्लेख गरेर डिभी भर्न नपाउने

काठमाडौं (पहिचान) असोज २७ – यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी तेस्रोलिंगी) समुदायका सदस्यले पहिचान अनुसार अन्य उल्लेख गरेर अमेरिकी डिभी चिठ्ठा भर्न नपाउने भएका छन् । अन्य उल्लेख गरेर नागरिकता लिएका समुदायका सदस्यले महिला या पुरुष भनेर मात्रै डिभी भर्न पाउने व्यवस्था अमेरिकाले गरेको हो ।

समावेशी राज्य सत्ता र समाजका लागि विश्वभरका देशलाई सहयोग गर्दै आएको अमेरिकाले आफ्नो देशमा लैजाने नेपाली नागरिकका लागि खोलेको डिभी चिठ्ठामा अन्य उल्लेख नगरेको हो ।

महिला र पुरुषको मात्रै कोलम राखेको फर्ममा यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान अन्य लेखिएको छैन । नेपाल सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यलाई पहिचान अनुसार नागरिकता र पासपोर्ट दिइरहेको छ । तर, नेपालमा रहेको अमेरिकी दूतावासले पहिचान अनुसारको नागरिकता र पासपोर्ट लिएका समुदायका सदस्यलाई आफ्नो डिभी चिठ्ठामा नसमेटेर विभेद गरेको अन्तरलिंगी अधिकारकर्मी कुसुम बिष्टले गुनासो गरिन् । “मैले डिभी फर्म भर्न खोजेको छु । तर त्यो फर्ममा महिला र पुरुष मात्रै उल्लेख गरिएको रहेछ । अन्य उल्लेख भएको नागरिकता र पासपोर्ट लिएको मैले कुन पहिचानमा फर्म भर्ने ?” उनले प्रश्न गरिन् ।

सन् २०१९ का लागि अमेरिकाले खोलेको डिभी चिठ्ठामा अन्य उल्लेख गरेको पहिचान पाएका समुदायका सदस्यलाई नसमेटेर अमेरिकाले विभेद गरेको समुदायका सदस्यको गुनासो छ ।

नेपालमा नागरिकता र पासपोर्टका साथै सरकारका विभिन्न निकाय, बैंक तथा वित्तिय संस्था, पत्रकार महासंघ लगायतले महिला र पुरुषसँगै अन्य उल्लेख गरेको फर्म विकसित गरिसकेका छन् ।

नेपालमा भएको उपलव्धीलाई अमेरिका जस्तो उदारबादी देशले स्वीकार्न नखाजेको हो भन्ने शंका यौनिक तथा लैंगिक अल्पसंख्यकले व्यक्त गरेका छन् ।

नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तीको अभियानमा स्वयम् अमेरिकाले नै सहयोग गर्दै आएको छ । तर, डिभी चिठ्ठामा भने उनीहरुलाई समावेश नगर्नुले उसको द्दैद चरित्र छर्ललङ भएको तेस्रोलिंगी अधिकारकर्मीहरुले जनाएका छन् ।

अमेरिकी दूतावासले महिला र पुरुष मध्ये एक लिंग मात्रै उल्लेख गरेर डिभी चिठ्ठा भर्न पाउने स्पष्ट पारेको छ । पहिचान अनलाईनले राखेको जिज्ञासामा दूतावासले इमले गरेर भनेको छ, अमेरिकी कानुन अनुसार भिषामा उल्लेख भएको लैंगिक पहिचान र कुनै सरकारी निकायले जारी गरेको पासपोर्टको लैंगिक पहिचानसँग मेल खानु पर्छ । पासपोर्टमा महिला र पुरुष दुवै उल्लेख नभएको अबस्थामा निवेदन कर्ताले उपयुक्त भिषा आवेदन फारममा महिला अथवा पुरुष यि मध्ये एक छनौट गर्न सक्ने नेपालमा रहेको अमेरिकी दूतावासले स्पष्ट पारेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.