यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी सुरक्षा र संरक्षण कार्यक्रम प्रभावकारी बन्ने विश्वास

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी सुरक्षा र संरक्षण कार्यक्रम प्रभावकारी बन्ने विश्वास

काठमाडौं (पहिचान) कार्तिक २४ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको अधिकारबारे सरकारी निकायका प्रतिनिधिलाई एक दिने अभिमुखिकरण तालिम दिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सरकारी निकायका प्रतिनिधिलाई समाजले एकदिने अभिमुखिकरण तालिम दिएको हो ।

काठमाडौं र बाँकेका १० वटा विद्यालयमा समलिंगी तेस्रोलिंगी बालबालिका पहिचान गर्नका लागि सुरु भएको कार्यक्रम सन् २०२० सम्म संचालन हुनेछ । समलिंगी तेस्रोलिंगी बालबालिका माथि हुने विभेद दुरव्यवहार अन्त्यका लागि यो कार्यक्रम प्रभावकारी हुने यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको सुरक्षा र संरक्षण कार्यक्रमकी संयोजक भूमिका श्रेष्ठले जानकारी दिइन ।

सेभ द चिल्ड्रेनको बालअधिकार सुशासन र संरक्षणका निर्देशक डिल्ली गुरागाईले बालबालिकालाई कुनै पनि कारणले विभेद गर्न नपाइने वताए । बालबालिका विना भेदभाव बाच्न पाउनुपर्छ उनले भने, बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखेर काम गर्छौ । नेपाल अन्तराष्ट्रिय बालअधिकार महासन्धीको पक्ष राष्ट्र बनेपनि त्यो अनुसारका नीति नियम कानुन अझै बन्ने क्रममा रहेको गुरागाईले वताए । उनले देश विकसित हुनका लागि बालबालिकामा लगानी गर्नुपर्नेमा जोड दिए । सेभ द चिल्ड्रेनले यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको पहिचान गरेर संरक्षण गर्न नील हिरा समाजसँग मिलेर काम सुरु गरेको गुरागाईले जानकारी दिए ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले सरकारी निकायका प्रतिनिधिलाई बोलाएर यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री वातावरण बनाउन एक दिने अभिमुखिकरण तालिम संचालन गरेको जानकारी दिइन । उनले बिद्यालयमा एलजिविटिआई मौत्री वातावरण बनाएर परिवारमा स्वीकार्यता गराउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन । जनचेतना जगाएर यो समुदायका बिद्यार्थी बाहिर आएमा विभेद नहुने वातावरण सृजना हुनुपर्नेमा ढकालले जोड दिइन ।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश साप्पकोटाले यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीलाई विभेद हुने वातावरण नबनाउन पहल गर्ने प्रतिवद्धता जनाए । शिक्षा मन्त्रालयकी शाखा अधिकृत प्रेमकुमारी शर्माले शिक्षक शिक्षिकामा एलजिविटिआई बिद्यार्थीबारे जनचेतना हुनुपर्ने वताइन । उनले आफू शिक्षिका हुदा एक जना समुदायको बिद्यार्थीलाई अध्यापन गराएको उदाहरण सुनाइन ।

“उ सधै केटीको बेञ्चमा मात्रै बस्थ्यो, चार कक्षामा पुगेपछि उ केटीको बेञ्चमा बस्न छोड्ना एक जना शिक्षकले नराम्रो शब्द प्रयोग गरेर गाली गर्दिनु भएछ उनले भनिन, त्यसपछि उ बिद्यालयमा मसँग मात्रै बोल्थ्यो ।”  उनले कक्षा ८ सम्म मैले पढाउँदा उ कक्षामा तेस्रो भएको वताइन ।

“तर आफूले अध्यापन गराउन छोडेपछि उसले पनि पढाई छोडेछ शर्माले भनिन, बिद्यालयमा शिक्षक शिक्षिकाले बिद्यार्थीको भावना बुझेर अध्यापन नगराउँदा उसले बीचमै पढाइ छोड्नु पर्यो ।” नील हिरा समाजले यस्ता बिद्यार्थीको संरक्षण र सुरक्षाका लागि सुरु गरेको कार्यक्रम प्रभावकारी बन्नेमा आफू आशावादी रहेको उनले वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.