विभेदमा पर्नु समाजको कारण हो, उनीहरुको दोष छैन : मंजरी, तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्न अध्यक्ष गुरुङको आग्रह

विभेदमा पर्नु समाजको कारण हो, उनीहरुको दोष छैन : मंजरी, तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्न अध्यक्ष गुरुङको आग्रह

काठमाडौं (पहिचान) कार्तिक २४ – मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत राजी मंजरी पोखरेलले समलिंगी तेस्रोलिंगी माथि विभेद हुनुमा समाज दोषी रहेको वताएकी छन् । ग्लोवल फण्डको सहयोगमा नील हिरा समाजले आयोजना गरेको मानसिक स्वास्थ्य सम्वन्धी तीन दिने तालिममा उनले संकोच नराखी बोल्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट आफू प्रभावित भएको वताइन

उनले यो समुदायका व्यक्तिलाई महिला पुरुष भन्दा मानसिक अस्वस्थता धेरै हुने गरेको वताइन । “मलाई विश्वास गरेर तीन दिनसम्म तालिममा खुलेर आफ्ना समस्या राखिदिनुभयो उनले भनिन, म उहाँहरुबाट प्रभावित भएको छु ।”

तालिमको समापन गर्दै नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले मानसिक स्वास्थ्यबारेका तालिम जिल्ला जिल्लामा आवश्यक रहेको वताइन । “यो अति नै आवश्यक तालिम हो अध्यक्ष गुरुङले भनिन, संस्थालाई अगाडि बढ्नका लागि यसले थप मद्धत पुग्छ भन्ने लागेको छ ।” उनले तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्न र समुदायका अरु सदस्यलाई पनि दिन आग्रह गरिन ।

तालिममा सहभागी सुदुरपश्चिमका चाल्र्स सिजापतीले मानसिक स्वास्थ्यको बारेमा आफुमा रहेको भ्रम हटेको वताए । अर्का सहभागी दीपेश भण्डारीले मानसिक तनाव र डिप्रेसनबारेको भिन्नता थाहा पाएको वताए । तालिम पश्चात आफ्नो यौनिकताबाट आएको दवावले हुने डिप्रेसनको काउन्सिलिङ गर्ने तरिका सिकेको भण्डारीले वताए ।

नील हिरा समाजको नर्वेजियन परियोजनाका कार्यक्रम अधिकृत समलिंगी अधिकारर्की विश्वराज अधिकारीले शारीरिक स्वास्थ्यलाई मात्र स्वास्थ्य समस्या भनेर नबुझी मानसिक स्वास्थ्यलाई पनि ध्यानमा राखेर काम गर्न पर्ने वताए । मानसिक स्वास्थ्यलाई ध्यानमा नराख्दा कुनै पनि संघ संस्था वा व्यक्ति विशेषको कार्यक्षमतामा प्रत्यक्ष नकारात्मक असर पर्ने भन्दै अधिकारीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि शारीरिक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्य पनि सवल हुनुपर्ने वताए ।

तेस्रोलिंगी अधिकारकर्मी मनिला न्यौपानेले सामाजकि क्षेत्रमा काम गर्दा गर्दै विभिन्न कारणले मानसिक समस्यामा पर्ने गरेको वताइन । ” हामी आफूभित्र नितान्त एक्लो छौ मनिलाले भनिन्, जसले गर्दा के लाग्छ भने अधिकतम एलजिविटिआई समुदायका व्यक्तिहरु मानसिक समस्यामा पर्दै आएका छौ ।” उनले नील हिरा समाजलाई आगामी दिनमा आफ्ना कार्यक्रमहरुमा मानसिक स्वास्थ्यका बिषयबस्तु धेरै भन्दा धेरै राख्न सुझाव दिइन ।

बंगलादेशी यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी राखिव हुसेनले मानसिक स्वास्थ्य सम्वन्धी तालिम सफल र उपयोगी भएको वताए । उनले आफूलाई तालिममा सहभागी गराएकोमा नील हिरा समाजप्रति कृतज्ञता समेत व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.