दलहरुलाई तेस्रोलिंगी अधिकारकर्मी भूमिकाको प्रश्न : सविधान देखाउनका लागि मात्र बनाएको हो ?

दलहरुलाई तेस्रोलिंगी अधिकारकर्मी भूमिकाको प्रश्न : सविधान देखाउनका लागि मात्र बनाएको हो ?

काठमाडौं (पहिचान) फागुन २ – निर्वाचन सम्पन्न भएर दलहरूले समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाएसँगै निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाएको छ । राष्ट्रपतिलाई बुझाएसँगै आयोगको काम पनि सम्पन्न भएको छ । अब दलहरुले बुझाएका नाम सच्याउने बाटो पनि बाँकी छैन । तर, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भने दलहरुले संविधानको नैं उल्लंघन गरेको भन्दै गम्भीर प्रश्न उठाएका छन् ।

तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले दलहरुले उम्मेदवार सिफारिस गरेसँगै फेसबुक स्टाटस लेखेर असहमति सार्वजनिक गरेकी छन् । उनले उम्मेदवार सिफारिसमा समावेसिता नअपनाउने राजनीतिक दललाई मात्र नभएर संविधान अनुसार मापदण्ड बनाउने तथा खोजी गर्नुपर्ने निर्वाचन आयोगको भूमिकामा समेत प्रश्न उठाएकी छन् ।

’संविधानको धारा ४२ मा राज्यका हरेक संरचनामा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई प्रतिनिधित्व गराइने भनेर लेखेको कुरालाई उपहास गर्दै राजनीतिक दलहरुले आफ्ना नातेदार, श्रीमती, सासु, प्रेमिका र पैसावालहरुलाई ठाउँ दिएर हामीलाई चरम विभेद गरिएको छ,’ भूमिकाले प्रश्न गरेकी छन, ’यसले पूर्णरूपमा संविधानमा भए बमोजिम समावेशी नहुनु राजनीतिक दलको दोष हो या यसलाई अनुगमन नगर्नु निर्वाचन आयोगको कमजोरी हो ?’ उनले नेताहरुले समावेसिताका नाममा पैसावाल र नातेदारलाई प्राथमिकतामा राख्ने हो भने पछाडी पारिएका समुदायको आवाज कसरी अघि आउछ भन्दै प्रश्न समेत गरेकी छन् ।

’यदि समानुपातिक समावेशीको कुरा गर्दै गर्दा दलका नेताहरूले पैसावाल र आफ्ना नातेदारलाई प्राथमिकतामा राख्ने हो भने हामीजस्ता पछाडि पारिएको अल्पसंख्यक समुदायको आवाज कसरी अगाडि बढ्ला ?,’ उनले प्रश्न गरेकी छन् । उनले सन्दर्भ ’राजनीतिक अधिकार र समानुपातिक समावेशी’ भन्दै लेखेको स्टाटसमा समलिंगी तेस्रो लिंगीहरुले निराशासहितका कमेन्ट गरेका छन् ।

तेस्रोलिंगी भुमिकाको स्टाटसमा सिमरन शेरचन, गौरी नेपाली सहितका केही प्रतिक्रिया छन भने भुमिकाकै जस्तै नुवाकोटकी तेस्रोलिंगी पुष्पा लामाको स्टाटसमा नील हिरा समाजकी अध्यक्ष पिंक गुरुङले प्रतिक्रिया दिदै लेखेकी छन् के गर्नु नेपालको राजनितिक प्रवृती र परम्परा अनी संसकारनै हुने भो यो शैली चिन्ता लाग्छ ।

संविधानको धारा 42 मा राज्यको हरेक संरचनामा यौनिक तथा लैंगिक अल्पसंख्यक लाई प्रतिनिधित्व गराइने भनेर लेखेको कुरा लाई उपहास गर्दै राजनीतिक दलहरुले आफ्ना नातेदार, श्रीमती, सासु , प्रेमिका र पैसावालहरु लाई ठाऊ दिएकोमा हामीलाई चरम विभेद गरिएको छ र यसले पूर्ण रूपमा संविधानमा भए बमोजिम समावेशी नहुनु राजनीतिक दलको दोष हो या यसलाई अनुगमन नगर्नु निर्वाचन आयोगको कमजोरी हो?????

यदि समानुपातिक समावेशीको कुरा गर्दै गर्दा दलका नेताहरूले पैसावाला र आफ्ना नातेदार लाई प्राथमिकतामा राख्ने हो भने हामीजस्ता पछाडि पारिएको अल्पसंख्यक समुदायको आवाज कसरी अगाडि बढ्ला ??

सन्दर्भ : “राजनीतिक अधिकार र समानुपातिक समावेशी ”

LikeShow more reactions

Comment

Comments

Dangali Heart Chetri astai ho jatisukai dhara vaya poni Nepal ko political nai vastrachari x

3

Manage

LikeShow more reactions

Reply1d

Seemronn Sb Kura artical 42 ko matra hoina kura article 18 ko pani …equality ….ko pani …constitution mai artical 12 ma pahichan anurup ko nagarilta ulllek xa Tcitizenship linga ko mahal ma Mahila purus ani hami jasto sexual and gender minorities lae otherSee More

4

Manage

LikeShow more reactions

Reply1dEdited

Seemronn Sb Constitution ma ullek bhayeko kura ra pheri civil and criminal code ullek bhayeko kura …bhajhiye ko kura ma talmel nahuda bhool bas chutiyeko ho ki niyat vas bhujna sakeko xa

4

Manage

LikeShow more reactions

Reply1d

Nepali Gauri Country federal system ma gayapachi pachadi pareko community lai rahat milne aasa thiyo tara political leaders ko yo kisimako ‘power show’ le garda Nepal ?? bikash hoina bikhandan tira jane anuman garna sakincha…#JayaNepal??

3

Manage

LikeShow more reactions

Reply1d

संविधानको धारा 42 मा राज्यको हरेक संरचनामा यौनिक तथा लैंगिक अल्पसंख्यक लाई प्रतिनिधित्व गराइने भनेर लेखेको कुरा लाई उपहास गर्दै राजनीतिक दलहरुले आफ्ना नातेदार, श्रीमती, सासु , प्रेमिका र पैसावालहरु लाई ठाऊ दिएकोमा हामीलाई चरम विभेद गरिएको छ र यसले पूर्ण रूपमा संविधानमा भए बमोजिम समावेशी नहुनु राजनीतिक दलको दोष हो या यसलाई अनुगमन नगर्नु निर्वाचन आयोगको कमजोरी हो?????

यदि समानुपातिक समावेशीको कुरा गर्दै गर्दा दलका नेताहरूले पैसावाला र आफ्ना नातेदार लाई प्राथमिकतामा राख्ने हो भने हामीजस्ता पछाडि पारिएको अल्पसंख्यक समुदायको आवाज कसरी अगाडि बढ्ला ??

सन्दर्भ : “राजनीतिक अधिकार र समानुपातिक समावेशी ”

Comments

Raj Aryan I support

1

Manage

Reply23h

Sital Pinky Gurung के गर्नु नेपालको राजनितिक प्रवृती र परम्परा अनी संसकारनै हुने भो यो शैली चिन्ता लाग्छ ।

Manage

Reply16h

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.