एलजीवीटीआईमा पिएचडी गर्ने तयारीमा छुँ : अधिवक्ता सुजन पन्त

एलजीवीटीआईमा पिएचडी गर्ने तयारीमा छुँ : अधिवक्ता सुजन पन्त

काठमाडौं (पहिचान) फागुन ३ – अधिवक्ता सुजन पन्तले एलजीवीटीआईमा पिएचडीको तयारी थालेका छन् । ८ वर्ष देखि नील हिरा समाजमा कानुनी सल्लाहकारको रुपमा काम गरिरहेका पन्तले अब एलजीवीटीआईमै पिएचडी तयारी थालेका हुन् ।

‘नेपालमा एलजीवीटीआईका क्षेत्रमा द्रुत गतिमा कानुनी प्रगति भइरहेका छन्,’ पहिचानसँगको कुराकानीमा अधिवक्ता पन्तले भने, ‘मैले सन् २०१० देखि नील हिरा समाजमा आबद्ध भएर वकालत सुरु गरे यता कानुन निर्माणमा धेरै प्रगति भइसकेका छन् । विएएलएलवी र एलएलएमको थेसिस समेत नेपालका एलजीवीटीआईका विषयमा गरेका पन्तले अब पीएच्डी पनि यहि विषयमा गर्न लागेकोे जानकारी दिए ।

‘मेरो यहाँ र अन्य देशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुसँग कुरा भइरहेको छ, मैले एलजीवीटीआईका विषयमा लेखेका लेख तथा मेरा धारणाबाट उहाँहरुको ध्यानाकर्षण भएको मैले महसुस गरेको छुँ,’ पन्तले भने, ‘मेरो लागि पिएचडीमा नयाँ विषय प्राप्त हुुनु र कानुन निर्माणका क्षेत्रमा भएका प्रगति तथा एलजीवीटीआईका विषयमा थप अध्ययन अनुसन्धान गर्न पाउनु खुशीको कुरा हो ।’

उनले नेपाली समाज सहिष्णु मात्र नभएर अग्रगामी पनि भएका कारण धेरै कुरा सहज रुपमा स्वीकार गरिरहेको भन्दै नेपाली समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई पनि स्वीकार्ने क्रम ह्वात्तै बढेको बताए ।

‘नेपालमा एलजीवीटीआईको विषय उठेको नैं सन् २००१ देखि मात्र हो, सुनिलबाबु पन्तले त्यसवेला तेस्रोलिंगीको जुलुस निकालेपछि पहिलोपटक नेपालमा तेस्रोलिंगीको सार्वजनिक अस्तित्व देखिएको थियो,’ पन्तले भने, ‘त्यही वेला उनीहरुलाई प्रतिबन्ध लगाउनेगरी अदालतमा रिट गएपनि सर्बोच्चले त्यसलाई दरपिठ गरिदिएका कारण नेपालमा एलजीवीटीआई मुभमेन्ट स्थापित हुन सम्भव भएको हो ।’ उनले नेुपालको सर्बोच्च अदालत धेरै अग्रगामी निर्णय लिएर विश्वका अन्य देशका लागि समेत उदाहरण बनेको बताए ।

‘विश्वमै तेस्रोलिंगी भन्ने शव्द नेपालको सर्बोच्च अदालतले क्वाइन गरेको हो, पन्तले भने, सर्बोच्च अदालतले सन २००७ मा एलजीवीटीआईका विषयमा गरेको फैसलामा तेस्रोलिंगी शब्द उल्लेख गरेपछि अहिले पनि अन्तराष्ट्रियरुपमा अंग्रेजीमा थर्ड जेण्डर शव्द प्रयोग हुन थालेको छ ।’ उनले नेपालमा समाजिक मान्यतामा समेत नरहेको विषय १६ वर्षमा संविधानमा लेखिएको भन्दै नेपाली समाज अग्रगामी भएको यही नैं प्रमाण भएको बताए ।

उनले आफ्ना लागि एलजीवीटीआईको अधिकार मानव अधिकारको विषय भएको भन्दै त्यसका विषयमा थप जानकारी लिन पनि पिएचडीको तयारीमा रहेको बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.