इन्टरसेक्स एसियाको ३६ बुँदे माग, एसियामा अन्तरलिंगी अधिकारका लागि काम गर्ने घोषणा

इन्टरसेक्स एसियाको ३६ बुँदे माग, एसियामा अन्तरलिंगी अधिकारका लागि काम गर्ने घोषणा

काठमाडौं (पहिचान) फागुन १६ – एसियाका अन्तरलिंगीको अधिकारका क्षेत्रमा काम गर्न ‘इन्टरसेक्स एसिया’ स्थापना भएको छ । थाइल्याण्डमा भएको एसियाली अन्तरलिंगीहरुको सम्मेलनले इन्टरसेक्स एसिया गठन गरेको हो ।

इन्टरसेक्स ह्युमनराइट फण्डको सहयोगमा गत फेबु्रुअरी ११ देखि भएको सम्मेलनले एसियाली अन्तरलिंगीका अधिकार र उनीहरुको सशक्तीकरणका लागि काम गर्न इन्टरसेक्स एसिया गठन गरेको हो । एसियाली मानव अधिकारमा आधारित अन्तरलिंगी अधिकारकर्मी र अन्तरलिंगी संस्थाको एसियाली अन्तरलिंगी फोरमको पहिलो क्षेत्रीय संजालले अन्तरलिंगी व्यक्ति र समुदायको अधिकार र अभियानको लागि काम गरिरहेको छ ।

फोरममा भारत, इन्डोनेसिया, हङकङं, म्यानमार, नेपाल, ताइवान, थाईल्याण्ड, पाकिस्तान, फिलिपिन्स र भियतनामका अन्तरलिंगी समुदाय र अन्तरलिंगी संस्थाबाट १४ जनाको उपस्थिति रहेको थियो । अन्तरलिंगी एशियाको लक्ष्य एसियामा अन्तरलिंगी व्यक्तिहरुको मानव अधिकारको संरक्षण र प्रवर्धन गर्नु, एसियाली अन्तरलिंगी व्यक्ति र समुदायको प्रतिनिधित्व मुलक आवाज उठाउनु, शारीरिक बिशेषता, शारीरिक गुण र आत्म निर्णयको अधिकारको सुनिश्चित गर्दै सबै ठाउँमा त्यसको संरक्षण र प्रबर्धन गर्नु रहेको छ ।

अभियानले पहिल्याएका समस्या :

हामी पुष्टि गर्छौं कि अन्तरलिंगी व्यक्तिहरु वास्तविक हुन् । हामी एशिया सहित विश्वका सबै क्षेत्रहरुमा र विश्वका सबै देशमा हामी अवस्थित छौं । त्यसैले अन्तरलिंगी व्यक्तिहरुलाई बिबिध सामाजिक, राजनैतिक, कानुनी परिवर्तनका लागि सहयोग र समर्थन गर्न आवश्यक छ । हामी अन्तरलिंगी अधिकारकर्मी हौँ । हामी एसियाको बिबिध क्षेत्रबाट प्रतिनित्व गर्दछौ र हामी अन्तरलिंगी व्यक्तिहरुको मानव अधिकारको संरक्षण, प्रबर्धन र विभेद अन्त्यको लागि एक साथ काम गरिरहेका छौं ।

अभियानका मागहरु :

१. अन्तरलिंगी व्यक्तिहरुलाई भइरेका पीडा र अन्यायलाई स्वीकार्न

२. अन्तरलिंगी व्यक्तिहरुको लान्छना, उपचार र यौनबादका परिणाम हुने महत्वपूर्ण आघात र मानशिक स्वास्थ्यको पहिचान गर्न

३. अन्तरलिंगीहरुको सबै किसिमका लान्छना हटाउन

४. अन्तरलिंगी व्यक्ति हुनु भनेको जैविक यौन बिशेषतासंग सम्बन्धित हो र एक व्यक्तिको यौनअभिमुखिकरण र लैंगिक पहिचानबाट अलग हुन्छ । एक अन्तरलिंगी व्यक्ति बिपरितलिंगी, महिला र पुरुष समलिंगी वा लैंगिक र तिनीहरुको पहिचान महिला, पुरुष दुइटै वा कुनै पनि नहुन सक्छ भनि पहिचान गर्न

५. कानुन र अन्य माध्यमबाट अन्तरलिंगी व्यक्ति माथि हुने “सामान्यीकरण” जस्तै यौनांग बन्ध्याकरण, मानशिक तथा अन्य चिकित्सकीय हस्तक्षेपको अन्त्य गर्न र अन्तरलिंगी व्यक्तिहरुको आफ्नै शारीरिक निष्ठा र स्वतन्त्रता र आत्म निर्णयको लागि सशक्त हुनुपर्छ

६. अन्तरलिंगी भु्रणको चयन, बंशाणू पहिचान, गर्भावस्थाको परिक्षण, गर्भपतन र अन्य हस्तक्षेपको अन्त्य गर्न

७. अन्तरलिंगी व्यक्ति र प्रकारको बारेमा जानकारीको कमीले हुने अनुपयुक्त चिकित्सा अभ्यास र पद्दति जस्तै नवजात बालबालिका र भु्रणको समयमा हुने स्वास्थ्य हस्तक्षेप, लिंग छनौटका लागि औषधि प्रसाशनको अन्त्य गर्न

८. अन्तरलिंगी व्यक्तिहरुको सहमति बिना हुने बन्ध्याकरण को अन्त्य गर्न

९ विश्व स्वास्थ्य संघको रोगको अन्तराष्ट्रिय बर्गिकरण जस्तै स्वास्थ्य अभ्यास, निर्देशिका, पद्दति र बर्गिकरणमा यौन बिशेषताको बर्गीकरणको अन्त्य गर्न

१०. गर्भावस्थाको परामर्श र सहयोगमा मानव अधिकारमा आधारित अन्तरलिंगी शिक्षा समाबेश गर्न

११. अन्तरलिंगी व्यक्तिहरुको हत्या, परित्याग र हिंसालाई अन्त्य गर्न

१२. पुरुष उत्तराधिकारीको लागि आवश्यक हुन्छ भनेर अन्तरलिंगी बालबालिकाको जबरजस्ती गरिने सामान्यीकरण शल्यक्रियाको अन्त्य गर्न

१३. अन्तरलिंगी व्यक्तिहरुको उत्तराधिकारी अधिकार बांझोपनाको कारण अस्वीकार हुदैन भन्ने कुराको सुनिश्चित गर्न

१४. अन्तरलिंगी संस्थाहरु र सहयोगी साथी समूहहरुलाई स्रोत साधनसहित मजबुत र पहिचानको सुनिश्चित गर्न

१५. अन्तरलिंगी व्यक्तिहरुलाई यौन बिशेषताको आधारमा हुने विभेदलाई विभेद रहित कानुनमा संरक्षण गर्न र इन्टरसेक्शनल विभेद रहित संरक्षणको सुनिश्चित गर्न

१६. यौन हिंसा र उत्पीडनको कानुनमा अन्तरलिंगी व्यक्तिको संरक्षण गर्न

१७. फरक क्षमता भएका अन्तरलिंगी व्यक्तिहरुको कानुनी सहयोग र संरक्षणको सुनिश्चित गर्न

१८. शरणार्थी अन्तरलिंगी व्यक्तिलाई विभेद रहित आवश्यक संरक्षण र उपयुक्त मनोबैज्ञानिक सहयोगको पहिचान गर्न

१९. अन्तरलिंगी व्यक्तिहरुका लागि बिबाह र धर्मसन्तानको कानुनमा समान र विभेद रहित कानुनी संरक्षणको सुनिश्चित गर्न

२० अन्तरलिंगी व्यक्तिलाई कर्यक्षेत्रमा विभेद रहित संरक्षण गर्न

२१ अन्तरलिंगी व्यक्तिहरुका लागि तिनीहरुको परिवार र छिमेकमा सहयोगी, सुरिक्षत र रमणीय बातावरणको सुबिधा दिन र सिर्जना गर्न

२२. अन्तरलिंगी व्यक्तिहरु र तिनीहरुका परिवारलाई सशक्त बनाउन मानवअधिकारमा आधारित अन्तरलिंगी शिक्षा प्रदान गर्न

२३. अन्तरलिंगी व्यक्ति र तिनीहरुका परिवारलाई सम्पर्क गर्न र अन्तरलिंगी समुदाय बनाउन सहयोग गर्न

२४. अन्तरलिंगी व्यक्तिहरुलाई तिनीहरुको आफ्नो स्वास्थ्य रेकर्ड र इतिहासमा सहज पहुँच र पूर्ण जानकारी पाउने अधिकारको सुनिश्चित गर्न

२५ अस्पताल, शैक्षिक र सरकारी संस्था जस्ता नागरिक र सामाजिक संस्थामा आबद्ध हुदा अन्तरलिंगी व्यक्तिहरुको गोपनियताको अधिकारको संरक्षण गर्न

२६ सबै मानव अधिकार र नागरिक अधिकारको प्राबधानमा अन्तरलिंगी व्यक्तिलाई सुनिश्चित गर्न

२७. अन्तरलिंगी व्यक्ति (स्वयं) का साथ साथै आमा बुवा र हेरचाह गर्ने व्यक्तिहरुलाई जीवन भर स्वतन्त्र, परिक्षण रहित, मनोसामाजिक र सहकर्मीको सहयोग उपलब्ध गर्न र अन्तरलिंगी व्यक्तिको शारीरिक निष्ठा र भलाईको सुनिश्चित गर्न

२८. अन्तरलिंगी व्यक्तिहरुको भलाईमा सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक र प्रोफेसरहरुलाई बिशेष भूमिका खेल्न र स्तरीय सेवा प्रदानको लागि प्रयाप्त तालिमको सुनिश्चित गर्न

२९. अन्तरलिंगी व्यक्तिहरुको शारीरिक तथा मानशिक आवश्यकताहरु र समस्याहरुको लागि उपयुक्त र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न

३०. अरु व्यक्ति जस्तै अन्तरलिंगी व्यक्तिहरु पनि फरक लिङ्ग र सामाजिक लिङ्गका साथ् हुर्कन सक्छन भन्ने जानकारी संगै अन्तरलिंगी बालबालिकाहरुलाई महिला वा पुरुषको रुपमा दर्ता गर्न

३१. सम्बन्धित व्यक्तिको अनुरोधमा सरल प्रशासनिक प्रक्रिया मार्फत लिंग वा सामाजिक लिङ्गको वर्गीकरण र परिमार्जनको सुनिश्चित गर्न योग्य छन् । सबै वयस्क र सक्षम व्यक्तिहरु महिला, पुरुष, गैर बाइनरी वा अरु विकल्पहरु चयन गर्न सक्षम हुनुपर्छ ्र कुनै व्यक्तिहरुका लागि भविष्यमा जन्मदर्ता र पहिचान प्रमाणपत्रहरु जात र धर्म, लिङ्ग र लैंगिकतासंग बर्गिकरण हुनुहुदैन

३२ अन्तरलिंगी व्यक्तिहरुको भलाईमा सम्पूर्ण मुख्य व्यक्तिहरुको बिशेष भूमिका रहेको छ । जस्तै स्वास्थ्य सेवा प्रदायक, आमाबुवा, शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुका साथ साथै सामान्यतया समाजमा अन्तरलिंगी मुद्दालाई मानवअधिकारको परिप्रेक्ष्यबाट निर्देशित गर्नको लागि सुनिश्चित गर्न

३३. अन्तरलिंगी व्यक्तिहरुको यौन परिक्षणको अन्त गर्न जसले अन्तरलिंगी व्यक्तिहरुको आधारभूत गोपनियता र आत्मसम्मानलाई उल्लघन गर्दछ र उनीहरुको कानुनी लिङ्ग अनुसार सबै स्तरका प्रतिस्पर्धात्मक खेलमा सहभागिताको सुनिश्चित गर्न र अन्तरलिंगी खेलाडीहरु जसको पुरस्कार खोसिएको छ तथा अपमानित भएका छन तिनलाइ क्षतीपूर्ति तथा पुनर्बहाली हुनुपर्छ

३४. समुदाय र समाजमा व्यापक रुपमा अन्तरलिंगी मुद्दा र अन्तरलिंगी व्यक्तिहरुको मानव अधिकारको जनचेतना जगाउन

३५. शिक्षाका सबै तहमा मानवअधिकारमा आधारित अन्तरलिंगी शिक्षाका साथ साथै अन्तरलिंगी व्यक्ति र अनुभव समेटिएको बृहत यौनिकता शिक्षा प्रदान गर्न

३६. बिगतमा अन्तरलिंगीका कारणले गर्दा भोगेका पीडा र अन्यायको पर्याप्त प्रमाण प्रदान गर्न र तिनको निदान, क्षतिपूर्ति, न्यायमा पहुँच र सत्यको अधिकार प्रदान गर्न

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.