निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

खेल क्षेत्रबाट समानताको सुरुवात हुनेछ : मीनकुमार शर्मा

खेल क्षेत्रबाट समानताको सुरुवात हुनेछ : मीनकुमार शर्मा

761
SHARES

काठमाडौं (पहिचान) चैत्र ३० – राष्ट्रिय खेलकुद परिषदको खेलकुद प्रतियोगिता तथा योजना विभागले सबैका लागि खेलकुद अभियान अन्तर्गत यौनिक तथा लैंगिक अल्पसंख्यकको राष्ट्रिय फुटसल प्रतियोगिता गर्न लागेको जनाएको छ । पहिचानसँगको कुराकानीमा विभाग प्रमुख मीनकुमार शर्माले समुदायका लागि खेलकुद आयोजना गरेर परिषदले खेल क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्न लागेको बताए ।

‘हामीले त उहाँहरुलाई फुटबल नैं आयोजना गर्ने प्रयत्न गरेका थियौं तर उहाँहरुको तयारी पर्याप्त भएन,’ शर्माले भने, ‘क्षेत्रीय प्रतियोगिताका लागि पनि पर्याप्त समय नभएका कारण उहाँहरुका लागि फूटसल आयोजना गरिएको छ ।’ उनले फुटबलकै मिनि रुपमा फुटसल भएको भन्दै त्यसका लागि उनीहरु तयार रहेको बताए । ‘उहाँहरुले फुटसल भनेको र समयका कारण पनि त्यही उपयुक्त भएकाले हामीले फूटसल आयोजना गरेका हौं,’ शर्माले भने ।

‘उहाँहरुलाई राज्यबाट राष्ट्रिय खेलाडी सरहका सुविधा तोकेका छौं,’ शर्माले भने, ‘दैनिक भत्ता, पोसाक, यातायातसहित सम्पूर्ण सुविधा राष्ट्रिय खेलाडी सरह नैं दिएका छौं ।’ उनले बालबालिकाहरुको राष्ट्रिय प्रतियोगिता भन्दा उनीहरुको लागि पुरस्कार रासी समेत फरक रहेको बताए । ‘पुरस्कार राशी पनि प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार राखेको छौं,’ शर्माले भने, ‘जवकी बालबालिकाको राष्ट्रिय प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार पुरस्कार दिइएको छ ।’

उनले समानताका लागि खेलकुद अचुक अस्त्र हुने बताए । ‘हेर्नुस समाजमा भन्दा खेलकुद क्षेत्रमा कति समानता छ भन्ने कुरा,’ सोमपाल कमीको उचाइ हेर्नुस् त, त्यस्तै उचाई खेल क्षेत्रमा प्रगति गरेमा समलिंगी तेस्रोलिंगीलाई पनि त्यही स्तरको सम्मान प्राप्त हुन्छ उनले भने ।

‘पूmटसल हरेक टिममा ६ जना खेलाडी र तीनजना बैकल्पिक खेलाडी हुन्छन् र हरेक २० मिनेटमा इन्टर्भल हुन्छ,’ उनले भने, ‘फुटबलको आधामात्र ग्राउण्ड हुने र इन्डोर हुने भएकाले खेलाडीका लागि यो कम इस्टामिनाले काम गर्ने हुनसक्छ ।’ उनले तेस्रोलिंगीलाई खुल्नका लागि पनि प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘खेल क्षेत्रमा प्रगति भयो भने हरेक खेलाडी खुलेर आउने र खेल क्षेत्रमै प्रगति गर्ने सोच राख्छ, त्यसैले प्रतियोगिता एउटा सुरुवात हो,’ उनले भने ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको राष्ट्रिय संघ दर्ता हुने क्रम सुरु भएको भन्दै उनले अब यौनिक तथा लैंगिक अल्पसंख्यक नेपालको खेल क्षेत्रका अंग हुने वताए । ‘उनीहरुले राष्ट्रिय संघ दर्ता गर्नका लागि प्रक्रिया सुरु गरिसक्नुभएको छ, अब आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता देखि उनीहरु पनि सहभागि हुने छन्,’ शर्माले भने, ‘त्यसपछि खेल क्षेत्रबाट समानताको सुरुवात हुने छ ।’

उनले महिला हिंसा रोक्न समेत खेल क्षेत्रका कार्यक्रम सुरु भएका भन्दै अन्य क्षेत्रमा समेत यसको महत्व रहेको बताए । ‘महिला हिंसा भएको स्थानमा छोरीहरुलाई तेक्वान्दो कराँते सहितका खेलमा व्लाकवेल्ट भएपछि उनीहरुलाई कुनै पुरुषले बलात्कारबारे सोच्न समेत सक्दैन,’ उनले भने, ‘दाइजो नल्याएको भन्दै सासुले कुटने पिट्ने समेत आँट गर्दैनन् ।’ उनले त्यसका लागि समेत हिंसा बढी हुने स्थानमा कार्यक्रम सुरु गरेको बताए ।
राष्ट्रिय संघ दर्ता भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यकको संघले ५० लाख बजेट पाउन सक्ने समेत उनले बताए ।

समाचार शेयर गर्नुहोस्
761
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.