टाइम्स कलेजले यौनिक अल्पसंख्यक बिद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ती दिने

टाइम्स कलेजले यौनिक अल्पसंख्यक बिद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ती दिने

74.9k
SHARES
काठमाडौं (पहिचान) जेठ ६ – डिल्लीबजारको टाइम्स इन्टरनेशनल कलेजले यौनिक तथा लैंगिक अल्पसख्यक समुदायका बिद्यार्थीलाई अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ती दिने घोषणा गरेको छ । टाइम्स कलेजमा मितिनी नेपालले गरेको कार्यक्रममा कलेजले यो समुदायका बिद्यार्थीलाई अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ती दिने घोषणा गरेको हो ।

कलेजका प्रिन्सिपल, सहायक प्रिन्सिपलले आफुवाट आफै आलोचित हुनबाट मुक्त हुनको निम्ती शिक्षा अपरिहार्य भएकाले छात्रवृत्तीको व्यवस्था गरिएको बताएका छन् । कलेजका स्नातक र स्नाकोत्तरका निर्देशक निरञ्जन रिजालले छात्रबृत्ती दिने घोषणा गरेपनि कति जना समुदायका बिद्यार्थीलाई दिन सकिन्छ भनेर छलफल नभएको वताए ।

पहिचान अनलाइनसँग कुरागर्दै रिजालले आर्थिक अवस्था कमजोर भएका र पैसाकै कारण पढ्न नपाएका समुदायका बिद्यार्थीलाई छात्रबृत्ती दिने वताए । “कुल जनसंख्याको ८ देखि १० प्रतिशत यो समुदायका व्यक्ति हुन्छन भन्ने सुन्यौ उनले भने, पैसा नभएकै कारण पढ्न नपाउने अवस्था नहोस भनेर छात्रवृत्तीको घोषणा गरेका हौ ।” उनले आफ्नो कलेजमा यो समुदायका व्यक्ति छन या छैनन भन्ने पहिचान नभएको वताए ।

शिक्षामा समान अधिकार भन्ने सहित शैक्षिक संस्थाहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय मैत्री वातावरण सृजना गर्नका लागि विभिन्न शैक्षिक संस्थाहरुमा कार्यक्रम गर्दै आएको मितिनी नेपालले जनाएको छ । उसले टाइम्स इन्टरनेशनल कलेजले देशभर रहेका समुदायका बिद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेर पढ्नका लागि प्रेरित गरेको दावी समेत गरेको छ ।

यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजले देशका विभिन्न बिद्यालयमा गएर यौनिक तथा लैंगिक अल्पसंख्यक बिद्यार्थीको पहिचानका लागि कार्यक्रम संचालन गरेको जनाएको छ । बिभिन्न बिद्यालयमा गएर छलफल चलाउँदै समुह गठन गर्नेसम्मका कार्यक्रम गरिरहेको समाजले जनाएको छ ।

 

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.