स्याङजामा करिब ७ सय सम्पर्कमा, भन्छन् : समाजले हामीलाई बुझ्न सकेनन्

स्याङजामा करिब ७ सय सम्पर्कमा, भन्छन् : समाजले हामीलाई बुझ्न सकेनन्

स्याङ्जा (पहिचान) असार ६ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले समाजको बुझाई परिवर्तन नहुँदा आफूहरुलाई सार्वजनिक हुन कठिन भएको बताएकाछन् । हाम्रो स्वतन्त्रताका बारेमा समाजको बुझाईमा अझै परिवर्तन आउन सकेको छैन उनीहरुले भने, त्यसले गर्दा हामी सार्वजनिक हुन सकिरहेका छैनौ । बन्द कोठामा खुल्नेहरु बाहिरी समाजमा खुल्ने वातावरण नमिल्नु आफुहरुका लागि दुखद रहेको उनीहरुको भनाई छ ।

समलिंगी तेस्रोलिंगीको अवस्थाबारेमा स्याङ्जामा आयोजित अन्र्तक्रियामा परिवर्तन नेपाल पश्चिमाञ्चलकी मानवअधिकार कार्यक्रम संयोजक बिन्दिया गौतमले अझैं पनि नागरिकतामा समस्या रहेको बताईन् । पहिलाको तुलनामा केही सहज भए पनि समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीले आफनो पहिचान अनुरुपको नागरिकता पाउनेगरी राज्यले बिशेष ब्यवस्था गर्नु पर्ने उनको माग छ ।
जन्मदर्ताका आधारमा नागरिकता पाउने ब्यवस्थालाई परिवर्तन गर्दै पहिचानका आधारमा नागरिकता पाउने वातावरण बनाउन राज्यसंग उनीहरुको माग छ । जन्मने बित्तिकै बालक वा बालिका आमाबाबाको संरक्षणमा जन्म दर्ता हुन्छ । तर, पछि उसले बुझ्नेभएपछि आफनो पहिचान बनाउछ भने उनीहरुका लागि बिशेष कार्यक्रम मार्फत पहिचान खुल्नेगरी नागरिकता दिईने ब्यवस्था मिलाउन परिवर्तन नेपालका अध्यक्ष राज क्षेत्रीले बताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा काम गर्दै आएको नील हिरा समाजको कार्यालयका आएर खुलेर कुरा गर्नेहरु कार्यालय बाहिर निस्केपछि आपसेआप पछि हट्ने गरेको समाजमा कार्यरत पिताम्बर क्षेत्री बताए । राज्यको हेराईमा परिवर्तन भए पनि समाजको हेराईमा अझैं पनि समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी फरक छन् । अझै पनि ‘छक्का, कस्ती केटी जस्तो, कस्तो केटा जस्तो, हिजडा’ जस्ता शब्दहरु सुन्नु परेको पीडा सुनाउछन गोबिन परियार ।

स्याङ्जामा समलिंगी तेस्रोलिंगीको संख्या उल्लेख्य छ । उनीहरु समाजमा खुल्नै चाहदैनन् । पुतलीबजार नगरपालिका १ स्थित नील हिरा समाजको कार्यालयमा सम्पर्कमा आउने र आफुहरु समलिंगी तेस्रोलिंगी भनि करिब ७ सय जना सम्पर्कमा रहेको पिताम्बर क्षेत्रीले जानकारी दिए ।

सन् २०११ देखि स्याङ्जामा रहेर समाजका महिला समलिंगी, पुरुष समलिंगी, दुईलिंगी, तेस्रोलिंगी महिला, तेस्रोलिंगी पुरुष र अन्तरलिंगी (एलजीबीटीआई) का हक, हित र सुरक्षाका क्षेत्रमा काम गर्दे आएको जनाएको छ ।

अन्र्तक्रियामा पुतलीबजार नगरपालिका वडा १ का अध्यक्ष निर्मलकुमार शेरचन, पत्रकार महासंघ स्याङजाका अध्यक्ष ओमप्रकाश शर्मा, त्रिभुवन आदर्श माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, जनस्वास्य अधिकृत यामप्रसाद सुुवेदी, महिला तथा बालबालिका कार्यालय प्रमुख चन्द्रकुमारी ब्यन्जनकार लगायतले यौनिक तथा लैंगिक अल्पसंख्यका समस्या समाधानका विभिन्न सmुभाव सुझाएका थिए ।

भवानी अन्नपूर्ण मिडियामा कार्यरत स्याङजाकी सम्बाददाता हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.