निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्र संघको मानवअधिकार काउन्सिल बैठकमा १९ बर्षका रुक्शानाले गरे पैरवी

राष्ट्र संघको मानवअधिकार काउन्सिल बैठकमा १९ बर्षका रुक्शानाले गरे पैरवी

878
SHARES

काठमाडौं (पहिचान) असार २५ – रुक्शना कपाली संयुक्त राष्ट्र संघ मानवअधिकार काउन्सिलको ३८ औँ बैठकमा सहभागी भएर फर्केकी छन् । बिश्वका १९ देशका २३ जना यौनिक तथा लैंगिक अल्पसंख्यक सहभागी बैठकमा कम उमेरका कपाली नेपालबाट सहभागी भएकी हुन् । उनी अहिले १९ बर्षकी भएकी छन् ।

सहभागीहरुले आफूलाई ट्रान्सजेण्डर, जेण्डर नन-कन्फर्मिङ, बक्ला, फाफाफिनि, जेण्डर क्वेर भनेर चिनाएका रुक्शना बताउँछिन । उनीहरूले यौनिक तथा लैंगिक अल्पसंख्यकका बारेमा संयुक्त राष्ट्र संघका विभिन्न निकायमा पैरवी गरेका रुक्शानाले जानकारी दिइन ।

पहिचान अनलाइन र नील हिरा समाजमा कार्यरत भएको झण्डै २ वर्षमा एसिया प्रशान्त तहका कार्यक्रममा धेरै पटक पुगेका छन् । अन्तर्रा्ष्ट्रिय तहमा भने उनको यो पहिलो पटक हो । उनको निकै प्रयास पछी उनी ट्रान्स एड्भोकेसी वीकमा जान सफल भएका हुन् । सो कार्य्रक्रमको आयोजना इल्गा अन्तराष्ट्रिय यौनिक तथा लैंगिक अल्पसंख्यक एसोसिएसनले गरेको हो ।

मानव अधिकार काउन्सिलको साइड इभेन्टमा रुक्शना प्यानलमा थिइन । त्यस प्यानलमा विभिन्न संयुक्त राष्ट्र संघका डेलिगेशन सहभागी थिए । प्यानलमा महिलावादी र लैंगिक समानतामा लैंगिक पहिचान र प्रस्तुतीकरणका मुद्दाहरू उठाइएका रुक्शानाले बताइन ।

रुक्शनाले दक्षिण एसियामा श्रीलंका बाहेकका देशहरूमा तेस्रोलिंगीको पहिचान भएको बताइन । भारतमा हिज्रा, पाकिस्तानमा ख्वाजाशराको अवधारणा रहेको उनले बताइन ।

नेपाली पृष्ठभूमिमा धेरैले तेस्रोलिंगी भनेर चिनाउने गरेका छन, धेरैजना ट्रान्सजेण्डर भनेर चिनाउँछन भने मेटी जस्ता शब्दहरू पनि प्रचलनमा छन । यसै गरी प्रशान्त क्षेत्रमा भाकासालेवालेवा, फासाफिने जस्ता लैंगिक पहिचानहरू छन ।

समाचार शेयर गर्नुहोस्
878
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.