बैंकिङ क्षेत्रका हस्ती मानन्धरको निधन

बैंकिङ क्षेत्रका हस्ती मानन्धरको निधन

525
SHARES

काठमाडौँ – प्राइम कमर्सियल बैङ्क लि.को संस्थापनादेखि लामो समयसम्म नेतृत्व गरेका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन भएको छ। ८३ वर्षको उमेरमा आइतबार मानन्धरको निधन भएको हो।

सन् १९६९ मा भूमि सुधार तथा बचत निगमको शाखा प्रमुखको रूपमा सेवा प्रवेश गरेका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैङ्क लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनमा परामर्शदाता, राष्ट्रिय वाणिज्य बैङ्कको कार्यकारी सञ्चालक, लुम्बिनी बैङ्क लि.को प्रमुख कार्यकारी अधिकृत, विश्व बैङ्कको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैङ्क लि. हुँदै अन्तमा प्राइम कमर्सियल बैङ्क लि.को प्रमुख कार्यकारी अधिकृतबाट सेवा निवृत्त भएका थिए।

नेपालको आर्थिक तथा बैङ्किङ इतिहासमा उनीजत्तिकै दीर्घ सेवाका साथ यति महत्त्वपूर्ण भूमिकाको निर्वाह गर्ने व्यक्तित्व विरलै हुने प्राइम कमर्सियल बैङ्कले निकालेको शोक वक्तव्यमा उल्लेख छ। मानन्धरको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको बैङ्कले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
525
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.