“अहिले मलाई छक्का हिजडा हैन, भुमिका भन्छन”

“अहिले मलाई छक्का हिजडा हैन, भुमिका भन्छन”

bdr

काठमाडौं (पहिचान) असार २८ – सम्पादकहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा सामाजिक न्याय र मानवअधिकारको बिषय भएको बताएका छन् । यो बिषयलाई प्राथमिकता दिनु पर्ने भन्दै उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेटिएन भने बिषय नै छुट्ने बताए । सम्पादकहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारबारे मिडिया मार्फत लविङ गर्नुपर्ने बताए ।

लेखनकुन्जले यौनिक तथा लैंगिक अल्पसंख्यक समस्या चुनौति र समाधानका उपायबारे तेस्रोलिंगी अधिकारकर्मी भुमिका श्रेष्ठलाई राखेर सम्पादकहरुसँग गरेको छलफलमा पत्रकार बालचन्द्र मिश्रले यो समुदायको मुद्धामा लेख्ने प्रतियोगिता नै गर्नु पर्ने सुझाव दिए । पत्रकार पदम श्रेष्ठले आफू सुनिलबाबु पन्तसँग नजिक भएर लेख लेख्ने गरेको विगत सुनाए । तेस्रोलिंगी लेख दिदाँ सम्पादकहरु हास्ने गरेको बताए । समाजले नबुझेको, खुलेर नआउने समस्या रहेको र राज्यले समेत सरकारले समेत सकारात्मक रुपमा नहेरेको उनको भनाई छ ।

समाचारपत्रका सम्पादक दिपक रिजालले आफुले दश बर्ष पहिले एक रिपोर्टिङ गरेको सम्झदै भने ्“तेस्रोलिंगीको समाचार लेख्दा मै माथि शंका गरियो । काठमाडौंमा १० हजार समलिंगी रहेको भन्ने समाचार लेखेपछि नौ हजार नौ सय उनान्सय अरु होलान एक चाहि मैं हो भन्ने धेरै भए । उनले अहिले त्यसबाट समाज र मिडिया धेरै अगाडी बढिसकेको तर केही तेस्रोलिंगीको यौन क्रियाकलापबारे उनीहरु आफै सच्चिनु पर्ने बताए ।

राजधानी दैनिकका सम्पादक डिल्ली आचार्यले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे हरेक १५ दिनमा स्तम्भ प्रकाशनका लागि ठाउँ दिने बताए । यो बिषयमा लेखेर पठाएमा पत्रिकामा १५ दिनमा एउटा स्तम्भ दिन सक्छौ सम्पादक आचार्यले भने, अहिले आफुले कपाल खौरदा त मान्छेहरु के भयो को मरेको भन्ने समाज छ भने भुमिका जी हरुको दुःख कति होला त्यो म सम्झन सक्छु । उनले संचार माध्यममा यहि समुदायको लेखहरु र कक्षा ११, १२ मा यहि किसिमको शिक्षाहरु दिनुपर्ने बताए । घोष्ट राईटिङ् नेपालका सम्पादक टंक पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धामा संचारमाध्यम सचेत बन्दै गएको बताए ।

नील हिरा समाजमा कार्यरत तेस्रोलिंगी अधिकारकर्मी भुमिका श्रेष्ठले मिडियाकै कारण आफूहरु समाजमा खुलेर हिड्न र आफ्नो कुरा राख्न सक्ने भएको बताइन । “पहिले यहि समाजका कारण आत्महत्या गर्न हिडेको थिए अहिले यहि समाजमा मिडियाको सहयोगले बाँचेको छु उनले भनिन, अहिले मलाई छक्का हिजडा हैन भुमिका भन्छन ।” १६ बर्षको उमेरमा नील हिरा समाज भेट्टाएको बताउँदै भुमिकाले भनिन्, “घर जन्म दिने हो भने कर्म दिने नील हिरा समाज हो ।”

महानगरिय प्रहरी बृत्त बानेश्वरका प्रहरी नायब उपरिक्षक गोबिन्दराज काफ्लेले नजानु पर्ने ठाउँमा जादाँ आफ्र पीडित भएको गुनासो यौनिक तथा लैंगिक अल्पसंख्यकबाट आउने गरेको बताए । उनले कानून अनुसारका काममा प्रहरीले सरुरक्षा दिने भन्दै गलत काम गर्ने जोकोही पनि कारवाहीको दायरामा आउने बताए । लेखन कुन्जका संस्थापक अध्यक्ष कमल ढकालले सम्पादकहरुसंग नयाँ नयाँ बिषयमा प्रत्येक महिना बसेर अन्तक्रिया गर्ने कार्यक्रमको सुरुवात भएको बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.