‘कुष्ठरोगको बिषय पाठ्यक्रममा राख्नु पर्ने’

‘कुष्ठरोगको बिषय पाठ्यक्रममा राख्नु पर्ने’

ललितपुर (पहिचान) साउन १२  – बिद्यालय शिक्षाको पाठ्यक्रममा कुष्ठरोगको बिषय राख्न सरोकारवालाहरुले माग गरेका छन् । कुष्ठ प्रभावितहरुको संस्था आइडिया नेपाल र ल्याप्रोसी मिसन नेपालले गरेको कार्यक्रममा सामाजिक विभेद अन्त्यका लागि बिद्यालय शिक्षामा कुष्ठरोगको बिषय राख्नु पर्ने माग गरिएको हो ।

बिभिन्न बिद्यालयका शिक्षक शिक्षिकासँग भएको छलफलमा आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमिल्सिनाले औषधी खाए निको हुने यो रोग लागेका व्यक्तिलाई अझै पनि समाजमा पुर्नस्थापना गराउन कठिन हुने गरेको बताए । उनले बिद्यालय शिक्षाको पाठ्यक्रममा यो बिषय समावेश गरेर अध्यापन गराए समाजमा रहेको अन्धबिश्वास हट्ने आशा व्यक्त गरे ।

एनप्याब्सनका अध्यक्ष रितु राज साप्कोटाले कुष्ठरोगबारे शिक्षक शिक्षिका पनि जानकार हुनु पर्ने बताए । शिक्षक शिक्षिकाले यो रोगबारे थाहा नपाएसम्म पाठ्यक्रममा राखेर मात्रै हुँदैन उनले भने, बिद्यार्थीलाई बुझाउन सक्नेगरी शिक्षक शिक्षिका पनि जानकार हुनुपर्छ । कुष्ठरोग निवारण महाशाखाका डाक्टर रबिन्द्र बास्कोटाले बिरामीले स्वास्थ्य संस्था नगइ हेलचेक्राइ गर्दा अंगभंग हुने गरेको बताए ।

त्रिभुवन बिश्वबिद्यालयका डाक्टर मधु गिरीले यो बिषय पाठ्यक्रममा राख्न कुनै समस्या नहुने बताए । आइडिया नेपालका सल्लाहकार प्रल्हाद दाहालले यो बिषय पाठ्यक्रममा राख्नु सबैको सहयोग हुनुपर्ने बताए । एमनेष्टी इन्टरनेशनलका कोषाध्यक्ष बिक्रम डुकुछुले कुष्ठरोगको बिषय मानवअधिकार शिक्षाकै रुपमा पाठ्यक्रममा राख्नु पर्ने बताए ।

नेपाल शिक्षक महासंघका राजेन्द्र अधिकारीले स्थानीय तहले यो बिषय पाठ्यक्रममा समावेश गराउन भूमिका निर्वाह गर्न सक्ने बताए । आइडिया नेपालका उपाध्यक्ष काशीनाथ अर्यालले आफूलाई ७ बर्षको उमेरमा कुष्ठरोग लागेको र उपचार गराएर निको भएपछि २८ बर्षदेखि कुष्ठप्रभावितकै सेवामा लागेको बताए । अधिवक्ता रमेश घमिरेले २०७५ भदौ देखि लागू हुने मुलुकी ऐनमा कुष्ठप्रभावितको विवाह बदर हुने विभेदकारी व्यवस्था राखिएको बताए । उनले अहिलेसम्म कुष्ठप्रभावितलाई विभेद गरे कानुनी कारवाही हुने व्यवस्था समेत नराखिएको बताए ।

ल्याप्रोसी मिसनका तालिम अधिकृत राजकुमार पौडेलले अहिले पनि नेपालमा ३ हजार भन्दा धेरै नयाँ कुष्ठरोगी फेला पर्ने गरेको जानकारी दिए । नेपालका ७ प्रदेश मध्ये प्रदेश २ मा कुष्ठरोगीको संख्या धेरै रहेको उनले बताए ।
तालिम अधिकृत साप्कोटाले शिक्षक शिक्षिकालाई दिएको जानकारीको केही बुँदा
यो रोग कसरी सर्छ ?

  •  घाउ बाट सर्दैन
  •  बंशानुगत होइन
  •  जुठो खानाले सर्दैन
  •  शरिरीक संपर्कबाट सर्दैन
  • खान पानबाट रोग सर्दैन र बडदैन
  • यो रोग उपचार नगरेको कुष्ठरोगीबाट स्वास प्रस्वास बाट सर्छ
    कुष्ठरोगी कस्लाइ भन्ने ?
    कुष्ठरोगका चिन्ह वा लक्षणहरु देखा परेको र औषधि खादै गरेको वा औषधि खान सुरु नगरेको हरेक बिरामीहरु कुष्ठरोगी हुन् ।
    कुष्ठप्रभावित ब्यक्ति भन्नाले
    कुष्ठरोगको बहुऔषधि खाइसकेको र उसका हात खुटमा वा आँखामा कुष्ठरोगका कारणले जिबन भर रहने कुनै समस्या नभएको वा जिबनभर देखिने समस्या भएको ब्यक्ति भन्ने बुजिन्छ ।
    कुष्ठरोग रोकथाम कार्यक्रम
  • संसर्गमा रहेका ब्यक्तिहरुलाई एक मात्रा रिफाम्पीसिन नामको औषधि खुवाउने
  •  औषधि खुवाउनु अघाडिको क्रियाकलापले नयाँ कुष्ठरोग तथा टिबि का बिरामीहरु पत्ता लाग्नेछन् ।
  •  बग्लादेस, इन्डोनेसियाको अध्ययन अनुसार सुरु गरेको ३ बर्षमा नयाँ बिरामी को दरमा ५७ देखि ६५ प्रतिसत घटने
  •  एकमात्रा औष्धिले ६०% बचावट गर्दछ ।
  •  तर यसले पुन संक्रमणलाई रोक्दैन
    कसरि संका गर्ने?
  •  छालामा फुस्रो वा रातो नचिलाउने दाग
  •  अनुहार फुलेको (छाला बाक्लो)
  •  छालामा गिर्खाहरु
  • आँखि भौ झरेको
  •  नाक थ्येप्चिनु
  •  कानको लोति मोटो
  •  हात खुट्टा निरन्तर झम झम गर्नु
  •  हात खुट्टामा स्पर्स शक्ति हराउनु (बिना दुखाइकोे)
  •  आँखा, हात तथा खुट्टाको मांसपेसि कमजोर हुनाले प्रारम्भिक पआङ्गता देखा पर्दछ ।
    निदानकोलागि भने
  •  छालाः
    – रातो वा फुस्रो दागमा स्पर्स शक्ति हराएको
  •  स्नायूः
    – निस्चित स्थानको स्नायू मोटो र कार्य क्षमता कम भएको
  •  ल्याबः
    – स्किन स्मियर पोजेटिभ हुनु
  •  रोग लाग्नबाट कसरि रोक्ने?
  •  रोगबाट बचाउने सुइ छैन
  •  रोग लाग्नु अगाडी औषधि खाएर रोक्न सकिदैन तर संपर्कमा रहेकाहरुकोलागि प्रबिधीको सुरुवात भएको छ
    “सुरुअबस्थामा (दाग मात्र हुदा) छालाको जाँच गरि निदान गर्ने र हात खुटलाइ अंग भंग हुनबाट जोगाउने”
    बिधालयमा कुष्ठरोग बारेमा सुचना शिक्षा तथा सन्चार प्रवाह गर्ने ।
    बिधार्थीको भूमिकाः
  •  कुष्ठरोग कीटाणु ले गर्दा लाग्दछ । घरैमा बसि नियमित उपचार गरे निको हुन्छ ।
  •  शंकासपद बिरामीहरुलाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने
  •  यदि रोगको निदान भएमा नेपाल सरकारको हरेक स्वास्थ्य संस्थामा निःशुल्क औषधी उपलब्ध हुन्छ भनि जानकारी दिने ।
  •  यदी सामाजिक समस्यामा परेका बिरामीहरु छन् भने तिनका परिवारका सदस्यहरुलाई कुठरोगको बारेमा तथ्य सत्थ कुरा बुझाई परिवारलाई सम्झाई दिने
  •  आफुले सिकेको,जानेको कुरा समुदायमा पनि जानकारी दिने ।
  •  आफ्नो घर परिवारको अन्य सदस्यहरुलाई स्वास्थ्य संस्थामा ल्याई जाँच गराउनु पर्दछ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.